+
+
Shares

डोटीमा ७ किलो चरेससहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते ७:५१
फाइल तस्वीर

१२ मंसिर, धनगढी । डोटीमा प्रहरीले ७ किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका-५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जानकारी दिए ।

उनकाअनुसार उनीहरुलाई विशेष सूचनाका आधारमा बुडर-जोगबुढा सडकखण्डअन्तर्गत जोरायल गाउँपालिका-२ मिल चौराहमा चेकजाँचका क्रममा ७ किलो ८५ ग्राम चरेससहित पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बुडरको संयुक्त टोलीले शंकास्पद अवस्थामा रहेको बा ७७ प८७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चरेस फेला पारेको हो ।

प्रहरीका अनुसार कडायतले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेस बरामद गरिएको हो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?