+
+
Shares

निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन सक्दैन : सभामुख अर्याल

सभामुख अर्यालले देशबाट भ्रष्टाचार अन्त्य गर्दै सुशासनका साथ समृद्ध बनाउने साझा लक्ष्यलाई पूरा गर्न सबैले ध्यान दिनु जरुरी रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते १७:०९

५ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् ।

शनिबार लायन्स क्लब अफ पोखराको ५० औं स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशबाट भ्रष्टाचार अन्त्य गर्दै सुशासनका साथ समृद्ध बनाउने साझा लक्ष्यलाई पूरा गर्न सबैले ध्यान दिनु जरुरी रहेको बताएका हुन् ।

उनले निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन नसक्ने, देश धनी नभएसम्म रोजगारी सिर्जना नहुने र आफैँ रोजगारी सिर्जना गर्न नसकेसम्म युवालाई विदेश जानबाट रोक्न नसकिने भएकाले निजी क्षेत्रलाई उकास्ने र बलियो बनाउनुपर्नेमा जोड दिए ।

देश समृद्ध बनेमा त्यसको लाभ सबैका लागि हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?