News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस आज बिहान पौने ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको छ।
- प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ र घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ।
- प्रहरीले माइक्रोबसमा करिब १३ वा १४ जना यात्रु रहेको अनुमान गरेको छ र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।
२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको छ ।
मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।
दुर्घटनमा परेको माइक्रोबसको नम्बर खुल्न नसकेको र माइक्रोबसमा करिब १३/१४ जना यात्रु रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4