+
+
Shares

आफ्नो जमिनमा मूर्ति शिलान्याश गरिएको भन्दै ललितकला क्याम्पसको आपत्ति

काठमाडौं महानगरपालिकाका प्रमुख, वडा नं. २३ का वडाध्यक्ष, र पुरातत्व विभागका महानिर्देशकको मिलेमतोमा धार्मिक कार्यको आड लिएर शैक्षिक संस्थाको जग्गामा अनधिकृत रूपमा शिलान्यास गरिएको क्याम्पसले आरोप लगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १६:४८

६ मंसिर, काठमाडौं । ललितकला क्याम्पसले आफ्नो भोगाधिकारमा रहेको जग्गामा काठमाडौं महानगरपालिकाले गणेश तथा भैरवको मूर्ति शिलान्यास गरेकोमो आपत्ति जनाएको छ ।

क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र लेख्दै क्याम्पसको भोगाधिकारमा रहेको जग्गाको कानुनी संरक्षण गरी अनधिकृत शिलान्यास तथा निर्माण कार्य रोक्का गर्न माग गरेका छन् ।

‘धार्मिक आस्थाको सम्मान गणेश तथा भैरवको मूर्ति स्थापना एवं धार्मिक आस्थाप्रति ललितकला क्याम्पसको कुनै विरोध छैन,’ पत्रमा भनिएको छ, ‘आम नागरिक र भक्तजनको धार्मिक विश्वास र पूजाआजा गर्ने अधिकारको सम्मान गरिनुपर्छ ।’

तर बलजफ्ती निर्माण गर्न लागिएकोमा क्याम्पसले आपत्ति जनाएको छ ।

‘एउटा प्रयोजनका लागि प्राप्त तथा शैक्षिक दान स्वरूप रहेको जग्गा कानुनी प्रक्रिया र उचित सोधभर्नाविना अर्को प्रयोजनमा प्रयोग गर्न मिल्दैन । विधिको शासन र सम्पत्तिको हकविपरीत राज्य वा कुनै पनि निकायबाट हुने बलजफ्ती तथा मनमानी ललितकला क्याम्पसलाई स्वीकार्य छैन,’ पत्रमा भनिएको छ ।

कानुनविपरीत हुने एकतर्फी कार्यको प्रमाण सङ्कलन गरी आवश्यकता अनुसार अदालतमा न्यायिक उपचार खोज्ने क्याम्पसले जनाएको छ ।

पत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख, वडा नं. २३ का वडाध्यक्ष, र पुरातत्व विभागका महानिर्देशकको मिलेमतोमा धार्मिक कार्यको आड लिएर शैक्षिक संस्थाको जग्गामा अनधिकृत रूपमा शिलान्यास गरिएको क्याम्पसले आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?