+
+
Shares

सिरहामा ७२ किलो गाँजासहित एक जना पक्राउ

प्रहरीका अनुसार बरामद गरिएको गाँजा प्लास्टिकसहित तौल गर्दा ७२ किलो रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १६:५८

६ मंसिर, सिरहा । सिरहामा ट्याक्टरको टुल बक्सभित्र लुकाएर लैजाँदै गरेको ७२ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१२ सारस्वर टोलका ३३ वर्षीय अनिलकुमार महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ९:३० बजे सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा शिवचोकबाट सिरहा बजारतर्फ जाँदै गरेको ट्याक्टरलाई विशेष सूचनाका आधारमा रोकेर जाँच गरिएको थियो ।

जाँचका क्रममा ना.१ त ६३९१ नम्बरको ट्याक्टरको इन्जिन टेलरमा रहेको टुलबक्सभित्र फल्स बटम बनाइ प्लास्टिक टेपले बेरेर लुकाइराखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा प्लास्टिकसहित तौल गर्दा ७२ किलो रहेको छ । घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक महतोलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?