+
+
Shares

प्रदेश र स्थानीय निर्वाचन एकैसाथ गर्ने सम्भावनाबारे आयोगमा छलफल

उनले निर्वाचन आयोगले राखेको छलफलमा स्थानीय तह र प्रदेशको निर्वाचन सँगै गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयका दुवै पक्षका फाइदा र बेफाइदाबारे छलफल भएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १४:५४

४ मंसिर, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा छलफल भएको जानकारी गराएका छन् ।

शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताएका हुन् ।

उनले निर्वाचन आयोगले राखेको छलफलमा स्थानीय तह र प्रदेशको निर्वाचन सँगै गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयका दुवै पक्षका फाइदा र बेफाइदाबारे छलफल भएको जानकारी दिए ।

‘निर्वाचन आयोगको तर्फबाट मतदाता नामावली अद्यावधिक लगायतका विभिन्न कामहरू भइरहेको सन्दर्भमा आयोगले राजनीतिक दलको शीर्ष नेतृत्वलाई जानकारी दिएको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन र प्रदेश निर्वाचन एउटै समयमा गर्न सकिन्छ कि सकिंदैन भनेर राजनीतिक दलको तर्फबाट उहाँहरू सहभागी हुनुभयो ।’

उनका अनुसार, जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिन्छ । दुई महिनाअघि नै चुनाव हुनुपर्ने र मंसिरको पहिलो हप्ता प्रदेशको निर्वाचन गर्नुपर्ने अवस्था रहेको छ ।

यी दुवै चुनाव एकैसाथ गर्न सकिन्छ वा सकिंदैन भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

उनले यसबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा यसबारे छलफल हुने बताए ।

खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच वृहत छलफल हुने उनले बताए ।

शुक्रबारको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसैबाट रास्वपाको आधिकारिक धारणा तय नहुने स्पष्ट उनले पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?