+
+
Shares

बालेन–मोदी भेटघाट ‘छोटो र महत्वपूर्ण’ हुनेछ : सञ्चारमन्त्री तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ ।
  • सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ हुने अपेक्षा गरिएको बताए ।
  • मन्त्रिपरिषदले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गरी नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।

४ मंसिर, काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ पनि हुने नेपाल सरकारको अपेक्षा छ ।

आजको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भने, ‘राष्ट्र हितमा दुईपक्षीय सम्बन्ध सुधारका लागि महत्वपूर्ण छलफल हुनेछ । राम्रो सम्बन्ध भएको मुलुकका सरकार प्रमुखहरुको भेटघाट छोटो र महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।’

प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्दैछन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले ७ गते समकक्षी मोदीसँग भेटवार्ता गर्ने छन् ।

आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । साथै उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?