Comments Add Comment

राष्ट्रिय समाचार

List Grid
सुनसान छ मातातीर्थ (फोटो फिचर)

२८ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी, आफूलाई जन्म दिने आमालाई सम्मान गरी मनाइँदै छ । यस दिन काठमाडौंको मातातीर्थमा लाग्ने मेला भने कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ । त्यसैले विगतमा मानिसहरुको घुइँचो हुने मातातीर्थ क्षेत्र आज सुनसान छ । तर, स्थानीयवासी फाट्टफुट्ट मातातीर्थमा पुगेर आमाको प्रतीमामा पूजा गरेका छन् । आमा नभएकाहरु […]

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा १२ जना संक्रमितको मृत्यु

२८ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जना छन् । मृतक १२ मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । उनीहरुमध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म, ४ […]

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिले छोटो समय दिएकाले आजै कांग्रेसको बैठक बस्न लागेको […]

कुम्भ मेलाका तीर्थयात्री बने ‘सुपर स्प्रेडर’

२८ वैशाख, काठमाडौं । हरिद्वारमा लाखौं तीर्थयात्रीहरुले कुम्भमेलामा नुहाउँदै गर्दा भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिरहेको छ । यस्तोमा धेरै मानिसले कुम्भ मेला भारतमा कोरोना संक्रमण फैलिने महत्वपूर्ण स्थल बन्न सक्छ भन्ने आशंका पनि व्यक्त गरेका थिए । कुम्भ मेलामा गएर फर्किएका मानिसहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेसँगै उक्त आशंका सही साबित हुन […]

धनगढीमा ग्यास उद्योगको मेसिन बिग्रिएपछि अक्सिजनको थप हाहाकार

२८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ । दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । […]

भ्याक्सिन उत्पादकको अक्षमता र भारतको स्वार्थी नीति

२८ वैशाख, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मध्येको एक भ्याक्सिन निर्माता भारतीय कम्पनी सेरम इन्स्टिच्यूट अफ इण्डियाका प्रमुख आदर पुनावाल्लाले विश्वका गरीब जनतालाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने विश्वव्यापी प्रयासमा आफ्नो कम्पनीले अग्रणी भूमिका खेल्ने महत्वाकांक्षी प्रतिबद्धता व्यक्त गरेका थिए । फलतः उनको कम्पनीले कोरोना भाइरसग्रस्त मुलुकहरुका लागि खोप उत्पादन तथा निर्यात गर्नका लागि […]

निषेधाज्ञाको बेला नेपाल आउँदै हुनुहुन्छ ? यी १३ नाकाबाट मात्र पाइन्छ

२८ वैशाख, काठमाडौं । सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत जानकारी दिएका छन् । अहिले देशभर ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक […]

मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोनाबाट संक्रमित

२८ वैशाख, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले बताए । पुरीका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ । ‘दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही […]

कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

२८ वैशाख, धनगढी । कैलालीमा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउन सिफारिस गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढिरहेकाले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले हाल वैशाख ३० गतेसम्म […]

ट्रकको ठक्करबाट सप्तरीमा पति–पत्नीको मृत्यु

२८ वैशाख, सप्तरी । सप्तरीमा मंगलबार बिहान ट्रकको ठक्करबाट साइकलमा सवार पति–पत्नीको मृत्यु भएको छ । ना. ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा सप्तरीको भारदह भलुवा निवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डलको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडक खण्डमा अनियन्त्रित […]

कोरोना कहर : बाँकेमा १२ घण्टाको अवधिमा १२ जनाको मृत्यु

२८ वैशाख, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पूर्वका छन् । भेरी अस्पताल […]

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र कि फेरि पृथ्वीसुब्बा ? 

२८ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि राष्ट्रिय जनमोर्चाभित्रको द्वन्द्वले विपक्षी दललाई बिलखबन्दमा पारेको छ । गण्डकी प्रदेशको निर्णायक दल जनमोर्चाका सांसद विभाजित हुँदा अब विपक्षी गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्लान् कि फेरि पृथ्वीसुब्बा नै दोहोरिएलान् ? भन्नेमा झनै अन्याेल सिर्जना गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बाले आइतबार […]

ज्वरो आउँदा धामीको भर, संक्रमित खोज्दै टोलटोलमा स्वास्थ्यकर्मी

२८ वैशाख, जाजरकोट। कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ । गाउँमा बिरामी भएको […]

नयाँ सरकारः फेरि पनि एमालेभित्रकै राजनीति निर्णायक

२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी भन्दा दलको सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएकाले अबको राजनीतिक कोर्स नयाँ […]

ओलीको पक्षमा खुले महन्थ, नयाँ सरकार गठनमा सहभागी नहुने

२८ वैशाख, काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन् । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए । आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ […]

सुदूरपश्चिममा एक सातामा ९८ संक्रमितको ज्यान गयो

२८ वैशाख, डोटी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणका कारण १७ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायल डोटीका अनुसार कैलालीका आठ, कञ्चनपुरका पाँच, बाजुराका तीन, डोटी र बैतडीका एक/एक जनाले ज्यान गुमाएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गएको एक सातामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या […]

सगरमाथा चढे बहराइनको राजपरिवारका सदस्य

२८ वैशाख, काठमाडौं । बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् । यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । यो टोली सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो […]

विराटनगरमा बेड अभाव: अस्पताल बाहिर बिरामी कुरेको कुर्‍यै, डाक्टर भेट्नै गाह्रो

२८ वैशाख, विराटनगर । विराटनगर महानगरपालिका–९ का राम शर्माकी आमालाई बिहीबार कोरोना पोजेटिभ देखियो । सिकिस्त बनेकी आमालाई लिएर उनी सोमबार बिहान विराट मेडिकल कलेज पुगे । चिकित्सकले बिरामीको अवस्था हेरेपछि मात्रै भर्ना गर्ने बताएपछि उनी आमालाई अस्पताल परिसरमा राखिएको बेञ्चमा राखेर डाक्टर कुर्न थाले । असहज भएपछि आमा बेञ्चमै सुतिन् । साढे ११ बजे […]

एनएसएल प्लेअफ आजदेखि, काठमाडौं र धनगढी भिड्दै

२८ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ खेलआजदेखि हुँदैछ । प्लेअफको पहिलो खेलमा लिगमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसी भिडदैछन् । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।  । काठमाडौं र धनगढीबीचको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले पनि अर्को अवसर […]

पाँच मिनेटको अन्तरमा दुई जना संक्रमितको मृत्यु

२८ वैशाख, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पाँच मिनेटको अन्तरमा दुई जना संक्रमितको मृत्यु भएको छ । विराटनगर–१४ मोरङका ४८ वर्षीय पुरुष र कोशी गाउँपालिका–१ सुनसरीका ४३ वर्षीय पुरुषको मृत्यु भएको हो । दमबाट पीडित मोरङका पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरेर […]

कोरोनाको भारतीय भेरियन्टः डब्ल्यूएचओद्वारा विश्वस्तरमा चेतावनी जारी

२८ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा पाइएको कोरोनाभाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी जारी गरेको छ । भारतमा B.1.617 भेरियन्ट फैलिएको छ । डब्ल्यूएचओको कोभिड १९ प्रमुख मारिया वेन केरखोवका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर पुर्याउँछ । मारियाले अघि भनिन्, ‘हामी […]