+
+
Shares

दरबारमार्गमा नेपाल-जापान महोत्सव (तस्वीरहरू)

नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा महोत्सव आयोजना गरिएको हो।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ मंसिर ६ गते १८:२३

६ मंसिर, काठमाडौं । काठमाडौंको दरबारमार्गमा नेपाल-जापान महोत्सव-२०२६ जारी छ। नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा महोत्सव आयोजना गरिएको हो।

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा महोत्सव भएको हो।

महोत्सवको मुख्य आकर्षण जापानको चर्चित सांगीतिक समूह गोडाइगोको विशेष प्रस्तुति रहेको छ । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य जारी छ।

महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षण छन्।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?