+
+
Shares
प्रधानमन्त्रीको घोषणा :

‘सबै क्लबसँग फ्लडलाइटसहितका रंगशाला, एनपीएलको छैटौं संस्करणदेखि होम एन्ड अवे खेल’

प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते २०:२२

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शाहले शनिबार साँझ फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने बताएका छन् ।

उनका अनुसार क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ ।

सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।

यस्तै, विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदान हुने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

यस्तै, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिने उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?