+
+
Shares

अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन

पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय ध्रुव साउँदले बताए । स्थानीय विद्यार्थी अछामबाट डोटीको दिपायल र सिलगढीमा अध्ययन गर्न यही पुल भएर जोखिम मोल्दै जाने गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते २०:४५

२२ कात्तिक, अछाम । सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका–२ र दिपायल सिलगढी नगरपालिका–८ जोड्ने गण्डीगाडमा ४० मिटर लम्बाइको पुल निर्माण गर्न एसएसएनएस सीपीसीएस–एसी जेभी धनगढी–५ कैलालीसँग सम्झौता गरेको थियो ।

मोटरेबल पुल निर्माणका लागि उक्त क्षेत्रमा डोजरले बाटो बनाउने क्रममा माथिबाट ठूलो ढुङ्गा खस्दा गण्डीगाडमा रहेको झोलुङ्गे पुलमा उल्टै क्षति भएको थियो । झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा अहिले दैनिक जसो नागरिक त्यही जीर्ण पुल भएर आवतजावत गरिरहेका छन् ।

पूर्वाधार विकास कार्यालयलाई पटकपटक ताकेता गर्दा पनि कुनै चासो नदिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए ।

नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भए पनि आयोजना कार्यान्वयन गर्ने निकाय मौन रहेको उनको आरोप छ ।

उक्त मोटरेबल पुल निर्माणका लागी निर्माण कम्पनीसँग पाँच करोड २१ लाख रुपैयाँमा २०८२ असार २२ गते सम्झौता भएको थियो ।

पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय ध्रुव साउँदले बताए । स्थानीय विद्यार्थी अछामबाट डोटीको दिपायल र सिलगढीमा अध्ययन गर्न यही पुल भएर जोखिम मोल्दै जाने गरेका छन् ।

‘मोटरेबल पुल त परै जाओस्, झोलुङ्गे पुलको अवस्था पनि ठिक छैन’, साउँदले भने ।

कार्यालयले निर्माणमा संलग्नलाई निर्माण कार्य अगाडि बढाउन पत्राचार गरिसकेको पूर्वाधार विकास कार्यालय साफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?