+
+
Shares

धनकुटामा ७१ किलो गाँजासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १२:४०

९ साउन, धनकुटा । धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार राति अर्थात् गए राती साँगुरीगढी गाउँपालिका वडा नं. २, मान्दावा टोलबाट इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को२ह १२५ नम्बरको अटो (टेम्पो) रोकी जाँच गर्दा प्लास्टिकका पाँच वटा बोरामा प्याक गरिएको ७१ किलोग्राम ३५ ग्राम गाँजा फेला परेको हो ।

प्रहरीले गाँजासहित अटो चालक साँगुरीगढी गाउँपालिका वडा नं. २ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र सोही समयमा पछाडि सुरक्षा दिँदै आएको प्र १-०४-००१ प ४७९१ नम्बरको पल्सर मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका वडा नं. ३, मादेनका ३२ वर्षीय मदन याखालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवत्ता प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रहरीले गाँजासहित प्रयोग भएको अटो, पल्सर मोटरसाइकल, शिखर लिम्बूको सिमसहितको रेड्मी कम्पनीको मोबाइल फोन तथा मदन याखाको किप्याड मोबाइल फोन समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?