५ मंसिर, जनकपुरधाम । काठमाडौंबाट बेपत्ता भएका धनुषाको शहीदनगर नगरपालिका–२, मतौनाका १८ वर्षीय चन्दन यादव चारदिनपछि भारतको बनारसमा फेला परेका छन् ।
बनारस रेल्वे स्टेसनबाट उनले भ्वाइस म्यासेज आफन्तको मोबाइलमा गरेपछि नेपाल प्रहरीको समन्वय तथा बनारसमा रहेका आफन्तको सहयोगमा भारतीय प्रहरीले उनलाई उद्धार गरेको हो ।
सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत यादव बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजी गरिरहेका थिए ।
उनका मामा सरोज यादवका अनुसार चन्दन हाल भारतीय प्रहरीको सम्पर्कमा रहेको र उनी कसरी त्यहाँ पुगे भन्ने बारे अनुसन्धान भइरहेको जनाएको छ ।
चन्दनले आफू काठमाडौंबाट बेपत्ता भएपछि कसरी बनारस पुगे भन्ने थाहा आफूले नपाएको परिवारलाई सुनाएका छन् ।
बुधबार बिहान काठमाडौं फर्केका उनी बसबाट ओर्लिएर बालकुमारी पुल क्षेत्रबाट ट्याक्सी चढेर शान्तिनगरस्थित आफ्नो कोठातर्फ जाने क्रममा उनी बेपत्ता भएका थिए ।
प्रतिक्रिया 4