+
+
Shares

भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

आज शुक्रबारदेखि २० कात्तिकसम्म बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तारका लागि आजदेखि २० कात्तिकसम्म बिहान १०:३० देखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
  • प्राधिकरणका अनुसार १३ देखि २० कात्तिकसम्म कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गत विभिन्न फिडरका क्षेत्रमा चरणबद्ध रूपमा विद्युत् कटौती हुनेछ ।
  • प्राधिकरणले मौसम प्रतिकूल भए कार्यतालिका रद्द हुन सक्ने भन्दै उपभोक्तालाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

१३ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गत विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तारको काम गर्न लागिएको हो । त्यसका लागि आजदेखि २० कात्तिकसम्म बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार १३ कात्तिक (आज) बलम्बु, थानकोट तथा मातातीर्थ फिडर अन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ ।

त्यस्तै १४ कात्तिकमा सीतापाइला अन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, १५ मा कलंकी, थानकोट तथा रोपवे फिडर अन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् अवरुद्ध हुनेछ ।

१६ कात्तिकमा बाफल फिडर अन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् कटौती हुनेछ भने १७ मा शंखमुल फिडर अन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् आपूर्ति बन्द गरिने छ ।

यसैगरी १८ र २० कात्तिकमा सतुंगल फिडर अन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र र १९ मा स्युचाटार एसएस फिडर अन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मौसम प्रतिकूल रहे निर्धारित कार्यतालिका रद्द हुन सक्ने पनि जनाएको छ । भूमिगत विद्युत् लाइन विस्तारको कामका लागि विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले उपभोक्तालाई आवश्यक व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?