+
+
Shares

मुग्लिन बजारबाट २० किलो चरेससहित २ जना पक्राउ

मोरङबाट गाँजासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते ९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको मुग्लिनबाट २० किलो चरेससहित मकवानपुरका ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भीमबहादुर स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ।
  • मोरङको धनपालथानबाट ९६ किलो १९८ ग्राम गाँजासहित सुमन कुमार शाह र अमर शाहलाई प्रहरीले पक्राउ गरेको छ।
  • दुवै घटनामा संलग्न व्यक्तिहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयहरूमा राखिएको चितवन र मोरङ प्रहरीले जनाएको छ।

२१ साउन, चितवन । चितवनको मुग्लिन बजारबाट २० किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भीमबहादुर स्याङ्तान रहेका छन् ।

बाटोमा हिँडिरहेको अवस्थामा गएराति एक बजे उनीहरुको साथबाट प्रहरीले ४० वटा पोकामा रहेको २० किलो चरेस बरामद गरेको चितवन प्रहरीले जनएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको छ ।

मोरङबाट गाँजासहित २ जना पक्राउ

यसैगरी मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका १ नोचा बस्ने २७ वर्षीय सुमन कुमार शाह र अमर शाह रहेका छन् ।

नेपालबाट भारततर्फ गाँजा ओसारपसार गर्दै गरेको सूचनाका आधारमा धनपालथान गाउँपालिका–२ भवानीपुरस्थित रामचन्द्र चौधरीको बारीमा लुकाई राखेको तीनवटा पोकामा रहेको गाँजा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?