+
+
Shares

ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १०:०७

२० कात्तिक, काठमाडौं । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन्  । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा दुवै सवारी साधन पूर्ण रूपमा जलेको छ ।

कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौंबाट भिमानतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक कमलामाई नगरपालिका-१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनको श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल घाइते भएको सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ट्रक र स्कुटर ठोक्किएपछि एक्कासि आगलागी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?