News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्।
- मकवानपुर प्रहरीका अनुसार आज बिहान पौने ६ बजे भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको हो।
- नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले घाइतेहरूको उद्धार गरिरहेका छन्, र अन्य यात्रुको खोजी भइरहेको छ।
२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार अन्यको खोजी भइरहेको छ।
‘दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जना हुनुहुन्छ। अरुको खोजी गर्दैछौं। भीरमा भएकोले खोजीमा पनि समस्या भएको छ,’ उनले अनलाइनखबरसँग भने।
मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।
दुर्घटनमा परेको माइक्रोबसको नम्बर खुल्न नसकेको र माइक्रोबसमा करिब १३/१४ जना यात्रु रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया 4