+
+
Shares

पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका छन् ।
  • शाहीले आफ्नो उम्मेदवारीलाई पुस्तान्तरण भन्दै मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए ।
  • उनले नेतृत्वमा पुस्तान्तरण र वैचारिक पुनर्जागरण नभए आउँदो निर्वाचनमा पार्टीले ठूलो क्षति बेहोर्नुपर्ने बताए ।

४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।

शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् ।

‘पुस्तान्तरणसँगै रुपान्तरण र रुपान्तरणसँगै वैचारिक पुर्नजागरणको अभियान’ लिएर आफू अगाडि बढेको भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आन्तरिक छलफलपछि मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको उनले बताए ।

२१ फागुन २०८२ मा भएको निर्वाचनमा राप्रपाबाट एक्लो प्रत्यक्ष निर्वाचित शाही पार्टी संसदीय दलका नेता समेत हुन् ।

राप्रपाको महाधिवेशन मङ्सिर २६,२७ र २८ गते काठमाडौँमा हुँदैछ ।

यदि यो महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण हुन नसके पार्टीले थप क्षति बेहोर्ने उनको भनाइ छ । ‘यदि हामीले वैचारिक पुर्नजागरण गर्न सकेनौं भने आउँदै गरेको निर्वाचनमा पार्टी अति ठूलो क्षति बेहोर्नुपर्ने छ । किनकी देश पुस्तान्तरणमा गइसकेको अवस्था छ,’ उनले भने ।

विगतका चुनावमा बिचार नमिल्ने दलसँग तालमेल गरेको र बिचार नमिल्ने पार्टी नेतृत्वको सरकार राप्रपा सहभागी भएको उल्लेख गर्दै उनले आगामी दिनमा विगतमा गरिएका गल्ति नदोहोर्याउने गरी अगाडि बढ्न आवश्यक रहेको बताए । यसका निम्ति नेतृत्वमा पुस्तान्तरण हुन आवश्यक रहेको उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?