+
+
Shares

मधेश सरकार गठनका लागि दिएको समय सकियो, दाबी पेश भएन

दलका नेताहरू प्रदेश प्रमुखको कार्यालयमा

नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव आफ्नो नेतृत्वमा सरकार गठनका लागि कसरत गरिरहेका छन् । तर कांग्रेस भने मानिसकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १६:०८

४ मंसिर, जनकपुरधाम । मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्न प्रदेश प्रमुख समयावधि सकिएको छ । तर, दलहरूबीच अहिलेसम्म समीकरण भएर सरकारको लागि दाबी पेश भएको छैन ।

एमाले सहितसँग सरकारको नेतृत्व गर्ने पक्षमा जसपा अनिच्छुक छन् । अन्तिम अवस्थामा भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू भने प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।

नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव आफ्नो नेतृत्वमा सरकार गठनका लागि कसरत गरिरहेका छन् । तर कांग्रेस भने मानिसकेको छैन ।

उता जसपा नेपालले समेत अग्रगामी मोर्चाको हिसाबले जनमतलाई ल्याएर र कांग्रेसलाई समेत मिलाएर सरकार बनाउने दाउमा छन् ।

काङ्ग्रेस संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराईप्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?