+
+
Shares

कक्रोच जनता पार्टीका दुई माग पूरा गर्न मोदी सरकार तयार

शिक्षामन्त्रीको राजीनामाका लागि सरकारले माग्यो भोलिसम्मको समय

सीजेपीका संस्थापक अभिजीत दीपकेले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै शिक्षामन्त्री प्रधानको राजीनामा नआए प्रधानमन्त्री मोदीको राजीनामा मागिने चेतावनी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते २०:०९

८ साउन, काठमाडौं । भारतमा आन्दोलनरत कक्रोच जनता पार्टी(सीजेपी)का दुई माग पूरा गर्न सरकार तयार भएको छ । सीजेपी प्रवक्ता आँशुतोष रांकाका अनुसार नरेन्द्र मोदी नेतृत्वको भारत सरकार प्रदर्शनकारी पक्षले उठाएका दुई माग पूरा गर्न तयार भएको हो ।

‘सरकारले नीट पेपर लिक प्रकरणबाट प्रभावित परिवारलाई क्षतिपूर्ति दिन र प्रदर्शनकारीमाथि कुनै पनि कारबाही नगर्ने मागमा सैद्धान्तिक सहमति जनाएको छ,’ रांकाले एक्समार्फत सार्वजनिक गरेका छन् ।

शुक्रबार दिल्लीको विट्ठल भाइ पटेल हाउसमा सीजेपीका प्रतिनिधिसँग मोदी सरकारका मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले वार्ता गरेका थिए । सोही वार्ताका क्रममा सरकारी वार्ता टोलीसँग आफूले जनताको असन्तुष्टिबारे अवगत गराएको रांकाले बताएका छन् ।

यस्तै, उनले शिक्षामन्त्री धमेन्द्र प्रधानले राजीनामा नदिएसम्म भारतीय जनताको आक्रोश र असन्तुष्टि नथामिने कुरा पनि आफूले प्रष्ट रूपमा भनेको सीजेपी प्रवक्ता रांकाले बर्ता ।

समाचारअनुसार सरकारी वार्ता टोलीले शिक्षामन्त्री प्रधानको राजीनामाबारे भने भोलिसम्मको समय मागेको छ ।

सीजेपीका संस्थापक अभिजीत दीपकेले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै शिक्षामन्त्री प्रधानको राजीनामा नआए प्रधानमन्त्री मोदीको राजीनामा मागिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?