+
+
Shares

चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा, विमानस्थलमा समातिए भारतीय नागरिक

चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा लिएर आएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १२:४३

२१ असार, काठमाडौं । चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा लिएर आएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको कोलकत्ता पश्चिम बंगालका ५७ वर्षीय हरि क्षेत्री छन् । उनलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विमानस्थलबाट पक्राउ गरेको हो ।

आइतबार थाई एअरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनको लगेजमा चक्लेटको प्याकेटभित्र २ किलो ८ सय ग्राम गाँजा बरामद भएको ब्यूरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?