+
+
Shares

काठमाडौंको गोकर्णेश्वरमा गोली चल्यो, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ दाम्पामा बिहीबार साँझ डलर देखाएर ठगी गर्ने सुजन तामाङलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार खोजतलासका क्रममा भाग्न खोजेपछि प्रहरीले सुरुमा एक राउन्ड हवाइ फायर गरेको थियो।
  • नियन्त्रणमा नआएपछि प्रहरीले तामाङको खुट्टामा गोली चलाएर पक्राउ गरेको एसएसपी दिलिप घिमिरेले बताएका छन्।

१९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा गोली चलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार साँझ गोली चलाएर एक व्यक्ति पक्राउ गरेको हो ।

परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार, गोकर्णेश्वर नगरपालिका–३ दाम्पा भन्ने ठाउँमा गोली चलेको हो ।

पक्राउ पर्नेमा सुजन तामाङ नाम गरेका व्यक्ति रहेको उनले बताए । उनले डलर देखाएर ठगी गर्ने गरेका थिए ।

प्रहरीले खोजतलासको क्रममा भाग्न खोजेपछि सुरुमा एक राउन्ड हवाइ गरेको थियो ।

त्यसपछि पनि नियन्त्रणमा लिन नसकेपछि उनलाई खुट्टामा गोली चलाएर नियन्त्रणमा लिइएको एसएसपी घिमिरेले बताए ।

थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?