भारतीय फुटबल टोलीका पूर्वकप्तान तथा दक्षिण एसियाकै ‘लेजेन्ड’ फुटबलर भाइचुङ भुटिया यतिबेला नेपालमा छन्। कतारमा जारी विश्वकप फुटबलको विश्लेषण गर्न हिमालय टीभीसँग जोडिएका उनले विश्वकपको बदलिँदो स्वरूप, खेलमा प्रविधिको भूमिका र दक्षिण एसियाली फुटबलको वर्तमान अवस्थाबारे आफ्ना गहन विचार व्यक्त गरेका छन्।
सिक्किमको एउटा विकट गाउँबाट उदाएर भारतीय फुटबललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएका भुटियाले संवादका क्रममा आफ्नो बाल्यकालको सङ्घर्ष, नेपालसँगको भावनात्मक सम्बन्ध र फुटबलको आधुनिकीकरणका लागि आफूले गरेका प्रयासबारे खुला चर्चा गरेका छन्। उनले नेपाल र भारतको फुटबल प्रशासनमा रहेका कमजोरी तथा ‘एन्फा’ को प्रतिबन्धबारे औँल्याउँदै, ग्रासरुट तहबाटै फुटबलको विकास गर्न र खेलाडीलाई उचित अवसर दिनुपर्नेमा विशेष जोड दिएका छन्।
समग्रमा, एक महान् खेलाडीको व्यक्तिगत जीवनदेखि नेपाल र भारतको फुटबल सुधारका लागि आवश्यक रणनीतिक मार्गचित्रसम्म समेटिएको यो सामग्री हिमालय टीभीको कार्यक्रम ‘यक्ष प्रश्न’ मा प्रस्तोता निमेश बन्जाडेसँग भुटियाले गरेको कुराकानीको सम्पादित अंश:
प्रस्तोता: अहिले सिङ्गो विश्व फुटबलको महाकुम्भमा डुबेको छ। यो पटक सुनौलो ट्रफी कसले उचाल्छ भन्ने अनुमान र दाबीसँगै आफ्नो टिमलाई समर्थन गरेर खेलप्रेमी दर्शकहरू रमाइरहेका छन्। नयाँ र पुराना स्टार खेलाडीहरूको बेजोड प्रदर्शनले रङ्गशालाहरू तातिरहेका छन् र इतिहासका पानामा कीर्तिमानहरू थपिँदै छन्। तर विश्वकपको यो भव्य आयोजनाबिच दक्षिण एसियाली खेलप्रेमीको मनमा एउटा जबर्जस्त प्रश्न खेलिरहन्छ— अर्बौं जनसङ्ख्या भएको हाम्रो यो क्षेत्र विश्वकपको यो महामञ्चमा कहिलेसम्म केवल दर्शक मात्र बनिरहने ? हामी दक्षिण एसियालीहरू कहिलेसम्म अर्काको देशको जर्सी लगाएर झन्डा बोकिरहने ?
आज हामीसँग यही मैदानको चिरफार गर्न दक्षिण एसियाली फुटबलको गौरव र इतिहास बोकेका एक जना लेजेन्ड हुनुहुन्छ— नेपाली माटो र भाषासँग संवेगात्मक रूपमा जोडिएका, भारतीय फुटबललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने व्यक्तित्व भाइचुङ भुटिया।
जारी विश्वकपमा के फरक भइरहेको छ ? दक्षिण एसियाली देशले विश्वकपको त्यो बन्द ढोका कहिले र कसरी खोल्न सक्लान् ? नेपाल र भारतीय फुटबलका सबल र दुर्बल पक्ष के-के हुन् ? विशाल बजार र लगानीका बाबजुद भारतले फुटबलमा विश्वस्तरको फड्को मार्न किन सकिरहेको छैन ? यो विश्वकप कसले जित्ने सम्भावना बढी देखिन्छ ? आज यस्तै १० प्रश्नहरू गर्दै छौँ, सिक्किमको एउटा विकट गाउँबाट निस्किएर दक्षिण एसियाकै महँगो र फुटबल आइकन बन्न सफल भारतीय फुटबलका पूर्वकप्तान भाइचुङ भुटियासँग।
भाइचुङज्यू, कार्यक्रममा स्वागत छ तपाईंलाई।
भाइचुङ भुटिया: धन्यवाद सर !
प्रस्तोता: अनि नेपालमा फेरि स्वागत छ हाम्रो तर्फबाट पनि। कस्तो लाग्छ नेपालमा आउँदा ?
भाइचुङ भुटिया: धेरै खुसी लाग्छ। किनकि, नेपालमा म सानैदेखि धेरैपल्ट फुटबलको लागि पनि आएँ। इन्फ्याक्ट (वास्तवमा) मेरो फुटबल जीवनमा धेरै नेपाली खेलाडीहरू, सिनियर खेलाडीहरूसँग जोडिएको छु। हामी सानो हुँदा उहाँहरू सिक्किममा ‘गभर्नर्स गोल्डकप‘ खेल्न आउँदा स्टार खेलाडी हुनुहुन्थ्यो। उहाँहरू जहिलेसुकै गभर्नर्स गोल्डकप… ज्यादाजसो नेपालले नै जित्थ्यो त्यतिबेला। कोही-कोही बेला नेपाल होइन भने आरएनएसी (RNAC) भनेर टिम पनि थियो, रोयल नेपाल एयरलाइन्स। अनि धेरै खेलाडीहरू जस्तै— मणि शाह दाइ बित्नुभयो हैन, राजु दाइ, राजेश दाइ, लम्बु दाइ भनेर चिनिन्छ, उहाँहरूको खेल हेरेर नै सानोमा म धेरै इन्स्पायर (प्रेरित) भएँ।
नेपालका अहिले पनि धेरै सिनियर प्लेयर्सहरू (खेलाडीहरू)… गणेश थापाज्यू पनि मसँग इस्ट बङ्गाल, इन्डियामा सँगै खेल्नुभयो। त्यसको बादमा (पछि) पनि धेरै खेलाडीहरू जस्तै हरि खड्काज्यू, कोच बालगोपाल महर्जनज्यूहरू र धेरै साथीहरू हुनुहुन्छ। अनि धेरै फ्यामिली (परिवार) सँग पनि… यहाँ कति जना हाम्रै स्कुल, जब म ग्यान्टोकमा पढ्दाखेरि धेरै स्टुडेन्टहरू (विद्यार्थीहरू) नेपालको पनि हुनुहुन्थ्यो। त्यसले गर्दा नेपालसँग मेरो सम्बन्ध धेरै राम्रो छ। यहाँ साथीहरू र फ्यामिलीहरू पनि धेरै छन्, रिलेसन (सम्बन्ध) छ। र, जहिलेसुकै नेपालमा आउन धेरै खुसी लाग्छ।
प्रस्तोता: अनि नेपालको के चाहिँ सबैभन्दा राम्रो लाग्छ, यहाँ आइसकेपछि चाहिँ ?
भाइचुङ भुटिया: आई थिङ्क (मलाई लाग्छ), नेपालको अबिभयस्ली (पक्कै पनि) चेन्जेज (परिवर्तन) त अहिले धेरै देख्दै छु, राम्रोका लागि गुड चेन्जेज (सकारात्मक परिवर्तन) देख्दै छु। तर सबैभन्दा राम्रो अबिभयस्ली फ्यामिली र फ्रेन्ड्सले नै गराउँछ। जग्गा (ठाउँ) जस्तै होस्, तर आफ्ना साथीहरू र साथीको फ्यामिलीहरू भेट्दा नै मलाई लाग्छ रमाइलो हुन्छ।
प्रस्तोता: अब विश्वकपमा तपाईं नेपालमा आएर झुमिरहनुभएको छ। नेपाली दर्शकहरूका लागि, नेपाली टेलिभिजनको लागि, ‘हिमालय स्पोर्ट्स‘ को लागि कमेन्ट्री गरिरहनुभएको छ, यो हाम्रो लागि पनि गर्वको कुरा हो। हामीले तपाईंलाई हेरेर खुब रमाइ पनि रहेका छौँ, सिकिरहेका पनि छौँ, हैन? कस्तो लागिरहेछ यो विश्वकप चाहिँ ?
भाइचुङ भुटिया: फर्स्टमा (सुरुमा) त ‘हिमालय स्पोर्ट्स‘ लाई धेरै-धेरै धन्यवाद। एउटा नयाँ अपर्चुनिटी (अवसर) र नेपालमा आउन पाउनु नै… त्यो अपर्चुनिटी दिनुभएकोमा धेरै-धेरै धन्यवाद। हुन त मेरो कन्ट्र्याक्ट (सम्झौता) इन्डियाको स्पोर्ट्स च्यानलसँग अलरेडी (पहिले नै) थियो। जब ‘हिमालय स्पोर्ट्स‘ ले कन्ट्याक्ट गर्दाखेरि मलाई पनि धेरै आउन मन थियो र मैले कसरी हुन्छ, के गरेर हुन्छ, मेरो आफ्नो कन्ट्र्याक्टलाई पनि बिचमा पाँच-छ दिन ब्रेक गरेर यहाँ आउन पाएँ। कारण, मलाई एकदमै आउने इच्छा पनि थियो। जब हिमालय स्पोर्ट्सले एउटा अपर्चुनिटी दिँदाखेरि चाहिँ धेरै खुसी लाग्यो। र, मेरो इन्डियाको च्यानल जहाँ म धेरै सालदेखि काम गर्छु, उहाँहरूलाई पनि धन्यवाद, अलिकति ब्रेक बिचमा मिलाइदिनुभएकोमा। धेरै खुसी लाग्यो। अब गएर कमेन्ट्री गर्छु, उता फेरि म गएर जोइन गर्छु उहाँहरूसँग।
प्रस्तोता: यो विश्वकप चाहिँ कस्तो लाग्यो विगत विश्वकपभन्दा ?
भाइचुङ भुटिया: आई थिङ्क (मलाई लाग्छ) सबैभन्दा रमाइलो विश्वकप, एउटा कलरफुल (रङ्गीन) विश्वकप। मलाई लाग्छ कि जुन अहिले संसारको स्थिति भइरहेको छ… गल्फको वार्सहरू (युद्धहरू) लाई लिएर कहाँ-कहाँ संसार नै अहिले… आई थिङ्क धेरै दुश्मन बनाउने बाटोमा गइराखेकोले गर्दा चाहिँ विश्वकपले यो देखाइदियो कि हामी पिसफुल (शान्तिपूर्ण), खुसी र रमाइलो हुन सकिन्छ। स्पेसल्ली (विशेषगरी) युएस (अमेरिका) एउटा को-होस्ट कन्ट्री (सह-आयोजक देश) हुनाले गर्दा विश्वका विभिन्न भागदेखि फ्यान्सहरू (समर्थकहरू) आइरहेका छन्। त्यो एउटा कल्चरल (सांस्कृतिक)… शान्तिमा कसरी फुटबलले युनाइट (एकजुट) गर्न सक्छ भनेर यो विश्वकपले देखाइदियो। र मलाई लाग्छ, एउटा ठुलो मेसेज (सन्देश) गएको छ कि वार्सहरू (युद्धहरू) नेताहरूले गर्दै गर्छन् आफ्नो ग्रिड (स्वार्थ/लोभ) को लागि, तर संसारमा जनता चाहिँ शान्तिपूर्ण भएर, मज्जाले मिलेर बाँच्न सक्छ भन्ने एउटा मेसेज विश्वकपले दिएको छ।

प्रस्तोता: जनताले शान्ति चाहेको छ, भाइचारा चाहेको छ, सौहार्दपूर्ण सम्बन्ध चाहेको छ भन्ने यो वर्ल्डकपले म्यासेज (सन्देश) दियो ?
भाइचुङ भुटिया: डेफिनेट्ली (पक्कै पनि) दिएको छ।
प्रस्तोता: अब यो जारी विश्वकपलाई तपाईंले प्राविधिक रूपमा कसरी हेरिरहनुभएको छ ? यसपटकको विश्वकपमा फुटबलको कुन नयाँ शैली वा रणनीति हावी भएको पाउनुभयो ?
भाइचुङ भुटिया: यो विश्वकप फर्स्ट टाइम (पहिलो पटक) ४८ वटा टिम्सले (टोलीले) पार्टिसिपेट (सहभागिता जनाएको) गरेको छ। पहिला ओन्ली (मात्र), आई थिङ्क ३२ टिम्सले पाउँथ्यो। त्यसले गर्दा यो विश्वकपमा धेरै ज्यादा कन्ट्रिजले (देशहरूले) मौका पाउँदा, एसियादेखि पनि… पहिला हामीसँग चारवटा कोटा मात्रै थियो, यसपालि हामीले आठवटा कोटा पायौँ। र, साथसाथै इराकले एउटा क्वालिफाइङ राउन्ड फेरि इन्टरकन्टिनेन्टल (अन्तरमहादेशीय) क्वालिफाई गरेर फर्स्ट टाइम एसियादेखि नौवटा कन्ट्री विश्वकप खेलिरहेको छ।
र, त्यसमा नयाँ कन्ट्री फर्स्ट टाइम खेल्ने, जस्तै एसियादेखि जोर्डन, उज्वेकिस्तान, जसमा कि हाम्रो नेपाल टिमले पनि खेलिराखेको थियो, इन्डियाले पनि कम्पिट गरिराखेको (प्रतिस्पर्धा गरिरहेको) थियो जोर्डन, उज्वेकिस्तान, इराक, इरानहरूसँग। त्यसले गर्दा आफूसँग खेल्ने अपोजिसन (विपक्षी) सँग राम्रो-नराम्रो त छँदै छ, तर आफूसँग खेलिरहने टिम विश्वकपमा गएर खेल्दाखेरि आफूलाई पनि एउटा इन्करेजमेन्ट (प्रोत्साहन) जस्तो पनि हुन्छ। र, खेलाडीहरूलाई पनि आफ्नो स्ट्यान्डर्ड (स्तर) कहाँ छ, कतिको छ भनेर आई थिङ्क एउटा रियालिटी फ्याक्ट चेक (वास्तविकताको जाँच) पनि दिन्छ।
प्रस्तोता: यसमा केही नयाँ शैली, केही नयाँ रणनीति पाउनुभयो यो वर्ल्डकपमा ?
भाइचुङ भुटिया: आई थिङ्क सबैभन्दा राम्रो, जुन वर्ल्डकपको अहिले हामीले धेरै वटा… अब एक्सपर्टहरूले (विज्ञहरूले) ४८ टिम्स हुँदा क्वालिटी डाउन हुन्छ (गुणस्तर खस्किन्छ) भन्ने एउटा माइन्ड कन्सेप्ट (मानसिकता) पनि थियो। मलाई लाग्छ यो भएको चाहिँ छैन। बिकज (किनभने) जतिवटा साना-साना कन्ट्रिजहरूले (देशहरूले), आज केप भर्डे क्वार्टरफाइनल गइराखेको छ, इरान, इराक, इभन इन्क्लुडिङ (यहाँसम्म कि) उज्वेकिस्तान, जोर्डन, उहाँहरूले पनि धेरै राम्रो पर्फर्मेन्स (प्रदर्शन) दिनुभयो।
र, हरेक टिमले गोल हालेको छ, मिनिमम वान पोइन्ट (कम्तीमा एक अङ्क) त लिएकै छ हरेक कन्ट्रीले। कम्प्लिट्ली (पूर्ण रूपमा) वान साइडेड म्याच (एकतर्फी खेल) चाहिँ धेरै कम भयो, एउटा-दुइटा जस्तो मात्र भयो। जुन ज्यादा एक्सपेक्ट (अपेक्षा) गरिएको थियो, त्यो चाहिँ भएन। अहिले फुटबलको ग्याप (स्तरको दूरी) चाहिँ धेरै क्लोज (नजिक) भएको छ। हरेक साना कन्ट्रिजहरू पनि अहिले फुटबल राम्रो खेलेर कम्पिट गर्न (प्रतिस्पर्धा गर्न) सक्ने चाहिँ यो वर्ल्डकपले देखाएको छ।
प्रस्तोता: अनि अहिले थपिएका केही नयाँ नियमहरूले यसमा केही परिवर्तन ल्याएको छ ? केही प्रभाव पारेको छ ?
भाइचुङ भुटिया: कतिवटा नियमहरूले धेरै राम्रो पनि गरेको छ। जस्तै— सब्स्टिच्युसन (खेलाडी परिवर्तन) हुँदाखेरि तपाईं विथइन टेन सेकेन्ड्स (१० सेकेन्डभित्र) निस्किनुपर्छ। कोही बेला टिम जितेको बेला सब्स्टिच्युट गर्दा धेरै ढिलो गरेर गेम नराम्रो गर्थ्यो। इन्जुरी (चोट) हुँदाखेरि प्लेयर तुरुन्त बाहिर गएर वान मिनेट (एक मिनेट) बस्नुपर्छ। र, कतिवटा टेक्नोलोजी (प्रविधि) यसपालि धेरै हाई एन्डमा (उच्च स्तरमा) युज (प्रयोग) गरिएको छ। किनभने, जुन चाहिँ रेफ्रीको क्यामेरादेखि लिएर टचलाइन टेक्नोलोजी र भीएआर (VAR) टेक्नोलोजीहरू लिएर आएर चाहिँ त्यसले धेरै एउटा कन्ट्रोभर्सी (विवाद) जुन चाहिँ हुन्थ्यो पहिला अफसाइड र गोल्समा, त्यसलाई चाहिँ कम्ती गरिदिएको छ।
प्रस्तोता: यो ‘भीएआर‘ (VAR) को कुरा गर्दा, यो न्यायपूर्ण छ या विवाद थप बनाउने टुल्सको (उपकरणको) रूपमा काम गर्यो ?
भाइचुङ भुटिया: आई थिङ्क, भीएआरको एउटा पोजिटिभ साइड (सकारात्मक पक्ष) पनि छ, नेगेटिभ साइड (नकारात्मक पक्ष) पनि छ। अब पोजिटिभ साइड चाहिँ… आई थिङ्क कुनै टिमलाई पनि ९० मिनेटको बादमा (पछि) दुःख लाग्न पाएन कि ‘यो चाहिँ एक्चुअली (वास्तवमा) हाम्रो जेन्युइन गोल (सही गोल) थियो र गोल दिएन‘ भन्ने। त्यस्तो दुःख चाहिँ कुनै टिमलाई पनि हुँदैन।
हामी हेर्ने दर्शकहरूलाई चाहिँ अलिकति प्रब्लम (समस्या) कहाँ हुन्छ भने, फुटबल चाहिँ एउटा फ्री फ्लोइङ मुभमेन्ट (निरन्तर बगिरहने गति) हो। इन्टरप्ट (अवरोध) नभएर फुल ९० मिनेट एक्सन-प्याक्ड (रोमाञ्चक) हेर्न मनपर्दछ। र, भीएआरले चाहिँ रोक्दाखेरि, डिसिजनको (निर्णयको) लागि दुई-तीन मिनेट खाइदिँदा चाहिँ त्यहाँ कहीँ न कहीँ हामीलाई बोरिङ (अल्छीलाग्दो) चाहिँ लाग्न थाल्दो रहेछ।
प्रस्तोता: भनेपछि यसले चाहिँ सजिलो नै बनाएको छ ?
भाइचुङ भुटिया: सजिलो बनाएको छ, तर हेर्नेहरूलाई चाहिँ अलिकति बोरिङ। किनकि हामी चाहिँ जहिलेसुकै ९० मिनेट फुल एक्सन-प्याक्ड हेर्ने। र, कोही-कोही बेला कन्ट्रोभर्सी (विवाद) पनि धेरै राम्रो। किनकि, एउटाले भन्छ ‘त्यो अफसाइड हो‘, दुइटा साथीको बिचमा पनि अब अर्जेन्टिना सपोर्ट गर्ने र ब्राजिल सपोर्ट गर्ने हुन्छन्। अर्जेन्टिनाले गोल हाले पनि ब्राजिलकोले भन्थ्यो, ‘हैन त्यो अफसाइड थियो‘। अर्कोले भन्छ ‘हैन अफसाइड होइन‘। त्यो डिबेट (बहस), डिस्कसन (छलफल) हुन्थ्यो दुइटा फ्यान्सको (समर्थकहरूको) बिचमा। तर अहिले भीएआरले त्यो डिस्कसन नै बन्द गरिदियो।
प्रस्तोता: हजुर। ओके, यो आधुनिक फुटबलमा सर सबैभन्दा धेरै परिवर्तन कहाँनिर भयो ? ट्याक्टिक्स (रणनीति), फिटनेस वा टेक्नोलोजी ?
भाइचुङ भुटिया: आई थिङ्क, ट्याक्टिकल्ली (रणनीतिक रूपमा) धेरै चेन्जेज (परिवर्तन) भएको छ अहिले। कारण, अब सबै टिमहरूलाई टेक्नोलोजीको माध्यमबाट हरेक टिमको जानकारी पनि छ। र, अहिले फुटबल पनि ज्यादाजसो कम्प्युटराइज्ड (कम्प्युटरबाट सञ्चालित) जस्तो भएको छ। कम्प्युटरमा खेलेको जस्तो पास, मुभमेन्ट, त्यो पूरा छ। पहिलाको म्याराडोना, पेलेको टाइममा एउटा इन्डिभिजुअल स्किल्सहरू (व्यक्तिगत कला), एउटा क्यारेक्टरहरू (चरित्रहरू) हुन्थ्यो। म्याराडोना जस्तो क्यारेक्टर, वाल्डेरामा जस्तो क्यारेक्टर, त्यो चाहिँ अहिले धेरै कम्ती भएको छ।
अहिले चाहिँ ट्याक्टिक्स (रणनीति) यति इम्पोटेन्ट (महत्त्वपूर्ण) भएको छ जित्नुमा। र, कर्पोरेट वाइज, बिजनेस वाइज पनि क्लब फुटबल यति हाई (माथि) भइसकेको छ कि त्यसले गर्दा एभ्रिथिङ (सबै कुरा) उहाँहरूलाई १००% करेक्ट (सही) हुनुपर्ने हुनाले फुटबल पनि त्यही कम्प्युटराइज्ड सिस्टम नै अहिले देख्न थालिन्छ। हरेक म्यानेजर्सहरू (प्रबन्धकहरू) टेक्नोलोजीदेखि लिएर ट्याक्टिकल पोइन्टहरू पनि एकदमै पर्फेक्ट गर्न खोज्छन्। कोही-कोही बेला त फुटबल हामी हेर्दा कम्प्युटरमा खेलेको जस्तो पनि लाग्छ, जुन चाहिँ पहिला थिएन।
प्रस्तोता: ओके, यो विश्वकपमा स्टार खेलाडीहरूको प्रदर्शन— पुराना स्टार खेलाडीहरूको र भर्खरै उदाउँदै गरेका युवा खेलाडीहरूको प्रदर्शनको तुलना गर्दा के पाउनुभयो ?
भाइचुङ भुटिया: अब आई थिङ्क, अहिले पनि… अबिभयस्ली (पक्कै पनि) मेरो प्लेइङ टाइमको (खेल्ने समयको) जेनेरेसन त ब्राजिलियन रोनाल्डो, रोमारियो उहाँहरूको समयको थियो। त्यसको बादमा अहिले, मेस्सी र रोनाल्डोले लास्ट १५-२० सालजस्तो एन्टायर जेनेरेसनमै (पूरै पुस्तामै) फुटबललाई डोमिनेट (प्रभावित/राज) गरिराखेका छन्। र, यो विश्वकप पनि मलाई लाग्छ कि रोनाल्डो र मेस्सीको मोर अर लेस (करिब-करिब) यो अन्तिम वर्ल्डकप नै हो।
आई थिङ्क, हामीले हाम्रो जीवनमा यत्तिको हाई क्वालिटीको (उच्च स्तरको) प्लेयर्स (खेलाडीहरू) र यति इन्फ्लुएन्स (प्रभाव) वर्ल्डमा (विश्वमा) देख्यौँ। स्पेसल्ली यङ्गर जेनेरेसनलाई (विशेषगरी युवा पुस्तालाई) फुटबललाई माया गर्न र फुटबल खेलाउनुमा आई थिङ्क यी दुई जनाको धेरै ठुलो हात छ। त्यसले गर्दा आई थिङ्क हामी पनि धेरै लक्की (भाग्यमानी) छौँ कि मेस्सी र रोनाल्डो हाम्रो जेनेरेसनमा देख्न पायौँ। र, यो वर्ल्डकप सायद उहाँहरूको अन्तिम भएकाले गर्दा अझै पनि यो वर्ल्डकपमा अहिलेसम्म मेस्सी नै पर्फर्म (राम्रो प्रदर्शन) गरिराखेका छन्।
भाइचुङ भुटिया: रोनाल्डोले लास्ट म्याचमा (पछिल्लो खेलमा) दुई गोल त पाए, तर फ्युचर म्याचेसमा (आगामी खेलहरूमा) के गर्ला भनेर अझै पनि धेरै फ्यान्सहरू (समर्थकहरू) वेट (पर्खाइ) गर्दै छन्। बट (तर) मेस्सीले अलरेडी (पहिले नै) पाँच गोल हालेर प्रुफ (प्रमाणित) गर्यो। र, अब आउने जेनेरेसनको (पुस्ताको) प्लेयर्सहरू (खेलाडीहरू) जस्तै— एम्बाप्पे छन्, स्पेनका यामाल छन्, नर्वेका हाल्यान्ड छन्। आई थिङ्क (मलाई लाग्छ), यो जेनेरेसनले चाहिँ नेक्स्ट अ डेकेड (आगामी एक दशक) डोमिनेट (राज) गर्छ होला।
प्रस्तोता: यसपटक चाहिँ अलि बढी प्रभावशाली, अलि स्ट्रङ (बलियो) टिम वा देश चाहिँ कसलाई देख्नुभयो अहिलेसम्म, यसपालिको वर्ल्डकपमा ?

भाइचुङ भुटिया: आई थिङ्क, सबैभन्दा ओपन (खुला) वर्ल्डकप हुनाले गर्दा मलाई लाग्छ कि पाँचवटा-छवटा टिमभन्दा पनि सात-आठवटा टिमको नाम भन्नुपर्यो भने सबै फेभरेट्स (दाबेदार) नै मलाई लाग्छ। र, सर्प्राइजिङली (आश्चर्यजनक रूपमा) हामीले फुटबल हेर्दाखेरि पहिला २०-३० सालअगाडि ‘ब्राजिल‘ भन्नेबित्तिकै जित्नमा ब्राजिल फेभरेट हुन्थ्यो। तर सर्प्राइजिङली म यो वर्ल्डकपमा ब्राजिललाई कुनै टप-एटमा (शीर्ष आठमा) पनि आउँदैन भन्छु। ब्राजिल एउटा ‘डार्क हर्स‘ (अपेक्षित नभएको तर जित्न सक्ने) जस्तोमा आइरहेको छ, त्यो सिचुएसन (अवस्था) भइसकेको छ। नो डाउट (कुनै शङ्का छैन) ब्राजिल अझै पनि स्ट्रङ टिम छ, सायद जित्न पनि सक्छ, तर टप फाइभ-सिक्समा (शीर्ष ५-६ मा) ब्राजिल आउँदैन।
जस्तै यसपालि फ्रान्स, अर्जेन्टिना, स्पेन, इन्क्लुडिङ (समेत) इङ्ग्ल्यान्ड र पोर्चुगल पनि छन्। अब पोर्चुगलको मेनली (मुख्यतया) रोनाल्डोले कुन पर्फर्मेन्स (प्रदर्शन) दिन्छन्, त्यसको माथि पोर्चुगलको डिपेन्डेन्सी (निर्भरता) छ। र, चार-पाँचवटा फेभरेट्सहरू भन्दा स्पेन, फ्रान्स, इङ्ग्ल्यान्ड, अर्जेन्टिनाहरू नै छन् जस्तो लाग्छ।
प्रस्तोता: रोनाल्डोको हेर्दाखेरि, रोनाल्डो स्वयम्को पर्फर्मेन्सको बढी भूमिका देखिएको छ या टिमको एफर्ट (सामूहिक प्रयास) नपुगेको त होइन नि त्यहाँ ?
भाइचुङ भुटिया: अब रोनाल्डो अबिभयस्ली (पक्कै पनि) वर्ल्ड क्लास हुन् र उहाँले जुन प्रकारले फुटबललाई कम्प्लिट्ली (पूर्ण रूपमा) वर्ल्डमा चेन्ज (परिवर्तन) गर्नुभयो, उहाँको आफ्नै सफलता पनि धेरै छ। र, हरेक प्लेयरको एउटा एज (उमेर) बढ्दै जाँदाखेरि जुन पहिला उहाँको स्ट्रेन्थहरू (बलिया पक्षहरू) थियो, रोनाल्डोको बिगेस्ट स्ट्रेन्थ (सबैभन्दा ठुलो हतियार) नै स्पिड (गति) थियो, जुन स्पिडमा उहाँले डिफेन्सलाई बिट गर्नुहुन्थ्यो (छिचोल्नुहुन्थ्यो)। अब त्यो एज फ्याक्टरले गर्दा पनि अबिभयस्ली स्लो (सुस्त) भएको छ र त्यो त प्रकृतिको नियम नै हो।
त्यसले गर्दा अलिकति स्पिड कम हुनाले, उहाँको डिपेन्डेन्सी नै त्यसमा थियो। तर मेस्सीको फेरि डिफरेन्ट स्टाइलको (फरक शैलीको) गेम छ। मेस्सी अलिकति विथड्र (पछाडि हटेर) ड्रिबल गर्ने हुन् भने रोनाल्डो स्पिडमा गएर फास्ट ड्रिबल गर्दै गोल गर्ने हुन्। जब त्यो एज फ्याक्टर आउँछ, अलिकति रोनाल्डोलाई असर परेको छ। बट, उहाँको टिममेट्सहरू (सहखेलाडीहरू) अहिले हेर्दाखेरि वर्ल्डकै सबैभन्दा बेस्ट प्लेयर्सहरू अहिले पोर्चुगलमै छन्। र, त्यो टिमले रोनाल्डोलाई कत्तिको सपोर्ट गर्छ र कत्तिको रोनाल्डोको लागि खेलिन्छ, त्यो लिएर उहाँको सफलता र टिमको सफलता हुन्छ।
अहिले हामीले जति म्याच हेर्यौँ, फर्स्ट म्याचमा हामीले त्यो कम्प्लिट्ली देख्न सकेनौँ, सेकेन्ड म्याचमा अलिकति झलक देख्न सक्यौँ। मेक्सिकोसँगको खेलमा हेर्दा, अर्जेन्टिनाको कुरा गर्दा, मेक्सिकोसँग अझै उहाँको टिममेटहरू लास्ट वर्ल्डकपभन्दा पनि धेरै स्ट्रङ भएर र धेरै एक्सपिरियन्सको (अनुभवको) साथ आएका छन्। र, लास्ट दुइटा म्याचमा हामीले देख्न पायौँ कि कम्प्लिट्ली मेस्सीकै माथि डिपेन्डेन्सी छ र टिम पनि मेस्सीकै लागि खेलिरहेको छ।
प्रस्तोता: ओके, अब फाइनलमा चाहिँ को जान सक्ला त ? धेरै दर्शकहरूको चाहना के छ भने मेस्सी र रोनाल्डो नै पुगुन् अझै पनि, हैन ?
भाइचुङ भुटिया: एकदम पसिबल (सम्भव) छ, पसिबल छैन भन्ने छैन। तर अहिलेको चारवटा टप टिम हेर्दाखेरि, जुन अहिलेसम्म पर्फर्मेन्स हेर्दा चाहिँ सायद फ्रान्स, इङ्ग्ल्यान्ड, स्पेन र अर्जेन्टिना— यो चारवटा चाहिँ टप फेभरेटमा (मुख्य दाबेदार) छन्। बट अगेन (तर फेरि), फुटबलमा कुन टिमले जित्छ भन्न सकिँदैन।
जस्तै— केप भर्डे, जुन टिम धेरै सालपछि आई थिङ्क फर्स्ट टाइम वर्ल्डकप खेल्दै छ, ग्रुप स्टेजमै आउट हुन्छ भन्दाखेरि राउन्ड अफ ३२ मा पुगिरहेको छ। साउदी अरेबिया, साउथ अफ्रिकाले पनि राम्रो गरिरहेका छन्। सर्प्राइजेजहरू (आश्चर्यजनक नतिजाहरू) हुन्छ नै। तर फोर फेभरेट टिम (चार मुख्य दाबेदार) मा चाहिँ मलाई लाग्छ कि अहिलेसम्म रोनाल्डोको पोर्चुगल टप-फोरमा मेरो अन्दाजमा आइसकेको छैन। तर आजको म्याच र नेक्स्ट कमिङ म्याचहरूमा (आगामी खेलहरूमा) कस्तो पर्फर्म गर्छ, आई थिङ्क त्यसले बताउन सक्छ।
प्रस्तोता: ओके, अब यो एसियन कन्ट्रिजहरूको (एसियाली देशहरूको) खेल कस्तो लागिरहेछ ?
भाइचुङ भुटिया: एसियन कन्ट्रिजमा आई थिङ्क सबैभन्दा राम्रो टिम जापान छ, मेरो अन्दाजमा। जापानको यदि दुई-तीनवटा अहिलेका टप प्लेयर्सहरू— एन्डो, मिटोमा र अझै एक जना मिनामिनो— अनफर्चुनेट्ली (दुर्भाग्यवश) इन्जुरीले (चोटले) गर्दा वर्ल्डकप आउन सकेनन्। यी तीन जना टप क्लास प्लेयर्सहरू आज जापानसँग भएको भए मलाई लाग्थ्यो कि जापान वर्ल्डकप फाइनलसम्मै जान्थ्यो। जापानको एकदमै राम्रो टिम छ अझै पनि। र, वान अफ द फेभरेट (एक प्रमुख दाबेदार) चाहिँ म मान्छु। यस म्याच जुन चाहिँ ब्राजिलसँग छ, यदि त्यो म्याच ब्राजिलसँग निकाल्न सक्यो भने मलाई लाग्छ जापान एन्टायरली (पूरै) फाइनलसम्म जान्छ जस्तो मलाई लाग्छ।
अरूको कुरा गर्दा, अस्ट्रेलिया छ। एसियन कन्ट्रिजदेखि ज्यादाजसो आउट भइसक्यो। इरान, अब आज रातको म्याचले इरानलाई राउन्ड अफ ३२ मा जान्छ कि जाँदैन याद हुन्छ। अस्ट्रेलिया ठिकै पर्फर्मेन्सका साथ राउन्ड अफ ३२ मा गएको छ। तर मलाई त्यति आशा छैन कि राउन्ड अफ ३२ देखि अझै प्रोग्रेस (प्रगति) गर्छ भनेर। तर जापानलाई लिएर चाहिँ धेरै, हामी एसियन फुटबलर्सहरू, एसियामा जति कन्ट्रिजहरू छन्, प्लेयर्सहरू छन्, धेरै आशा छ जापानसँग एउटा राम्रो पर्फर्मेन्स दिने।
प्रस्तोता: ओके, हामीले यो प्रोग्राम चाहिँ शनिबार दिउँसो १२ बजे रेकर्ड गरिरहेका छौँ। हाम्रो यो प्रोग्राम अन-एयर (प्रसारण) हुने बेलासम्म केही गेमहरू भइसक्नेछन्। त्यसकारणले यो किन यस्तो कुरा भयो भन्ने दर्शकलाई नपरोस् भनेर मैले समय बताइदिएको। अब एउटा हाइपोथेटिकल (काल्पनिक) कोइसन (प्रश्न) सोध्छु म, अलि बढी हाइपोथेटिकलवाला। यदि तपाईं अहिले खेल्न पाएको भए, त्यो वर्ल्डकपमा सहभागी हुन पाएको भए, कुन कन्ट्रीको (देशको) विरुद्धमा खेल्दा सबैभन्दा बढी मजा लाग्थ्यो जस्तो लाग्छ ? एगेन्स्टमा (विरुद्धमा) ?
भाइचुङ भुटिया: एगेन्स्टमा त सबैभन्दा कमजोर टिमसँग नि ! (हाँस्दै)
प्रस्तोता: त्यो कमजोरलाई हराएर त के मजा आयो र ! (हाँस्दै) प्रस्तोता: हैन फेरि ठुलो टिमसँग त हामी पूरा डिफेन्ड गरेको फेरि… स्ट्राइकरहरूलाई चाहिँ राम्रो टिमसँग खेल्न धेरै गाह्रो हुन्छ नि! किनकि डिफेन्स नै गर्नुपर्छ, अनि स्ट्राइकरलाई बहुत कम नै बलको पोजिसन (नियन्त्रण) हुन्छ नि, हैन ?
भाइचुङ भुटिया: बट, खेल्न पाएको… अगेन्स्ट भए नि अबिभयस्ली (पक्कै पनि) रोनाल्डो र मेस्सी! बिकज (किनभने), दुइटा ग्रेटेस्ट फुटबलर अफ अल टाइम (अहिलेसम्मकै महान् फुटबलर) हुन्। जुनै पनि— पोर्चुगल वा अर्जेन्टिनाको विरुद्धमा खेल्न पाए धेरै राम्रो हुन्थ्यो। त्यो आफैँमा हिस्टोरिकल (ऐतिहासिक) हुन्थ्यो।
प्रस्तोता: हजुर, ठिक छ। अब यो वर्ल्डकपको कुरा मैले कार्यक्रमको अन्त्यतिर फेरि पनि निकाल्ने नै छु, उठाउने नै छु। अलिकति बाल्यकालतिर जाऔँ। यो इन्टरभ्यु मलाई के लागेको छ भने, यो करेन्ट अफेयर (वर्तमान मामिला) को मात्र कुरा नभएर तपाईंको अलि प्रोफाइल टाइपको (जीवनीपरक) इन्टरभ्यु भइदियो भने पनि आगामी धेरै वर्षहरूपछि पनि ‘भाइचुङ भुटियाको बारेमा के रहेछ त‘ भनेर केही जान्न पाइयोस्। युट्युबमा हेर्दाखेरि केही बाल्यकाल सम्झिदिनुस् न, कस्तो थियो बाल्यकाल ? पारिवारिक अवस्था कस्तो थियो ? कहाँ जन्मिनुभयो ? जन्म त सिक्किमै जन्मिनुभयो, तर तपाईंकै मुखबाट सुनौँ।
भाइचुङ भुटिया: सिक्किममा जन्म भएकोले गर्दा, एउटा फुटबलको धेरै क्रेज (लगाव/आकर्षण) थियो सानैदेखि। हाम्रो गाउँ बस्ती— म टिन्कितम बस्तीमा जन्मेको। र, मेरो प्यारेन्ट्सहरू (आमाबुबा) ज्यादाजसो एग्रिकल्चर (कृषि), फार्मिङ (खेतीपाती) ब्याकग्राउन्डदेखि नै हुनुहुन्छ। त्यसले गर्दा बाबा पनि गाउँको एउटा पञ्चायत हुनुले गर्दा उहाँले धेरै गाउँमा चाहिँ फुटबल टुर्नामेन्ट, इन्टर-भिलेज (अन्तर-गाउँ) टुर्नामेन्ट धेरै गर्थ्यौँ।
र, मेरो सबैभन्दा ठुलो दाजु धेरै राम्रो खेलाडी थियो। (प्रस्तोता: के नाम चाहिँ दाइको ?) नाम पेमा छिरिङ राप्तेन। उहाँहरूले… मलाई लाग्छ हामीले जुन एउटा प्ल्याटफर्म (मञ्च) पायौँ, एउटा सपोर्ट (सहयोग) पायौँ, त्यो यदि मेरो दाजुले पाएको भए मलाई लाग्छ मभन्दा धेरै राम्रो गर्न सकिन्थ्यो। बिकज, उहाँ धेरै राम्रो खेलाडी नै हुनुहुन्थ्यो।
र, हामी अलिकति लक्की (भाग्यमानी) थियौँ। बिकज, हाम्रो टाइममा जेनेरेसनमा (पुस्तामा) अलिकति सपोर्ट सिस्टम पायौँ। अब अहिलेको जेनेरेसनले त धेरै सपोर्ट पाइरहेका छन्, तर पहिलाको जेनेरेसनसँग कम्पेयर (तुलना) गर्दा मलाई लाग्छ कि हामीले धेरै सपोर्ट पायौँ।
(प्रस्तोता: तपाईं १९७६ मा जन्मिनुभयो ?)
हजुर। त्यहाँदेखि गभर्मेन्ट अफ इन्डियाको (भारत सरकारको) एउटा फुटबलको स्कलरसिप (छात्रवृत्ति) स्किममा (योजनामा)… मैले त्यो स्कलरसिप पाएँ। फुटबलको जरिए (फुटबलका कारणले) त्यहाँदेखि आई थिङ्क मलाई प्यारेन्ट्सले अलिकति फ्लेक्सिबल (लचक) हुनुभयो कि ‘फुटबल खेल्न दिनुपर्छ‘। नभए, त्यतिबेलाको जमानामा आई थिङ्क मेरा साथीहरू पनि थिए कति जना, उहाँहरूको प्यारेन्ट्स, हाम्रो प्यारेन्ट्स सबैको एउटै कुरा हुन्थ्यो— खाली पढ्नु र गभर्मेन्ट जब (सरकारी जागिर) लिनुमै ज्यादाजसो केन्द्रित हुन्थ्यो।
(प्रस्तोता: नेपालमा पनि त्यही नै हो पहिलाको सोसाइटी, हाम्रो त्यही नै हो— पढ्ने, जागिर खाने।)
त्यसले गर्दा आई थिङ्क, एउटा फुटबलको स्कलरसिपले गर्दा चाहिँ मलाई अलिकति फ्लेक्सिबिलिटी (स्वतन्त्रता) मिल्यो खेल्नुमा।
(प्रस्तोता: कहिले पाउनुभयो, कति वर्षमा ?)

मैले ८६ मा पाएँ, ८७ तिर। हजुर, ११ वर्षमा। हामी अन्डर-११ (११ वर्षमुनिको) सिक्किम टिम गएर… गभर्मेन्ट अफ इन्डियाले नयाँ स्किम निकालेको थियो— ‘एनएसटीसी स्किम‘ र स्पोर्ट्स अथोरिटी अफ इन्डिया सुरु गरेर। धेरै वटा स्पोर्ट्समा ट्यालेन्टेड नानीहरूलाई (प्रतिभावान् बालबालिकालाई) चाहिँ, ११ सालमुनिका ट्यालेन्टेड नानीहरूलाई स्कलरसिप दिएर त्यो स्पोर्ट्समा इन्करेज (प्रोत्साहित) गर्ने। फुटबल, हक्की, ब्याडमिन्टन, टेबलटेनिस सबै स्पोर्ट्समा गरेको थियो। र, त्यसमा हामी फर्स्ट ब्याच (पहिलो समूह) थियौँ, जो सेलेक्ट (छनोट) भएर, फुटबलमा फर्स्ट ब्याच सेलेक्ट भएर हामीले पाएका थियौँ।
र, त्यहाँदेखि सुरुवात भयो। स्कुलमा खेल्न पायौँ। ‘सुब्रतो‘ हाम्रो इन्टर-स्कुल (अन्तर-विद्यालय) टुर्नामेन्ट अल इन्डिया (अखिल भारतीय) लेभलमा खेल्यौँ। त्यसमा अल इन्डिया लेभलको स्कुल टुर्नामेन्टमा बेस्ट प्लेयर (उत्कृष्ट खेलाडी) भएर त्यहाँदेखि चाहिँ म अन्डर-१६ (१६ वर्षमुनिको) इन्डियाको लागि मैले खेलेँ।
अहिले पनि हामी हेर्दाखेरि इन्डियामा धेरै फुटबलर्सहरू (फुटबल खेलाडीहरू) मसँग अहिले पनि खेल्दै छन्, मेरो अगाडि पनि। तर मलाई एउटा खुसी र गौरव चाहिँ लाग्छ कि इन्डियाको लागि मैले हरेक एज ग्रुप (उमेर समूह) खेलेँ— अन्डर-१६ इन्डिया खेलेँ, अन्डर-१९ खेलेँ, अन्डर-२१ खेलेँ, अन्डर-२३ खेलेँ र सिनियर इन्डिया खेलेँ। त्यो रेकर्ड चाहिँ अझै पनि इन्डियामा धेरै कम प्लेयर्समा छ, जुनै सबै एज ग्रुप खेल्ने। र, त्यसले गर्दा अलिकति लक्की फिल (भाग्यमानी महसुस) पनि गर्छु कारण मैले हरेक एज ग्रुप खेल्न पाएँ।
त्यो प्रकारले जब सुब्रतो खेलेँ, अन्डर-१६ खेलेँ, त्यहाँदेखि ‘इस्ट बङ्गाल क्लब‘ ले अफर दियो, जब म १७ सालको थिएँ। त्यहाँदेखि, सिक्किम मैले ९३ मा छोडेँ। क्लास टेन (कक्षा १०), आईएससी (ISC) दिएर त्यहाँदेखि ९४ मार्च-अप्रिलदेखि म कम्प्लिट्ली प्रोफेसनल (व्यावसायिक) फुटबलमा लागेँ। र, ९५ मा मैले नेसनल टिमको (राष्ट्रिय टोलीको) लागि ब्रेक (अवसर) पाएँ। त्यहाँदेखि मैले सिनियर इन्डिया ९५ देखि सुरु गरेँ।
प्रस्तोता: तपाईं ९७ मा त नेपालसँग खेल्नुभयो, हैन ?
भाइचुङ भुटिया: ९७ मा यहाँ हाम्रो ‘स्याफ कप‘ भएको थियो नेपालमा। त्यतिबेला हामी इन्डिया टिममै थियौँ र फाइनलमा हामीले माल्दिभ्सलाई जित्यौँ जस्तो लाग्यो। र, नेपाल त्यतिबेला होस्ट (आयोजक) नै थियो।
प्रस्तोता: अनि तपाईंको बाल्यकालमा प्रेरणाको स्रोत भनेको दाइ नै हुनुभयो ? दाइकै कारणले गर्दा तपाईंलाई यो फुटबलमा लगाव बढ्यो, हैन ?
भाइचुङ भुटिया: त्यो अब यो स्कलरसिप पाउनेबित्तिकै… हुन त म बोर्डिङ स्कुलमै थिएँ, त्यो स्कलरसिप पाउनुभन्दा अगाडि। र, ११ वर्षमा मैले स्कलरसिप गभर्मेन्ट अफ इन्डियादेखि फुटबलको जरिए पाएपछि फुटबलमा धेरै फोकस (केन्द्रित) भएँ। फुटबलकै लागि स्कुलमा पनि स्कलरसिप पाउनुले गर्दा त्यहाँदेखि धेरै इन्भाइरोन्मेन्ट (वातावरण) थियो।
अनि त्यतिबेला अब ७८/८० को कुरा, त्यतिबेला टेलिभिजन थिएन, न्युजपेपर (पत्रपत्रिका) थिएन। लोकल फुटबलमा हामीलाई लोकल हिरोजहरू (स्थानीय नायकहरू) नै हुन्थ्यो। र, त्यतिबेला सबैभन्दा ठुलो टुर्नामेन्ट इन्डियाको एउटा ‘गभर्नर्स गोल्डकप‘, सिक्किममा पनि एउटा धेरै ठुलो टुर्नामेन्ट हुन्थ्यो। त्यसमा ठुल्ठुला क्लबहरू र ठुल्ठुला खेलाडीहरू आउँथे, जुनमा नेपाल टिम पनि आउनुहुन्थ्यो। र, हाम्रो लागि लोकल प्लेयर्स नै आइडल (आदर्श) नै थियो। बिकज, हामीले चिनेको इन्डियन प्लेयर्सहरू त्यति थिएनन् कारण टिभीमा, न्युजपेपरमा कहिले देखिँदैनथ्यो। फुटबल, वर्ल्ड फुटबल त झन् चार सालमा एकपटक आउँथ्यो। फर्स्ट हेर्दा नै ८६ वर्ल्डकप— म्याराडोना।
त्यसको बादमा (पछि) लोकल फुटबल नै थियो। हाम्रो लागि लोकल फुटबलर्सहरू हाम्रो जस्तै सिक्किमै, हाम्रै कजिनहरू (दाजुभाइहरू) मिस्टर पुसाङ, त्यहाँदेखि कालेबुङको (कालिम्पोङको) एउटा धेरै आइकोनिक फुटबलर उर्गेन लामा (मिनी भनेर जानिन्थ्यो)।
नेपालदेखि जब गभर्नर्स गोल्डकप खेल्न आउँदा नेपाल टिम नै ज्यादाजसो फाइनल जान्थ्यो या जित्थ्यो। र, नेपालको स्टार्सहरू… पूरै एकदमै राम्रो टिम पनि थियो नेपालको। त्यहाँ मणि शाह दाइ भनेर… म्याराडोना भनेर चिनिन्थ्यो उहाँलाई। हाम्रो लम्बु दाइ, राजेश दाइ एउटा सोलिड (बलियो) ६ फुटे डिफेन्डर। राजु शाक्य लामो केस (कपाल)… सब हेर्दाखेरि नै नेपालको गेम धेरै राम्रो थियो। र, सिक्किममा पनि नेपाल टिमको धेरै क्रेज थियो।
प्रस्तोता: ओके, अनि यो फुटबल करियरको एचिभमेन्ट (उपलब्धि)— सबैभन्दा ठुला एचिभमेन्टहरू के-के भए, तपाईंकै मुखबाट सुनौँ भनेर! मेरो रिसर्च (अनुसन्धान) किन देखाउने तपाईंलाई ? ठुलो एचिभमेन्ट के भन्नुहुन्छ ?
भाइचुङ भुटिया: सबैभन्दा लङ सर्भिङ फुटबल क्याप्टेन (लामो समयसम्म नेतृत्व गर्ने कप्तान) इन्डियाको लागि थिएँ। मैले क्याप्टेन्सी (कप्तानी) १९९९ देखि २०११ सम्म गरेँ। फर्स्ट इन्डियन प्लेयर टु प्ले हन्ड्रेड क्याप्स (१०० खेल खेल्ने पहिलो भारतीय खेलाडी)— १०० पल्ट नेसनल टिमको लागि कोही खेलेको थिएन, फर्स्ट टु प्ले द्याट भयो।
र, फर्स्ट प्लेयर टु प्ले इन युरोपियन लिग (युरोपेली लिग खेल्ने पहिलो खेलाडी) गरेँ मैले। त्यहाँदेखि अवार्डहरू थियो— इन्डियन गभर्मेन्टको ‘अर्जुन अवार्ड‘ (स्पोर्ट्स पर्सनलाई दिइन्छ) र जुन एउटा ‘पद्मश्री अवार्ड‘ छ। र, एसियन हल अफ फेम (एसियन फुटबल कन्फेडेरेसनले दिने)… त्यो हल अफ फेममा एउटा पर्नु चाहिँ निकै ठुलो हो।
प्रस्तोता: हजुर, अनि बिग टुर्नामेन्टहरू (ठुला प्रतियोगिताहरू) ?
भाइचुङ भुटिया: सबैभन्दा ठुलो टुर्नामेन्ट हामीले ‘एएफसी च्यालेन्जर्स कप‘ जित्यौँ।
भाइचुङ भुटिया: र, हामी एसिया कप क्वालिफाई (छनोट) भयौँ, २४ साल बादमा (पछि)। जुन मेरो कप्तानीको अन्डरमा (नेतृत्वमा) हामीले तुर्कमेनिस्तानलाई फोर-वान (४-१) मा जितेर त्यो क्वालिफाई भयौँ।
(प्रस्तोता: एसिया कप कतिमा थियो ?) २००८ मा हामी… २०१० मा, २४ साल बादमा (पछि) हामी एसिया कप क्वालिफाई भयौँ। त्यतिबेला सायद एसिया कपमा १४ वटा हो कि १२ वटा टिमले मात्र इन्ट्री (प्रवेश) पाउँथ्यो। १२ वटा टिममा हामी इन्डिया फर्स्ट टाइम २४ साल बादमा २००८ मा क्वालिफाई भएर २०१० मा हामीले खेल्यौँ। र, नेहरु कप, स्याफ कप, अरू जस्ता टुर्नामेन्टहरू (प्रतियोगिताहरू) जित्यौँ।
प्रस्तोता: जीवनमा तपाईंलाई हारले धेरै सिकायो कि जितले बढी सिकाउँदो रहेछ ? यो पनि अरूको लागि मन्त्र हुन्छ के, तपाईंहरूजस्ता सफल मान्छेहरूको पछाडि सुन्ने-हेर्नेलाई!
भाइचुङ भुटिया: आई थिङ्क (मलाई लाग्छ) दुइटैले धेरै सिकाउँछ। बिकज (किनभने), हारले अबिभयस्ली (पक्कै पनि)… त्यो हारलाई, जुन प्रकारले त्यो गेमलाई कुन प्रकारले हार्यौँ, त्यसलाई अलिकति रिड (अध्ययन) गरेर, स्टडी गरेर, त्यसलाई सुधार गरेर हामी नेक्स्ट गेममा (अर्को खेलमा) जान्छौँ। र, लाइफमा पनि, खेलिसकेर मैले धेरै वटा काम गरेँ, धेरै वटा बिजनेसहरू (व्यापारहरू) गर्दा सफलता पाइँदैन, त्यसलाई सुधार गरेर अगाडि कसरी बढ्ने हामी धेरै सिक्न सक्छौँ।
र, हारले धेरै सिकाउँछ कि एउटा मान्छेलाई हम्बल (नम्र) हुनु। अझै हार्दाखेरि त्यसलाई अझै हार्ड वर्क (कडा मिहिनेत), अझै मिहिनेत गर्नुपर्यो। कारण, हार्दाखेरि कहीँ न कहीँ गल्ती हुन्छ, त्यो गल्तीलाई गएर फेरि ग्राउन्डमा (मैदानमा) अझै ट्रेनिङ (प्रशिक्षण) गर्नुपर्छ। र, अझै ज्यादा १० राउन्ड कुद्नेमा २० राउन्ड कुद्नुपर्यो, या १० सुट गर्नेमा २० सुट गोलमा हिर्काउनुपर्यो। त्यसले गर्दा हारले चाहिँ त्यसलाई अझै इम्प्रुभ (सुधार) गराउनका लागि एउटा जोस दिन्छ।
र, जितले अबिभयस्ली (पक्कै पनि) एउटा हम्बल हुनु सिकाउँछ। एउटा जित्दाखेरि फुटबलमा यो होइन कि मैले सब हासिल गरेँ। नेक्स्ट म्याच फेरि खेल्नैपर्छ, नेक्स्ट म्याच फेरि हार्न सकिन्छ र हार्छ पनि। त्यसले गर्दा हरेक जितलाई पनि इन्जोय (रमाइलो) गर्नुस्। बट फुटबलमा चाहिँ सर्टेन पिरियडको (केही समयको) लागि मात्र। बिकज, तपाईंले अर्को म्याच, अर्को टुर्नामेन्टको लागि फेरि फोकस (केन्द्रित) गर्नुपर्छ र हम्बल भएर फेरि आफ्नो मिहिनेत र आफ्नो कन्टिन्युटी (निरन्तरता) चाहिँ जारी राख्नैपर्छ कामलाई।
अब कति जना चाहिँ हामीले यो जित्यौँ, मेस्सीले वर्ल्डकप जित्यो र घरमा ढुक्कै बसेर फ्यामिलीसँग इन्जोय-पार्टी मात्रै गर्दै ‘ल वर्ल्डकप जितिसक्यो‘ भन्यो भने फेरि नेक्स्ट वर्ल्डकपमा पर्फर्म गर्न सक्दैन, फेरि मान्छेले बिर्सिहाल्छ त्यसलाई। त्यसले गर्दा खेलमा चाहिँ एभ्री म्याच (हरेक खेल), एभ्री टुर्नामेन्ट (हरेक प्रतियोगिता) तपाईंले पर्फर्म गर्नुपर्छ। र, जितले एउटा हम्बल हुन सिकाउन सक्छ र जुन सक्सेस (सफलता) छ, त्यो सक्सेसदेखि अझै अगाडि जानको लागि तपाईंलाई इन्करेज (प्रोत्साहित) गर्छ।
प्रस्तोता: अब तपाईंको राजनीतिक अलिकति टर्निङ पनि छ जीवनमा यहाँसम्मको आरोहमा हैन ? त्यो पनि म जोड्छु, तर त्योभन्दा अगाडि चाहिँ ग्रासरुट फुटबलको विकासमा तपाईंले गरेको योगदानलाई बिर्सियो भने फेरि यो कुराकानी थोरै अपुरो पनि हुन्छ। त्यसमा तपाईंले निर्वाह गरेको भूमिका, अहिले के गरिरहनुभएको छ ?
भाइचुङ भुटिया: म २०१० मा रिटायर (सन्न्यास) गर्दै थिएँ, एसिया कप हामी २४ साल बादमा (पछि) क्वालिफाई भएर। मलाई अलरेडी २००८ मा, जब क्वालिफाई भइसकेपछि मलाई एकदमै थाहा थियो कि २०१०… जुन बेला म ३४-३५ एज (उमेर) पुग्दै थिएँ, र मेरो डिसिजन (निर्णय) भइसकेको थियो मनभित्र कि ‘२०१० मेरो लास्ट टुर्नामेन्ट हुन्छ र म रिटायर गर्छु‘ भनेर।
र, २००९ देखि मैले अब फुटबलको बादमा के गर्ने भनेर सोच्दै गर्दा, मैले आफैँलाई नै ग्रासरुटपट्टि इन्भेस्ट (लगानी) गर्न र टाइम दिन चाहन्छु भनेर ग्रासरुट फुटबल एकेडेमी र फुटबल स्कुल्स मैले प्लानिङ (योजना) गर्न थालेँ। र, २०१० मा ‘भाइचुङ भुटिया फुटबल स्कुल्स‘ मैले स्टार्ट (सुरु) गरेँ इन्डियामा।
एसिया कप खेल्नेबित्तिकै… यहाँ हाम्रो अहिले सायद घानाको कोच हुनुहुन्छ, कार्लोस क्युरोज। त्यतिबेला म्यानचेस्टर युनाइटेड र रियल मड्रिडको कोच हुनुहुन्थ्यो। र, उहाँको फुटबल स्कुल पोर्चुगलमा हुन्थ्यो। उहाँसँग टाई-अप (सहकार्य) गरेर मैले ‘भाइचुङ भुटिया फुटबल स्कुल्स‘ २०१० मा सुरु गरेँ। र, २०१० देखि अहिले २०२३ (अथवा सन्दर्भअनुसारको वर्ष), अल्मोस्ट ३-४ इयर्स भइसक्यो फुटबल स्कुल। र, इन्डियामा आज ‘भाइचुङ भुटिया फुटबल स्कुल्स‘ इज द बिगेस्ट (सबैभन्दा ठुलो) ग्रासरुट फुटबल प्रोग्राम हो। अराउन्ड १५०० किड्सहरू (१५०० बालबालिकाहरू) रेगुलरली (नियमित रूपमा) हाम्रो एकेडेमीमा ट्रेनिङ (प्रशिक्षण) लिँदै छन्। वी गट मोर देन ७० प्लस सेन्टर्स (हामीसँग ७० भन्दा बढी केन्द्रहरू छन्) अल अक्रस (भरि) इन्डिया। र, २०० जना प्लस ट्रेन्ड कोचेजहरू (प्रशिक्षित प्रशिक्षकहरू) हाम्रो ‘भाइचुङ भुटिया फुटबल स्कुल्स‘ मा अलरेडी इम्प्लोइड (रोजगाररत) छन्। र, हाम्रो अफिसमा पनि ७० जना ब्याकरुम स्टाफहरू छौँ।
र, ओभर द इयर्स (विगतका वर्षहरूमा) हामीले अल्मोस्ट ३० प्लस प्लेयर्सहरू (खेलाडीहरू) आईएसएल (ISL), आई-लिग (I-League) मा अलरेडी खेल्दै छन्। प्लस, हाम्रो १० देखि १२ जना प्लेयर्सहरू इन्डियाको डिफरेन्ट एज ग्रुपमा (फरक उमेर समूहमा) अलरेडी खेलिसकेका छन् र खेल्दै पनि छन् अझै। त्यसले गर्दा एटलिस्ट (कम्तीमा) एउटा ग्रासरुट फुटबलमा लिएर जोडिरहेको छु।
प्रस्तोता: अहिले चाहिँ रिसेन्ट्ली (हालै) तपाईंसँग जोडिएको ‘युनाइटेड सिक्किम एफसी‘ चाहिँ के हो ?
भाइचुङ भुटिया: युनाइटेड सिक्किम चाहिँ मेरो आफ्नै क्लब हो सिक्किममा, मैले स्टार्ट गरेको। यो क्लब मैले २००६ मा सुरु गरेको थिएँ र २०१० मा चाहिँ मैले यसलाई प्रोफेसनल्ली (व्यावसायिक रूपमा) लगेँ, जब आई-लिग सुरु भयो। २०१०/२००९ मा हामीले प्रोफेसनल्ली बनायौँ र दुई सालको भित्रमा प्रोफेसनल्ली जब हामीले बनाएपछि चाहिँ यो क्लब इन्डियाको टप क्लब्समा (शीर्ष क्लबहरूमा) हामीले लगेर गयौँ।
र, इन्डियाको बिगेस्ट लिग जुन चाहिँ त्यतिबेला आई-लिग थियो (अहिले त आईएसएल छ), आई-लिगमा हामीले लगेर गयौँ र दुई साल हामीले आई-लिग खेल्यौँ। र, त्यसमा मेरै क्लब, मैले ओनरसिप (स्वामित्व) गर्दै थिएँ। यसरी टु इयर्स खेलेर, त्यसको बादमा धेरै च्यालेन्जेज (चुनौतीहरू) भएर चाहिँ फेरि हामीले सेमि-प्रोफेसनलमा अहिले क्लब लिएर आएका छौँ। तर क्लब अझै पनि छ, २००६ देखि सुरु गरेको। हामीले क्लब २०१४ सम्म प्रोफेसनल राख्यौँ, २०१४/१५/१६ को बाददेखि चाहिँ हामीले फेरि धेरै प्रब्लम्स, स्पोन्सर्सहरू लिएर, फन्ड्सहरू लिएर क्लब चलाउन निकै साह्रो भएर चाहिँ त्यसलाई हामीले फेरि सेमि-प्रोफेसनल नै राखेका छौँ।
प्रस्तोता: ओके, अब राजनीतिका… कहाँबाट राजनीतिको भूत सवार भयो तपाईंमा ? नेपालमा पनि खुबै चल्छ यो, भारतमा पनि चल्छ हैन ? फरक क्षेत्रका मान्छेहरू यता आउने चलन छ है!
भाइचुङ भुटिया: राजनीति चाहिँ मेरो इन्ट्री (प्रवेश) चाहिँ इन्फ्याक्ट (वास्तवमा) यो झुक्कुलमै भएको जस्तो (हाँस्दै)। इन्फ्याक्ट सर्प्राइज, केही यो प्लानिङ (योजना) त्यस्तो थिएन, सडन (अचानक) र सर्प्राइज नै भएको जस्तो लाग्छ।
इनिसियल्ली (सुरुवातमा), म त्यतिबेला बङ्गालको गभर्मेन्ट, टीएमसी (TMC) गभर्मेन्ट, ममता ब्यानर्जी हुनुहुन्थ्यो सीएम (मुख्यमन्त्री), उहाँको पार्टी थियो। र, म फुटबल रिटायर (सन्न्यास) भएर फुटबल क्लब्स, युनाइटेड सिक्किम लिएर हामी धेरै कामहरू फुटबल लिएर नै गर्दै थियौँ र अरू-अरू कामहरू गर्दै गर्दा चाहिँ…
सडन्ली (अचानक), अब बङ्गालमा मैले २० साल खेलेकोले गर्दा, हुन त अब जन्म मेरो सिक्किममा भएको तर कर्मभूमि भनौँ न, कर्मभूमि मेरो कम्प्लिट्ली (पूर्ण रूपमा) बङ्गालमै भयो। र, मेरो लाइफमा जति म आज भाइचुङ भुटिया भएँ भने आई थिङ्क मेरो ठुलो हात ‘इस्ट बङ्गाल‘, ‘मोहन बगान‘ त इस्ट बङ्गाल र बङ्गाल फुटबलले गर्दा आज म एउटा अलिकति नाम भएर, अलिकति आज म जे छु, एउटा बङ्गाल फुटबलले गर्दा हो। मलाई यो इन्डिया खेल्न, एउटा नाम बनाउनुमा चाहिँ बङ्गाल फुटबलको धेरै ठुलो हात छ।
२० साल मैले बङ्गालमा बसेर खेलेँ। र त्यसले गर्दा, युनाइटेड सिक्किम चलाउँदै गर्दा चाहिँ अल अफ अ सडन (अचानक) अलिकति त्यतिबेला गभर्मेन्ट बङ्गालमा पनि चेन्ज (परिवर्तन) भएको थियो, नयाँ गभर्मेन्ट आउनुले गर्दा त धेरै साथीहरू हुनुले गर्दा अलिकति प्रेसरले (दबाबले) गर्दा ‘हैन, गर्नैपर्छ‘ भन्दा अल अफ अ सडन लास्ट मुमेन्टमा (अन्तिम क्षणमा) गएँ।

तर त्यहाँ म टीएमसीसँग दुई साल बसेँ, मलाई याद भयो कि म यो राजनीति, बङ्गालको राजनीति र यहाँ गर्न सक्दिनँ। म अलरेडी सिक्किम मुभ गरिसकेको थिएँ (सरिसकेको थिएँ)। मेरो २० साल बङ्गालको बसाइ कम्प्लिट्ली मैले छोडेर सिक्किम सिफ्ट (स्थानान्तरण) गरेँ, युनाइटेड सिक्किम सुरु गर्दाखेरि। र, त्यहाँदेखि दुई सालमा चाल पाएँ, बङ्गाल पोलिटिक्स नगर्ने भनेर। त्यहाँदेखि रिजाइन (राजीनामा) गरेर मैले छोडेँ।
सिक्किममा हामी धेरै साथीहरू, योङ जेनेरेसनका (युवा पुस्ताका) साथीहरू मिलेर चाहिँ ‘लु एउटा अब राजनीतिमा म अलरेडी छु, लु एउटा बरु गर्ने भने हामी सिक्किमै गरौँ, आफ्नै जग्गा आफ्नै जन्मभूमिको ठाउँलाई हामीले केही न केही वापस (फिर्ता) दिऔँ‘ भन्ने भयो। कारण, हामीले एउटा सिक्किमदेखि… सिक्किमको देवीदेउताको आशीर्वादले आफ्नो सफलता भयो। र अब हामी यो योङ जेनेरेसन, जति-जति सफलता भएको छ, हामी मिलेर सिक्किमलाई केही दिऔँ भन्ने चाहिँ एउटा योङ जेनेरेसन मिलेर हामीले पार्टी खोल्यौँ।
(प्रस्तोता: र के नाम राख्नुभयो त्यो पार्टीको ?)
नाम थियो— ‘हाम्रो सिक्किम पार्टी‘ (HSP)।
(प्रस्तोता: ओके, र त्यो हामीले धेरै कोसिस गर्यौँ… पोलिटिकल एम (राजनीतिक उद्देश्य) के थियो ?)
पोलिटिकल एम (राजनीतिक उद्देश्य) बेसिक्ली (मुख्यतया) सिक्किमलाई हामीले एउटा सस्टेनेबल (दिगो) स्टेट (राज्य) बनाउनु थियो। बिकज (किनभने), आज पनि सिक्किम हेर्यो भने इन्डियामा सबैभन्दा सफलता र सस्टेनेबल स्टेट चाहिँ जुनै स्टेटसँग कम्पेयर गरे पनि सिक्किम हुन सकिन्छ।
वान अफ द रिजन (एउटा कारण)— तपाईंको स्मल (सानो) स्टेट छ, पपुलेसन (जनसङ्ख्या) तपाईंको ६ लाख-७ लाख मात्रै छ। प्लस, तपाईंको इन टर्म्स अफ टुरिजम (पर्यटनको हिसाबले) भेरी हाई टुरिजमको इन्टेक (आगमन) छ। प्लस, अहिले तपाईं हेर्नुभयो भने फर्मास्युटिकल (औषधि उत्पादन) कम्पनीहरूको धेरै म्यानुफ्याक्चरिङ आउटलेटहरू (उत्पादन केन्द्रहरू) छन्। प्लस, नर्थ इस्ट (पूर्वोत्तर) भएकोले धेरै फेसिलिटिज (सुविधाहरू) पनि तपाईंले एक्स्ट्रा पाउनुहुन्छ। प्लस, हाइड्रोपावर (जलविद्युत्) प्रोजेक्टको पनि धेरै आई थिङ्क रेभिन्युजहरू (राजस्वहरू) छन्।
र, सिक्किम चाहिँ एउटा स्टेट (राज्य), जुन चाहिँ दिल्ली र सेन्ट्रल गभर्मेन्टको (केन्द्र सरकारको) मुख सधैँ ताक्नुपर्ने, डिपेन्ड (निर्भर) गर्नुपर्ने… इन टर्म्स अफ फन्ड र डेभलपमेन्टको लागि राम्ररी गर्न सक्यो भने, आई थिङ्क स्टेट क्यान बि अ सस्टेनेबल एन्ड सर्प्लस स्टेट (राज्य दिगो र आत्मनिर्भर राज्य बन्न सक्छ) इजिली (सजिलै)। बिकज ६ लाख पपुलेसनमा तपाईंको अल्मोस्ट हाफ द पपुलेसन (झन्डै आधा जनसङ्ख्या), हरेक घरमा सिक्किममा एउटा न दुई जना गभर्मेन्ट इम्प्लोइ (सरकारी कर्मचारी) छन्। प्लस तपाईंको टुरिजमको रेभिन्यु (राजस्व), प्लस तपाईंको अहिले जुन चाहिँ प्राइभेट कम्पनिजहरू (निजी कम्पनीहरू), फर्मा कम्पनिज र हाइड्रोपावर प्रोजेक्ट आएर कहीँ न कहीँ प्रब्लम (समस्या) छैन।
र, अब मैले फुटबलको जरिए अल्मोस्ट ५५ इन्टरनेसनल कन्ट्रिज घुमेर आएँ, इन्डियाको त कुना-कुना हरेक स्टेटमा खेल्न गएर घुमेर पनि त्यहाँको बारेमा सबै थाहा छ। एकदम प्लस-माइनसेसहरू, कन्ट्रिजहरू पनि हेरेर मैले एक्सपिरियन्स (अनुभव) लिएँ। इङ्ग्ल्यान्डमा म तीन साल खेलेर बसेको थिएँ, मलेसियामा दुई साल। एउटा एक्सपिरियन्स पनि थियो र मलाई लाग्थ्यो कि सिक्किममा डेफिनेट्ली (पक्कै पनि) सकिन्छ गर्न। र, त्यो हामी सबै मिलेर चाहिँ ‘कसरी एउटा राम्रो सरकार दिनु‘ भन्ने चाहिँ थियो जुन सोच राम्रो थियो।
तर गर्नु, पाउनु चाहिँ गाह्रो छ। बिकज (किनभने), स्पोर्ट्समा चाहिँ के छ भने तपाईंको आफ्नो मिहिनेत र हार्ड वर्कले सफलता पाउनु/नपाउनु हातमा छ।
भाइचुङ भुटिया: तपाईंले हार्ड वर्क (कडा मिहिनेत) गर्नुभयो भने तपाईंले सफलता पाउनुहुन्छ, तर राजनीतिमा चाहिँ तपाईं जति नै हार्ड वर्क गर्नुस्, जति नै राम्रो मान्छे हुनुहोस्, जति नै मिहिनेत गर्नुस्— रिजल्ट (नतिजा) तपाईंको हातमा छैन। रिजल्ट जनताको हातमा छ। त्यसले गर्दा राजनीतिमा मान्छेले आफ्नो किस्मत आफैँले बनाउन सक्दैन। त्यहाँ च्यालेन्जेज (चुनौतीहरू) अबिभयस्ली (पक्कै पनि) धेरै हुन्छन्। सिजन पोलिटिसियनहरू (अनुभवी राजनीतिज्ञहरू) सँग प्रतिस्पर्धा गरेर जनतालाई चित्त बुझाउन निकै सारो (गाह्रो) पर्ने रहेछ।
प्रस्तोता: राजनीतिको निष्कर्ष— ‘जनतालाई चित्त बुझाउन गाह्रो रहेछ‘, यही हो त ?
भाइचुङ भुटिया: एब्सोलुट्ली (एकदम सही)।
प्रस्तोता: ल ठिक छ, फेरि फुटबलतिरै फर्कौँ। तपाईंलाई राजनीतिमा धेरै किन लाने, तपाईं त छोडिसक्नुभयो, हैन ?
भाइचुङ भुटिया: हजुर, म दुई-तीन सालदेखि छोडेर बसेको छु। र यो चाहिँ भन्न सक्छु कि, यी तीन सालदेखि जुन प्रकारको पिस (शान्ति), पिस अफ माइन्ड (मानसिक शान्ति) र फ्रिडम (स्वतन्त्रता) महसुस भइरहेको छ, त्यसले मलाई धेरै खुसी दिएको छ।
प्रस्तोता: यतै रहेछ शान्ति, यतै रहेछ (हाँस्दै)।
भाइचुङ भुटिया: बट (तर) लाइफ (जीवन) हो, यसले कुन दिशा लिन्छ, कता जान्छ भन्न सकिन्न। अब कसले सोचेको थियो र— म इन्डियाको लागि खेल्छु, त्यसको बादमा (पछि) अहिले म ज्यादाजसो फुटबलसँग पनि छु तर धेरैजसो आफ्नै बिजनेसहरू (व्यापारहरू) गरिरहेको छु। म एउटा आन्टरप्रेनर (उद्यमी) हुन्छु भनेर पनि कहिल्यै सोचेको थिएन।
प्रस्तोता: के-के बिजनेस गर्नुहुन्छ अरू ?
भाइचुङ भुटिया: एउटा त हाम्रो फुटबलकै भइहाल्यो। अहिले म ज्यादाजसो हस्पिटालिटी इन्डस्ट्रीमा (आतिथ्य क्षेत्रमा) छु। सिलगुढीमा कोही आउनुभयो भने, सिलगुढी र इस्टर्न इन्डियाकै (पूर्वी भारतकै) बिगेस्ट (सबैभन्दा ठुलो) रेस्टुरेन्ट मेरो छ— ‘गोट‘ (GOAT) भनेर। तपाईंहरू सबै जना आउनुहोस्। सिक्किममा मैले दुई-तीनवटा प्रिमियम होमस्टेहरू स्टार्ट (सुरु) गरेको छु। हस्पिटालिटीमा जुन लगानी छ, त्यो हामीले ‘ताज ग्रुप‘ (इन्डियाको बिगेस्ट चेन ताज होटेल ग्रुप) सँग मिलेर गरेका छौँ।
अहिले बागडुग्रा-नक्सलबारीमै, नेपाल बोर्डर (सिमाना) को छेउमै १५ एकड जमिन लिएर मैले एउटा फुटबल एकेडेमी बनाएको छु, प्लस त्यसलाई स्लोली (बिस्तारै) एउटा स्पोर्ट्स स्कुल (खेलकुद विद्यालय) मा रूपान्तरण गर्दै छौँ। स्कुल एजुकेसन (विद्यालय शिक्षा) प्लस स्पोर्ट्स लिएर विथइन वान अर टु इयर्समा (एक-दुई वर्षभित्र) हामीले इस्टर्न इन्डिया भनौँ या इन्डियाकै फर्स्ट काइन्ड अफ (पहिलो प्रकारको) स्पोर्ट्स स्कुल प्लान गरेर खोल्नेवाला छौँ।
प्रस्तोता: ओके। अब म भारतको पहिलाको फुटबल, अहिलेको फुटबल अनि नेपालको फुटबलको अलिकति विश्लेषण गर्न लगाउँछु। तपाईंको पालाको फुटबल भारतमा र अहिलेको फुटबलमा के फरक छ ?
भाइचुङ भुटिया: हाम्रो टाइमको (समयको) फुटबल र अहिलेको फुटबलमा, इन टर्म्स अफ (खेल र स्तरको हिसाबले) खेलाईमा मलाई लाग्छ कि धेरै फरक छैन। १९-२० को फरक होला, तर स्ट्यान्डर्ड (स्तर) अल्मोस्ट सेम (करिब उस्तै) छ। इन्फ्याक्ट (वास्तवमा), जुन प्रकारले हामीले एक्सपेक्ट (अपेक्षा) गरेका थियौँ— इन्डियन फुटबल अहिले जुन प्रोफेसनली (व्यावसायिक रूपमा) अघि बढेको छ, ‘सुपर लिग‘ (ISL) आएर ठुला-ठुला कर्पोरेट हाउसेजहरूले क्लबहरू लिएका छन् लास्ट टेन इयर्सदेखि (विगत १० वर्षदेखि)। कर्पोरेट हाउस र ठुला कम्पनीहरूले हरेक स्टेटमा टिम लिएर इन्भेस्टमेन्ट (लगानी) भित्र्याएका छन्। त्यो हेरेर हामीलाई एक्सपेक्टेसन (अपेक्षा) थियो कि इन्डियन फुटबल धेरै माथि जान्छ। तर इन्फ्याक्ट, हामी उकालो नगएर लास्ट टेन इयर्समा ओरालो लागेका छौँ।
र्याङ्किङको कुरा गर्दा, मैले खेल छोड्दा हामी टप-हन्ड्रेड (शीर्ष १००) मा थियौँ। अहिलेको र्याङ्किङ तपाईं लास्ट टेन इयर्समा हेर्नुहुन्छ भने— यति धेरै इन्भेस्टमेन्ट र रेभिन्यु (राजस्व) आउँदा, फुटबलको पपुलारिटी (लोकप्रियता) बढ्दा र टेलिभिजनमा आउँदा पनि इन्फ्याक्ट पर्फर्मेन्स डाउन भएर (प्रदर्शन खस्किएर) हामी १४० औँ स्थानमा पुगिसकेका छौँ। १०० देखि ४० प्लेस डाउन (४० स्थान तल) छौँ। किनभने, कहीँ न कहीँ लङ टर्म प्लानिङ (दीर्घकालीन योजना) र ग्रासरुट प्लानिङ (तल्लो तहको योजना) इन्डियाको सबैभन्दा ठुलो च्यालेन्ज (चुनौती) बनेको छ।
मलाई के लाग्छ भने— वी ह्याभ रङ पिपल एट द टप (माथिल्लो तहमा गलत मान्छेहरू छन्)। इन्डियामा फुटबलकै कुरा गर्दाखेरि, जुन मान्छेले गाडी बनाउन सक्छ, त्यो इन्जिनियरलाई काम नदिएर तपाईंले अर्को नसक्ने मान्छेलाई त्यो जब (जिम्मेवारी) दिनुभयो भने त्यहाँ कहिल्यै सफलता हुँदैन। त्यसले गर्दा मलाई लाग्छ, जो मान्छेले जे काम गर्न सक्छ— जस्ट फुटबलमा मात्र होइन धेरै वटा चिजमा— राइट मान्छेलाई राइट जग्गामा (सही मान्छेलाई सही ठाउँमा) हाल्नुपर्छ। इन्डियामा चाहिँ अलिकति राइट मान्छेलाई राइट जग्गामा नहाल्दा धेरै कुराहरू बिग्रिरहेको छ जस्तो मलाई लाग्छ।
फुटबलमा पनि धेरै गलत मान्छेहरू आएका छन्। त्यहाँ अझै पनि फुटबल फेडरेसनदेखि लिएर स्टेट (राज्य) मा पनि ३०-४० सालदेखि बसिरहेका मान्छेहरू छन्, जसमा न एउटा प्यासन (लगाव) छ, न आफ्नो स्टेटको लागि कुनै डेभलपमेन्ट (विकास) गरेका छन्। तर उनीहरू चौकी (कुर्सी) कहिल्यै छोड्न मान्दैनन्। त्यसले गर्दा चाहिँ धेरै प्रब्लम्स (समस्याहरू) भइरहेका छन्।
अहिले रिसेन्ट्ली (हालै) हामी धेरै जना मिलेर, म आफैँले पनि सुप्रिम कोर्टमा (सर्वोच्च अदालतमा) एउटा केस गरेँ। हाम्रो ‘प्लेयर्स एसोसिएसन‘ पनि छ, जुन मैले नै स्टार्ट गरेको थिएँ। धेरै इन्डिभिजुअलहरू (व्यक्तिहरू) ले अहिले सुप्रिम कोर्ट र गभर्मेन्ट (सरकार) सँग मिलेर केस लडेर, फेडरेसनको कन्स्टिट्युसन (संविधान/विधान) चेन्ज गरेर २५% एक्स-फुटबलर्स (पूर्व खेलाडी) हरूलाई भोटिङ राइट्स (मतदानको अधिकार) ल्याउन सफल भएका छौँ। होपफुली (आशा छ), अब यो नयाँ कन्स्टिट्युसन यो सालको एन्डमा (अन्त्यमा) लागु हुन्छ। सायद त्यो लागु भएर नयाँ इलेक्सन (निर्वाचन) भएपछि इन्डियन फुटबलमा चेन्ज (परिवर्तन) आउन सक्छ कि भन्ने आशा छ।
प्रस्तोता: भनेको ट्यालेन्ट (प्रतिभा) हरू त्यहाँ छन् ?
भाइचुङ भुटिया: ट्यालेन्ट धेरै छ, ट्यालेन्ट यति धेरै छ कि कुरै नगरौँ। तर ट्यालेन्ट मात्रैले पुग्दैन, ट्यालेन्टलाई ग्रुम (तिखार्ने), ट्रेनिङ (प्रशिक्षण), स्पोर्ट्स प्ल्याटफर्म सबै दिनुपर्छ। त्यो दिन सकियो भने इन्डियामा धेरै राम्रो हुन्छ।
प्रस्तोता: त्यहाँ पोलिटिक्स (राजनीति) कत्तिको हाबी हुन्छ सर ? नेपालमा तो राम्रै हाबी हुन्छ, यो विश्व फुटबलकै महासङ्घहरूमा पनि राम्रै हाबी हुन्छ, इन्डियामा कस्तो छ ?
भाइचुङ भुटिया: पोलिटिक्स चाहिँ त्यहीँ छ, जुन चाहिँ पोजिसन (पद) छ तपाईंको एसोसिएसनमा। हाम्रो इन्डियामा फेडरेसनमा जानका लागि हरेक स्टेट (राज्य) र युनियन टेरिटोरी (केन्द्रशासित प्रदेश) हरू छन्। हरेक स्टेटदेखि तपाईंको भोटिङ हुन्छ, उनीहरूले मात्रै भोट गर्न पाउँछन्।
खेलाडीहरू निस्किने त गाउँ-बस्तीदेखि हो, एउटा स्टेट जस्तै— सिक्किम होस् या मणिपुर। मणिपुरको पनि गाउँ-बस्तीदेखि खेलाडी निस्किन्छन्, सिक्किमको पनि गाउँ-बस्तीदेखि नै। म पनि एउटा बस्तीकै केटा हुँ, गाउँकै भनौँ न। अब त्यो गाउँ-बस्ती र स्टेटका जुन मान्छेहरू फुटबलको नेतृत्वमा बसेका छन्, उनीहरूले स्टेटमै फुटबल टुर्नामेन्ट गराउँदैनन्, ग्रासरुट प्रोग्रामहरू, ट्रेनिङहरू गराउँदैनन्, बच्चाहरूको बिचमा कम्पिटिसन (प्रतिस्पर्धा) राख्दैनन्। आफू कुर्सीमा बस्ने तर कुनै काम पनि नगर्ने, ट्रेनिङ पनि नगराउने, कम्पिटिसन पनि नराख्ने! कुन बस्तीमा, कुन जग्गा वा डिस्ट्रिक्टमा (जिल्लामा) ट्यालेन्ट भएको नानीहरू छन्, उनीहरूलाई अपर्चुनिटी (अवसर) पनि नदिने। जब त्यो चौकीमा बसेर काम नै गरिँदैन भने त्यो ठाउँको फुटबल त डेड (सत्यानास) नै हुन्छ नि! उनीहरूले पोजिसन मात्रै होल्ड (पद ओगट्ने) गरेका छन्।
पोजिसन मात्रै लिने, खाली मिटिङ हुँदा गयो। अन्त फिफा वर्ल्ड कप आउँदा चाहिँ टिकट पाएर अमेरिकामा गएर फुटबल वर्ल्ड कप हेर्न पायो, नेसनल टिम टुर (राष्ट्रिय टोलीको भ्रमण) गर्दाखेरि म्यानेजर भएर घुम्न पायो— त्यो मात्र इच्छा लिएर त भएन नि! त्यो अझै पनि धेरै ठुलो च्यालेन्ज छ, र हामी यसका विरुद्ध फाइट (सङ्घर्ष) गरिरहेका छौँ। चेन्जेज (परिवर्तन) आउँछ जस्तो मलाई लाग्छ।
प्रस्तोता: सर, मैले यहाँनिर तपाईंलाई रोकेर सोधेँ— क्रिकेटमा जति लगाव देखिन्छ इन्डियाको र त्यो एचिभमेन्ट (उपलब्धि) पनि छ नि, क्रिकेटमा जुन क्रेज छ, त्यो फुटबलमा किन छैन राज्यस्तरबाटै ?
भाइचुङ भुटिया: क्रिकेटमा एउटै कामले गर्दा सफलता छ— क्रिकेटमा धेरै पैसा छ। तपाईं क्रिकेटकै मान्छेहरूलाई लिएर फुटबल चलाउन दिनुस्, सफलता हासिल गर्न सकिँदैन। क्रिकेट इज जस्ट बिकज (क्रिकेट केवल यसकारणले मात्र हो कि)— क्रिकेट एउटा सानो, जम्मा आठ-दशवटा नेसन्सले (देशहरूले) मात्र खेल्छन् । हरेक वर्ल्डकपमा हेर्नुस्, म डिसरेस्पेक्ट (अपमान) या क्रिकेटलाई नराम्रो भन्न चाहेर होइन। तर हरेक सालमा केही न केही क्रिकेटको वर्ल्डकप भइरहेको छ। प्लस, जुनै मान्छेले क्रिकेट नहेरे पनि, ‘सेमिफाइनल खेल्ने चारवटा टिम कुन हुन् ?’ भन्दा— अस्ट्रेलिया, इन्डिया, इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड। यी चारवटा टिम त फेभरेट (दाबेदार) नै हुन्। यो चारवटाबाहेक सेमिफाइनल प्रायः अरूले खेल्दैन पनि। कहीँकतै एक-दुई जनाले अपसेट (अप्रत्याशित नतिजा) गरेर चाहिँ तीनवटामा एउटा नयाँ टिम आउला, तर ज्यादाजसो यही चारवटै टिम खेल्छन्।
अब तपाईं अस्ट्रेलियाकै हेर्नुस् न, अहिले जुन वर्ल्डकपमा त्यहाँ कति क्रेज छ त ? अस्ट्रेलियाले क्रिकेटको वर्ल्डकप ५-६ पटक जितिसकेको रहेछ। लास्ट वर्ल्डकप फाइनल जित्दाखेरि त एयरपोर्टमा रिसिभ (स्वागत) गर्ने जना पनि थिएनन् क्रिकेटमा अस्ट्रेलियामा। अबिभयस्ली (पक्कै पनि), इन्डिया, नेपाल, बङ्गलादेश, पाकिस्तानमा भने क्रेज अलग्गै छ। साउथ एसियामा क्रिकेटको धेरै फ्यान छ।
र, अहिले क्रिकेट पनि आई थिङ्क (मलाई लाग्छ) इन्डियाले गर्दा पनि धेरै चलिराखेको छ। बिकज (किनभने), कमर्सियल्ली (व्यावसायिक रूपमा) र फाइनान्सियल्ली (आर्थिक रूपमा) इन्डियन ‘बीसीसीआई‘ (BCCI) वन अफ द रिचेस्ट बोर्ड (सबैभन्दा धनी बोर्ड) हो। र मलाई लाग्छ कि, जुन दिन फुटबल या अरू स्पोर्ट्सहरूले पनि इन्डियामा जित्न थाल्छन्, आई थिङ्क इन्ट्रेस्ट (रुचि) धेरै बढ्छ अरू स्पोर्ट्समा पनि। तर यही प्रब्लम (समस्या) छ कि, इन्डियामा क्रिकेट छोडेर अरू स्पोर्ट्सले त्यो सफलता पाएको छैन। र, सफलता नपाउँदा कुनै पनि फ्यान्सहरू (समर्थकहरू) हारिरहेको टिमसँग जोडिन मान्दैनन्, जित्ने टिमसँगै जोडिन्छन्। र, क्रिकेटको एउटा एड्भान्टेज (फाइदा) छ— जित्दै छ।
प्लस, अब जस्तै फिफा वर्ल्डकपमै हेरिहाल्नुस्, क्वालिफाई (छनोट) हुनको लागि तपाईंको ५० भन्दा प्लस कन्ट्री छ एसियामा। यो वर्ल्डकपको अगाडि चारवटा टिमले मात्रै पाउँथ्यो एसियादेखि। अनि चारवटा टिममा तपाईंको अस्ट्रेलिया पनि एसियामा आएर खेल्दिन्छ। ऊ अस्ट्रेलिया जान्छ, जापान जान्छ, साउथ कोरिया जान्छ, कोही बेला इरान, साउदी… अब चाइना जस्तो कन्ट्री, जुन चाहिँ हाईएस्ट इन्भेस्टमेन्ट (उच्च लगानी) फुटबलमा छ, ग्रासरुटमा छ, उहाँहरू वर्ल्डकप खेलेको छैन। र, चारवटा टिम मात्रै हुनाले कम्पिटिसन साह्रो पनि छ फेरि। गल्फ कन्ट्रिज हेर्नुस्, हरेक गल्फ कन्ट्रिजमा फुटबल नम्बर वान स्पोर्ट हो। कारण उहाँहरूले जतिवटा ठुला क्लबहरू छन् वर्ल्डको (विश्वको)— म्यानचेस्टर सिटी, पीएसजीदेखि लिएर शेखहरूले सब किनिसकेका छन्।
प्रस्तोता: त्यसो भने त सर, हामीलाई के लागेको थियो भने ‘इन्डिया चाहिँ चाँडै विश्वकपमा जान्छ‘ भन्ने थियो। हामी सानो देश नेपाल, हाम्रो लागि अझै पनि एक्सपोजरहरू (अवसरहरू) जरुरी छ, अझै पनि ट्यालेन्टहरू निकाल्न बाँकी नै छ। तर इन्डियाको त्यो ह्युज इन्भेस्टमेन्ट (ठुलो लगानी) देख्दा पनि… र त्यो ठुलो देश…
भाइचुङ भुटिया: मलाई इन्फ्याक्ट (वास्तवमा) लाग्छ कि नेपाल इन्डियाभन्दा छिटो जान सकिन्छ। म तपाईंलाई एउटा डेटा (तथ्याङ्क) दिन चाहन्छु। अहिलेको डेटा हेर्नुभयो भने, हाई पपुलेसन (उच्च जनसङ्ख्या) भएका सबैभन्दा ज्यादा कन्ट्रिज १२ वटा कन्ट्री राख्नुभयो भने, त्यसमा सातदेखि आठवटा हाईएस्ट पपुलेसन भएको कन्ट्री वर्ल्डकप खेलेको छैन। चाइना, इन्डिया, इन्डोनेसिया, पाकिस्तान… त्यो डेटा नै रहेछ। र, जति कम पपुलेसन भएकाहरू छन्, सायद उहाँहरू खेल्दा रहेछन् वर्ल्डकप।
प्लस, नेपालमा आई थिङ्क कल्चर (संस्कृति) जुन छ फुटबलको, इन्डियादेखि धेरै ठुलो छ। बिकज (किनभने), एउटा कल्चरल इन्भाइरोन्मेन्ट (सांस्कृतिक वातावरण) छ भने धेरै इफेक्ट (प्रभाव) पार्छ फुटबलर्स निक्लिनुमा। तपाईं आजकै हेर्नुस्, उज्वेकिस्तान जस्तो कन्ट्री, जुन कल्चर यति ठुलो छ फुटबलको। कुरासाओ (Curaçao) यसपालि… जम्मा १ लाख ५० हजार जनता भएको जुन पपुलेसन भएको त्यो कन्ट्री, आज वर्ल्डकप (छनोट) खेलिरहेको छ।
र मलाई लाग्छ कि, आई थिङ्क इन्भाइरोन्मेन्ट (वातावरण), कल्चर एउटा स्पोर्ट्स र फुटबलको लागि छ भने चाहिँ धेरै काम गर्न सजिलो हुन्छ। नानीहरूलाई अबिभयस्ली (पक्कै पनि) भन्नैपर्दैन बिकज इन्भाइरोन्मेन्ट र कल्चरले गर्दा नै फुटबल खेलिहाल्छन्। र, इन्डियामा अझै पनि त्यो कल्चर ‘पकेट-पकेटमा‘ (केही निश्चित ठाउँमा) मात्र छ, तर ओभरअल (समग्रमा) गर्नका लागि अझै पनि धेरै च्यालेन्ज (चुनौती) छ है।
प्रस्तोता: अब यो ‘साफ‘ (SAFF) मा चाहिँ हामी यो दक्षिण एसियाका कन्ट्रीहरू खेलिरहने तर माथि निस्किन नसक्ने अवस्थाको अन्त्य कहिले गर्ने त ? अब भारतको मात्र कुरा भएन, तपाईं नेपाल, बङ्गलादेश, पाकिस्तानलाई पनि सल्लाह सुझाव दिन सक्नुहुन्छ।
भाइचुङ भुटिया: आई थिङ्क चेन्जेज (परिवर्तन) डेफिनेट्ली (पक्कै पनि) हुन्छ। मलाई लाग्छ कहीँ न कहीँ अब नेपाल, इन्डियाले पनि बङ्गलादेश मोडल या अहिले पाकिस्तानले जस्ट रिसेन्ट्ली (भर्खरै) सुरु गर्यो, श्रीलङ्काले सुरु गरेको छ अहिले— ‘पिपुल अफ इन्डियन ओरिजिन‘ (भारतीय मूलका व्यक्तिहरू) भनेर। इन्डियामा हामीले जति इन्डियन फुटबलर्सहरू, इन्डियामा नभएर बाहिर खेलिरहेका छन् र बाहिरको पासपोर्ट उनीहरूसँग छ, तर इन्डियन ओरिजिनहरूलाई सायद गभर्मेन्ट अफ इन्डियाले पनि ट्राइ गर्दै छ उहाँहरूलाई ल्याएर इन्डियाको लागि खेलाउन।
सायद नेपालले पनि त्यो गर्न मलाई जरुरी छ जस्तो लाग्छ। बिकज, सर्ट-टर्मको (अल्पकालीन) लागि ‘यस‘, नेपालको फुटबललाई पनि डेभलप गर्नुपर्छ, यहाँको ट्यालेन्टलाई पनि गर्नुपर्छ। बट एट द सेम टाइम (तर सोही समयमा), यदि कोही नेपाली खेलाडीहरू कहीँ इङ्ग्ल्यान्ड, रसिया या दुबई, यूएईमा राम्रो खेलाडी छन्, त्यहाँ खेल्दै छन् भने, लिएर आएर नेपालको लागि खेलाउनु आई थिङ्क ‘इट सुड नट बि अ प्रब्लम‘ (यो समस्या हुनुहुँदैन), खेल्न दिनुपर्छ।
बिकज (किनभने), सर्ट-टर्म डेभलपमेन्ट (अल्पकालीन विकास) र सर्ट-टर्म सक्सेस (अल्पकालीन सफलता) हुनाले गर्दा लङ-टर्म डेभलपमेन्ट (दीर्घकालीन विकास) गर्न सकिन्छ। र, यदि नेपाली फुटबल भोलिको दिनमा सक्सेस हुन थाल्यो भने, धेरै फ्यान्सहरू, गभर्मेन्टदेखि लिएर सपोर्ट, पब्लिकको सपोर्ट, योङ जेनेरेसन फुटबल खेल्नमा धेरै आउँछन्। त्यसले गर्दा सर्ट-टर्म सक्सेसको लागि चाहिँ मलाई लाग्छ ‘नेप्लिज ओरिजिन‘ फुटबलर्सहरूलाई पनि नेपाल टिमको लागि खेल्न चाहिँ दिनुपर्छ।
प्रस्तोता: दक्षिण एसियाले फुटबललाई साँच्चिकै ग्लोबल (विश्वव्यापी) बनाउनका लागि ‘साफ‘ ले आफ्नो संरचना र प्रतियोगिताको ढाँचामा केही परिवर्तन गर्नुपर्ने देखिन्छ ?
भाइचुङ भुटिया: एउटा सबैभन्दा इम्पोटेन्ट (महत्त्वपूर्ण) चाहिँ मलाई लाग्छ कि, साफ कन्ट्रिजमा (साफ देशहरूमा) एउटा युनिटी (एकता) लिएर मिलेर सबै काम गर्नुपर्छ। जस्तै— अहिले इन्डियामा ‘सुपर लिग‘ चलिरहेको छ, इन्डियन सुपर लिग। हामीले त्यो सुपर लिगमा किन भुटानको एउटा टिम, नेपालको एउटा टिम, बङ्गलादेशको एउटा टिम लिएर… त्यो सुपर लिगलाई किन ‘एज अ साफ कन्ट्री‘ कै बिचमा सुपर लिग एउटा क्लबकै रूपमा बनाउन किन नसक्ने ?
आई थिङ्क त्यो हुनैपर्छ। या त विथइन साफ कन्ट्रिजमै (साफ देशहरूबिचमै) हामीले अलिकति लामो प्रकारको लिग र कम्पिटिसन (प्रतिस्पर्धा) पनि गर्नैपर्छ। इन्फ्याक्ट, सिनियरको गरेन भने पनि हामीले जुनियर लेभलको एउटा लङ-टर्म टुर्नामेन्ट, लिग जस्तो गर्नुपर्छ विथइन साफ कन्ट्रिज। र, त्यो एउटा रिलेसन (सम्बन्ध) बिल्ड (निर्माण) गरेर। मलाई चाहिँ लाग्छ कहीँ न कहीँ यो इन्डियाको ‘इन्डियन सुपर लिग‘ मा माल्दिभ्स, बङ्गलादेश, नेपाल र भुटानको एउटा क्लब चाहिँ खेल्नुपर्छ जस्तो लाग्यो।
प्रस्तोता: योबाहेक चाहिँ नेपाल जस्तो देशले अरू के काम गर्न सक्छ ? अहिले नेपालको एन्फा निलम्बनमा परेको छ (फिफाले निलम्बन गरेको छ)। हेर्नुस् त हाम्रो यो अवस्था, हामी त साँच्चिकै अहिले पीडित भएर बसेको अवस्था छ।
भाइचुङ भुटिया: एन्फाले पनि अलिकति फ्लेक्सिबल (लचकदार) माइन्ड राखेर, पोजिटिभ (सकारात्मक) माइन्डसेट राखेर, प्लस गभर्मेन्ट, प्लस एक्स-फुटबलर्स (पूर्वखेलाडीहरू), प्लस क्लबहरू सबैसँग मिलेर जानुपर्छ। एकअर्कामा इगो (अहङ्कार) राखेर ‘मै नै हुनुपर्ने, मै नै चलाउनुपर्ने‘ त्यो सब त्यागेर।
‘यस‘, हामीले इन्डियामा जुन अहिले नयाँ कन्स्टिट्युसन (विधान)… अगाडि मैले भन्न बिर्सेँ, हामीले नयाँ कन्स्टिट्युसनमा प्रेसिडेन्टको (अध्यक्षको) टेन्योर (कार्यकाल) खाली टु इयर्स (दुई कार्यकाल) मात्रै राखेका छौँ। यदि तपाईंले दुई टर्म प्रेसिडेन्ट गर्नुभयो भने, त्यसको बादमा तपाईंले पाउनुहुन्न। अर्कोलाई अपर्चुनिटी (अवसर) दिनुपर्यो। कति जना चाहिँ एकै प्रेसिडेन्ट भयो भने, अब चिफ मिनिस्टर (मुख्यमन्त्री), मिनिस्टर (मन्त्री) र प्राइम मिनिस्टर (प्रधानमन्त्री) भयो भने चौकी (कुर्सी) नै छोड्न मान्दैनन्। र, कन्स्टिट्युसनमै हामीले दुई टर्म राखेका छौँ, तपाईं दुई टर्म प्रेसिडेन्ट हुनुभयो भने त्यसको बादमा चाहिँ तपाईं प्रेसिडेन्ट हुन पाउनुहुन्न, अर्कोले मौका पाउनुपर्छ।
त्यसले गर्दा चाहिँ अलिकति चौकीको लोभ हुँदैन र अलिकति स्पोर्ट्सलाई डेभलपमेन्ट हुने आशा गरिरहेको छु। बट मान्छे… ह्युमन नेचर (मानवीय स्वभाव) हो, कहीँ न कहीँ केही लुपहोल (छिद्र/कमजोरी) निकालेर फेरि चौकी त छोड्नै मान्दैनन्। बट आई होप इन्डियामा पनि चेन्ज हुन्छ। र, नेपालमा पनि आई थिङ्क गर्नैपर्छ। मलाई लाग्छ टु टर्म्सको (दुई कार्यकालको) हुनैपर्छ, सो द्याट (ताकि) अपर्चुनिटी अरूले पनि पाउनुपर्यो। र, तपाईंले राम्रो गर्दै हुनुहुन्छ भने, डेभलप गर्दै हुनुहुन्छ भने, वान टर्म तपाईंले ब्रेक लिएर फेरि नेक्स्ट टर्ममा (अर्को कार्यकालमा) तपाईं आउन सकिन्छ।
र, मलाई लाग्छ कि नेपालको लागि धेरै सजिलो छ। आई थिङ्क इन्भेस्टमेन्ट वाइज (लगानीको हिसाबले), तपाईंले ठुला स्टेडियमहरू बनाउनुपर्दैन। तपाईंले मेन थिङ (मुख्य कुरा) जस्ट ग्राउन्ड (मैदान) बनाउनुपर्छ। स्पेनको एक्जाम्पल (उदाहरण) लिनुस्, स्पेन टिकी-टाका फुटबलको अगाडि स्पेनको फुटबल खेल्न अलग्गै थियो। स्पेनले फुटसल… स-साना ग्राउन्ड हरेक जग्गामा अल्मोस्ट ५०० प्लस स-साना ग्राउन्ड्सहरू बनाएर छोडिदियो। र, त्यो ग्राउन्ड बनाएर छोडिदिँदा यति ज्यादा नानीहरू (बालबालिकाहरू) आएर खेल्न थाले र त्यो नानीहरू आएर खेलेर स्पेनको फाइभ इयर्स बादमा (५ वर्षपछि) फुटबलको जुन स्टाइल नै चेन्ज भयो, स्ट्यान्डर्ड नै चेन्ज भयो।
नेपालमा आई थिङ्क जस्ट ग्राउन्ड बनाएर छोड्दिनुस् हरेक गाउँ-गाउँमा, टाउनहरूमा (सहरहरूमा) जहाँ जग्गा पाउँछ— स्मल साइडेड, फाइभ साइड, सेभेन साइड, नाइन साइड (५, ७, ९ जना खेल्ने) ग्राउन्ड बनाएर छोड्दिनु हो। जस्ट द्याट ग्राउन्ड एक्सेस (पहुँच) नानीहरूलाई इजिली हुनुपर्यो। र, फुटबल एउटा खेल्ने वातावरण चाहिँ दिनुपर्यो। तपाईंले साउथ अमेरिकन (दक्षिण अमेरिकी) मोडलमा जानुपर्छ, नेपाल फुटबल। साउथ अमेरिका आज किन सबैभन्दा बेस्ट फुटबलरहरू निकाल्दै छ ? इन्फ्रास्ट्रक्चर (पूर्वाधार) हेर्नुस्, नेपाल जस्तै छ, इन्डिया जस्तै छ..
तपाईंले उपलब्ध गराउनुभएको वार्ताको यो अन्तिम खण्डलाई पनि अघिल्ला खण्डहरू जस्तै पढ्न सजिलो हुने गरी प्रश्नोत्तर (Q&A) ढाँचामा, मानक नेपाली व्याकरण र हिज्जे मिलाएर सम्पादन गरिएको छ। अङ्ग्रेजी शब्दहरूलाई नेपालीमै रूपान्तरण गरी आवश्यक ठाउँमा कोष्ठकभित्र अर्थ खुलाइएको छ।
यहाँ सम्पादित पाठ प्रस्तुत छ:
(भाइचुङ भुटियाको अघिल्लो भनाइको निरन्तरता…) भाइचुङ भुटिया: इन्डियाभन्दा पनि नराम्रो छ उरुग्वे, चिली, अर्जेन्टिना, ब्राजिल हेर्नुस्। सेम इन्फ्रास्ट्रक्चर (उस्तै पूर्वाधार) छ। तर उहाँहरूले के गर्नुहुन्छ ? जुन चाहिँ कल्चर (संस्कृति) क्रिएट (निर्माण) गर्नुभएको छ; जहाँ-जहाँ जग्गाहरू खाली छन्, त्यहाँ स-साना फाइभ-साइड, सेभेन-साइडका ग्राउन्ड बनाएर त्यत्तिकै छोडिदिनुहुन्छ। एउटा बल फ्याँकिदिनुहुन्छ, नानीहरू १०-१५ जना, १०० जना आएर खेल्छन्, दिनभरि खेलिबस्छन्। त्यहाँदेखि रोनाल्डो (ब्राजिलियन रोनाल्डो), रोनाल्डिन्हो, लुइज डियाज, सुआरेजहरू जस्ता प्लेयर्सहरू (खेलाडीहरू) प्रोड्युस (उत्पादन) गर्छ।
हामीले जति ग्राउन्ड बनाउन सक्छौँ, राम्रो अलिकति खेल्नेलायकको ग्राउन्ड र इक्विपमेन्ट (उपकरण), बलहरू हामीले दिन सक्यौँ र गाउँमै कतिवटा कमिटीले चाहिँ नानीहरूलाई अलिकति अर्गनाइज (व्यवस्थित) गरेर टुर्नामेन्ट गराउने, हप्तामा एउटा अर्को गाउँसँग, अर्को स्कुलसँग कम्पिटिसन गराउने गर्नुपर्छ। गाउँमा धेरै खेलाडीहरू हुन्छन्।
प्रस्तोता: नेपालमा अलि बढी समस्या छ त ?
भाइचुङ भुटिया: हजुर, त्यो खेलाडीहरूलाई पनि एउटा सिस्टममा लिएर कोचिङ गराउनुपर्छ। अब हामीले चाहिँ खेलाडीलाई मात्र होइन, सिकाउनेलाई पनि कोच गर्नुपर्छ। कोचेजको (प्रशिक्षकको) पनि कोचेज ट्रेनिङ हुन्छ। अब त्यो कोचलाई हामीले राम्ररी सिकायौँ भने त्यो कोचले गएर बच्चालाई राम्ररी सिकाउँछ। यहाँ कोचेजहरूलाई पनि धेरै सिकाउनु चाहिँ नेपालमा पर्छ, बिकज (किनभने) कोचेज ट्रेनिङ गर्दा चाहिँ कोचले जब ज्ञान पाएपछि नानीहरूलाई त्यो ज्ञान बाँड्छ। मलाई लाग्छ कि कोचेजको पनि राम्रो एउटा कोचिङ कोर्स गर्नैपर्छ। बाहिरदेखि एक जना राम्रो नाम भएको कोचहरू ल्याएर ट्रेनिङ गराउनुपर्छ।
बच्चालाई ट्रेनिङ गराउनु अर्कै हुन्छ, प्रोफेसनल प्लेयर्सलाई अर्कै हुन्छ। बच्चालाई खाली फुटबलमा मात्र होइन, उहाँको बिहेभियरलाई (व्यवहारलाई) कुन प्रकारले साइकोलोजिकल (मनोवैज्ञानिक रूपमा) ह्यान्डल गर्नुहुन्छ, कसरी इन्करेज (प्रोत्साहित) गर्नुहुन्छ भन्ने कुरा आउँछ। कतिवटा कोचेज कुनै ट्रेनिङ नभएकोले गर्दा राम्रो खेल्ने बच्चालाई पनि फुटबलसँग यति साह्रो नफरत (घृणा) गराइदिन्छन् कि भोलिदेखि प्राक्टिस गर्न बन्द गर्छन्। कोचकै डरले या ‘कोचले के यस्तो गर्छ, कुट्छ कि, पिट्छ कि, गाली गर्छ कि‘ भनेर ट्रेनिङमै फन (रमाइलो) हुँदैन। त्यो कोचलाई चाहिँ कुन प्रकारले बच्चाहरूलाई ह्यान्डल गर्ने भन्ने धेरै इम्पोटेन्ट (महत्त्वपूर्ण) हो। यो खाली अन द ग्राउन्ड (मैदानभित्र) होइन, अफ द ग्राउन्ड (मैदानबाहिर) पनि कसरी सिकाउने भन्ने ट्रेनिङहरू हुनुपर्छ। आई थिङ्क त्यो सिस्टममा गयो भने मलाई लाग्छ कि नेपालले सक्छ। बिकज, साउथ अमेरिकामा हेर्यो भने कुनै इन्फ्रास्ट्रक्चर त्यस्तो छैन।
प्रस्तोता: भनेको यो सुझाव त नेपालसहित अरू सार्क देशहरूलाई पनि काम लाग्ने सुझाव लाग्यो मलाई!
भाइचुङ भुटिया: सबै देशको लागि! त्यसले गर्दा सानो जग्गामा, सानो देशमा चाहिँ सजिलो पर्छ काम गर्न। हामीलाई ठुला स्टेडियमहरू चाहिएन। गाउँमा खाली इक्विपमेन्ट दिनुपर्यो। गाउँको कमिटीले नानीहरूलाई खेलाउनु, ट्रेनिङ दिनुपर्यो। एटलिस्ट (कम्तीमा) हप्तामा एकपटक अर्को गाउँसँग कम्पिटिसन (प्रतिस्पर्धा), एक्सपोजर (अवसर) हुनुपर्यो। साना-साना कप, एउटा लिग राख्दिनुपर्यो बच्चालाई।
तपाईं विश्वका सबैभन्दा ठुला फुटबलर्सको अटोबायोग्राफी (आत्मकथा) पढ्नुस्— पेलेदेखि लिएर लुइज सुआरेज, म्याराडोनासम्म। १२-१३ वर्षसम्म उहाँहरूको कुनै एउटा ट्रेनिङ एकेडेमीमा बेस (आधार) छैन। स्ट्रिट फुटबल (गल्लीको फुटबल) खेलेर, गाउँको फुटबल खेलेर उहाँहरू हुनुभएको हो। १२-१३ सालको बादमा (पछि) एउटा राम्रो क्लबले, ब्राजिलियन क्लब या अर्जेन्टिनी क्लब (जस्तै बोका जुनियर्स, सान्तोष) ले स्पट (पहिचान) गरेर लगेका हुन्। १३-१४ वर्षको बादमा ‘यस‘, उहाँहरूलाई एउटा राम्रो एकेडेमी चाहिन्छ सिस्टमेटिक खेल्नको लागि।
तर ५ वर्षदेखि हामीले १२ वर्षसम्म नानीहरूलाई गाउँमा स्ट्रिट फुटबल खेलाएर जुन नलेज (ज्ञान) आउँछ, आई थिङ्क कोही कोचेजले सिकाउन सक्दैन। जुन म्याराडोना, मेस्सीले १२ सालसम्म आफैँ खेलेर सिकेको हो, त्यो कुनै कोचले सिकाउन सक्दैन। यदि सिकाउन सकेको भए किन १० वटा मेस्सी प्रोड्युस (उत्पादन) गर्न सक्दैनन् ? आज युरोपियन क्लब्सहरू हेर्नुस्— म्यानचेस्टर युनाइटेड, सिटी, पीएसजी— पैसामाथि पैसाको चाङ छ, किन आज मेस्सी निकाल्न सक्दैनन् ? रोनाल्डिन्हो निकाल्न सक्दैनन् ? त्यो पैसाले मात्र गर्न सकिँदैन। त्यसो भए त हरेक वर्ल्डकप फ्रान्स र इङ्ग्ल्यान्डले जित्नुपर्ने, तर कहिल्यै जित्दैनन्।
प्लेयर्सलाई चाहिँ आई थिङ्क एउटा नेचुरल (प्राकृतिक) जो ट्यालेन्ट हुन्छ, त्यसलाई त्यो योङ एजमा (सानो उमेरमा) जति हामीले फ्री फुटबल खेल्न दिन्छौँ, जुन फुटबल इन्टेलिजेन्स (बौद्धिकता) १२ सालसम्म ग्यादर (जम्मा) हुन्छ, त्यो चाहिँ आई थिङ्क कसैले सिकाउन सक्दैन। त्यो चाहिँ स्ट्रिट फुटबल खेलेर नै, गाउँमा खेलेर नै डेभलप (विकास) हुन्छ नानीहरूमा।
प्रस्तोता: अब अर्को कुरा चाहिँ हाम्रो एन्फा, मैले जोडेको थिएँ तपाईंलाई, एन्फा सस्पेन्ड (निलम्बन) छ फिफाबाट। के गर्ने होला नेपालले ? हामी यस्तो अवस्थामा आएका छौँ।
भाइचुङ भुटिया: अहिले इन्डिया सिमिलर (उस्तै) स्टेजमा गएको थियो। इन्डियन फुटबल पनि फिफाले सस्पेन्ड गरेको थियो। र हाम्रो पनि सेम इस्यु (उस्तै समस्या) नै थियो नेपाल जस्तो, इलेक्सन (निर्वाचन) नहुनुले गर्दा। र टेम्पोररी (अस्थायी) एड-हक कमिटीले इलेक्सन गरेर हामीले गर्यौँ।
तर हामीले सस्पेन्सनको बादमा अहिले के गरेका छौँ भने, गभर्मेन्ट अफ इन्डिया, हामी प्लेयर्स भयौँ, धेरै वटा केसेस (मुद्दाहरू) हामीले सुप्रिम कोर्टमा पनि लग्यौँ र हामीले प्रेसर (दबाब) गर्यौँ कि जुन चाहिँ कन्स्टिट्युसन (विधान) छ इन्डियाको… इन्डियाको कन्स्टिट्युसन ४०-५० साल पुरानो छ। फुटबल कत्तिको चेन्ज (परिवर्तन) भइसकेको छ अहिले! त्यसले गर्दा हामीले एउटै फोकस गर्यौँ कि हाम्रो कन्स्टिट्युसन, जुन चाहिँ अहिले चलाइराखेको छ— ४०-५० साल पुरानो, त्यसलाई चेन्ज गर्नुपर्छ। बिकज, इलेक्सन तपाईंले कन्स्टिट्युसनको आधारमा मात्रै गर्न सक्नुहुन्छ र फिफाले पनि कन्स्टिट्युसनको आधारमा मात्रै रेकग्नाइज (मान्यता प्रदान) गर्छ। र, त्यो कन्स्टिट्युसन चाहिँ मेरो फेभरमा (पक्षमा) छ भने त म त चेन्जै गर्दिनँ, कारण मै बस्छु प्रेसिडेन्ट र म ४० सालसम्म बस्छु। त्यसले गर्दा त्यो कन्स्टिट्युसनलाई चेन्ज गर्नु पनि इम्पोटेन्ट हो, समयको साथमा चेन्ज हुनैपर्छ। र मलाई थाहा छैन नेपालको विधानको, त्यो संस्थाको विधानको कुरा।
प्रस्तोता: हजुर।
भाइचुङ भुटिया: नेपाल एन्फाको डेफिनेट्ली (पक्कै पनि) कन्स्टिट्युसन छ। बिना कन्स्टिट्युसन एफिलिएट (आबद्ध) हुन सकिँदैन। एन्फाको पनि कन्स्टिट्युसन छ, के छ, के छैन त्यो मलाई थाहा छैन। तर मलाई लाग्छ कि सबै मिलेर नयाँ कन्स्टिट्युसन एउटा बनाउनैपर्छ। र त्यसमा, जो खेल्ने खेलाडीहरू छन्, कति जना एक्स-फुटबलरहरू (पूर्वखेलाडीहरू) जसले फुटबलको लागि केही दिन चाहन्छन्, उहाँहरूलाई पनि हामीले इन्भल्भ (समावेश) गराउनैपर्छ।
जुन चाहिँ अहिले इन्डियामा हामीले २५% भोटिङ राइट्स एक्स-फुटबलर्सहरूलाई लिएर आएका छौँ। प्लस, क्लब्सहरूको पनि छ। त्यो कन्स्टिट्युसन अलिकति मोडिफाई (परिमार्जन) गरेर एन्फा पनि इगोमा (अहङ्कारमा) नबसेर, गभर्मेन्टसँग मिलेर, एक्स-फुटबलर्ससँग मिलेर, प्लस क्लब्सहरूसँग पनि बसेर… एभ्री स्टेकहोल्डर (हरेक सरोकारवाला) आएर बस्नुपर्यो।
प्रस्तोता: राइट।

भाइचुङ भुटिया: प्रब्लम हाम्रो इन्डिया र नेपालमा एउटै जस्तो लाग्छ— सबै एसोसिएसन (संस्था) को आफ्नो-आफ्नो इगो छ। सबै संस्था, सबै एसोसिएसनको आफ्नो-आफ्नो एउटा ग्रिड र लोभ पनि छ। अरे, तपाईं फुटबल चलाउँदै हुनुहुन्छ, यो त समाजको लागि हो नि त! जनता, फुटबल खेलाडी, देशको लागि हो। किन यो चाहिँ तपाईं ‘प्राइभेट कम्पनी बनाएर मै बस्नुपर्ने, मै प्रेसिडेन्ट हुनुपर्ने, मैले नै चलाउनुपर्ने‘ गर्नुहुन्छ ? आई थिङ्क, दुई टर्म गर्नुस्, टु टर्म्सको (दुई कार्यकालको) कन्स्टिट्युसन ल्याउनुस्। एउटा रोटेसन सिस्टम (पालैपालो प्रणाली) लिएर आउनुपर्यो, अर्कोलाई पनि चान्स दिनुपर्यो।
प्रस्तोता: यहाँ बसिरहन किन लोभ लाग्दो रहेछ सर ? यो पावर गेम हो अर (या) यो पैसा यसमा धेरै हुन्छ कि के हुन्छ ? पैसाभन्दा वर्ल्डमै यसमा अट्रयाक्सन बढी छ फेरि!
भाइचुङ भुटिया: पैसाभन्दा पनि अब अलिकति अपर्चुनिटी (अवसर)… जस्तै फिफा वर्ल्डकपहरू आउँछ, ‘यस‘! त्यो तपाईं दुई टर्ममा हुँदाखेरि दुइटा फिफा हेर्नुभयो भने त अर्कोलाई पनि त हेर्न दिनुस् न। अब आफू मात्रै १०-२० सालसम्म फिफा हेरिरहने पनि भएन। त्यसले गर्दा आई थिङ्क रोटेसन सिस्टम धेरै इम्पोटेन्ट जस्तो पनि लाग्छ। र त्यसमा सबै स्टेकहोल्डर्स लिएर बसेर मेन अब्जेक्टिभ (मुख्य उद्देश्य) नै उहाँहरूको ‘फुटबललाई हामी कसरी अगाडि लाने‘ भन्ने हुनुपर्छ।
प्रस्तोता: अब यसले हामीलाई कति ब्याक (पछाडि) गर्ने भयो यो सस्पेन्सनले ?
भाइचुङ भुटिया: यदि तपाईंहरू इगोमा त्यही प्रकारले बसेर जति लामो गइन्छ, त्यति तपाईंहरूको ब्याक नै हुन्छ। बिकज, त्यो गर्दाखेरि तपाईंको नेसनल टिम कुनै कम्पिटिसन (प्रतिस्पर्धा) गर्न पाउँदैन, क्लब लेभलमा कुनै कम्पिटिसन गर्न सकिँदैन। यहाँको लोकल लिगलाई पनि अलिकति ह्याम्पर (बाधा) गर्न सकिन्छ त्यो फिफा ब्यानले गर्दाखेरि। जतिसक्दो छिटो सब स्टेकहोल्डर्सहरू बसेर— गभर्मेन्ट, फेडरेसन, प्लेयर्स, कोचेस, क्लब्सहरू आएर बसेर एउटा सल्लाह लिएर मलाई लाग्छ अघि बढ्नुपर्छ। अब नयाँ कन्स्टिट्युसनमा, पुरानो कन्स्टिट्युसनमा नयाँ पोइन्टहरू एड (थप) गर्नुस्। अब यो होइन कि पुरानो कन्स्टिट्युसनलाई नै फ्याँकिदिनु, तर कन्स्टिट्युसन नै यही हो, चाहे देशको कन्स्टिट्युसन होस् या एसोसिएसनको, त्यसलाई एड र माइनस गर्न त सकिन्छ नि!
प्रस्तोता: हो, संशोधन गर्नुपर्यो समयअनुसार।
भाइचुङ भुटिया: संविधानमा सबै चिजलाई एड र माइनस समयको साथ गर्न सकिन्छ। र उहाँहरूको कन्स्टिट्युसनमा पनि कतिवटा एड गर्नु छ एड गर्यो, कतिवटा माइनस गर्नु छ माइनस गर्यो। र अल्टिमेट्ली (अन्ततः) नेपाल फुटबल कसरी अगाडि जाने, त्यो मेन सबैको मन र इन्टेन्सन (नियत) हुनुपर्यो। र त्यसलाई लिएर कन्स्टिट्युसनमा इम्प्लिमेन्ट (लागु) गरेर चाहिँ अगाडि जानुपर्नेछ।
प्रस्तोता: अब यो अवस्थाबाट निराश बनेका तपाईंका लगभग सबै नेपाली फ्यानहरू र फुटबल प्लेयर्सहरूलाई के म्यासेज (सन्देश) छ ?
भाइचुङ भुटिया: मेरो अबिभयस्ली (पक्कै पनि) नेपालसँग धेरै… खेल्ने टाइमदेखि लिएर नेपालसँग धेरै टुर्नामेन्ट, म्याचेजहरू पनि खेल्यौँ। साफमा हुनाले गर्दा धेरै साथीहरू पनि बनायौँ। र अबिभयस्ली, इन्डिया-नेपाल हामी जहिलेसुकै एउटै नै हेर्छौँ। जब खेल्दाखेरि यहाँ नेपाली प्लेयर्सहरू पनि अहिले कति जना आएर सिक्किममा हाम्रो लिगमा खेलिरहनुहुन्छ। मेरो आफ्नो ‘युनाइटेड सिक्किम‘ मै धेरै नेपाली प्लेयर्सहरू हुनुहुन्थ्यो, आएर खेल्नु पनि भयो।
र अबिभयस्ली, नेपालको फुटबल राम्रो हुनु हामी धेरै… म आफैँ पनि प्रार्थना गर्छु र राम्रो होस् भन्ने म आशा पनि गर्छु। अझै पनि आई थिङ्क मलाई लाग्छ कि जुन प्रकारको यहाँ इन्ट्रेस्ट (रुचि) र कल्चर छ नेपालमा फुटबलको लागि, त्यसलाई धेरै अगाडि लान चाहिँ सकिन्छ। आई एम होपफुल (म आशावादी छु), आई होप एभ्रिबडी कम्स टुगेदर (मलाई आशा छ सबै जना सँगै आउनुहुन्छ) एन्ड टेक्स फुटबल फरवार्ड (र फुटबललाई अघि बढाउनुहुन्छ)।
कहीँ न कहीँ फ्युचरमा आई थिङ्क साफमा पनि मैले अगाडि भनेको जस्तै मिलेर एटलिस्ट (कम्तीमा) एउटा लिग या आईएसएल (ISL) मा नेपालको एक-दुईवटा ठुला क्लबहरू ल्याएर खेलाउने गर्नैपर्छ। त्यो प्रकारले आई थिङ्क इफ वी क्यान सी द्याट (यदि हामीले त्यो देख्न सक्यौँ भने), नेपाल फुटबल, इन्डियन फुटबल डेभलप भएर साफ रिजनदेखि (क्षेत्रबाट) पनि अल्टिमेट्ली एउटा टिम चाहिँ गएर वर्ल्डकप खेलोस् न! किन हामी उज्वेकिस्तान, इरान, इराक मात्रै ? साफदेखि पनि एउटा जाँदा चाहे इन्डिया जाओस् न, चाहे नेपाल जाओस् न, बङ्गलादेश… एटलिस्ट हामी रेगुलरली खेल्ने साफबाट जान पायो भने हाम्रो साफ रिजनको लागि एउटा ठुलो बुस्ट (प्रोत्साहन) चाहिँ हुन्छ।
प्रस्तोता: सर, मेरो एउटा दिमागमा एकदम क्विक कोइसन (द्रुत प्रश्न) आयो के! जहिले पनि हाम्रो नेपालको टिम भारतसँग खेल्दा राम्रो खेलिरहेको हुन्छ, ‘जित्यो नै‘ भन्ने जस्तो लाग्छ, तर अन्तिममा हार्छ। यो साइकोलोजिकल (मनोवैज्ञानिक) पनि हुन्छ हैन ?
भाइचुङ भुटिया: ‘यस‘, धेरै कोही बेला साइकोलोजिकल पनि… हजुर। कोही बेला साइकोलोजिकल पनि धेरै इफेक्ट (प्रभाव) चाहिँ हुन्छ नै हो। बट अहिले आई थिङ्क अहिलेको फुटबलमा हेर्दा मलाई चाहिँ लाग्छ कि त्यति फरक चाहिँ छैन। बिकज आई थिङ्क कम्पिटिसन हाई नै छ। आई थिङ्क स्ट्राटेजी (रणनीति), ट्याक्टिकल्ली अलिकति प्लानिङ राम्रो गर्यो भने ‘यस‘ आई थिङ्क रिजल्टहरू पाउन सक्छ।
बट नेपाल फुटबलको पनि एउटा कन्सिस्टेन्सी (निरन्तरता) चाहिँ हुनुपर्छ। पर्फर्मेन्स कोही बेला राम्रो, कोही बेला फेरि फुटबल नै नखेल्ने जस्तो भइदियो भने पनि भएन। सो आई थिङ्क, एउटा कन्सिस्टेन्सी चाहिँ राख्नैपर्छ फुटबलको लेभलमा।
प्रस्तोता: ठुला देशहरूसँग खेल्दाखेरि तपाईं के सुझाव दिनुहुन्छ सानो देशको टिमलाई ?
भाइचुङ भुटिया: आई थिङ्क मेन त तपाईंको प्लेयर्स पहिला प्रोड्युस (उत्पादन) गर्नुपर्यो नेपालमै, जुन चाहिँ मलाई लाग्छ गर्न सकिन्छ। त्यहाँदेखि त्यो प्लेयर्सलाई एउटा राम्रो टिम बनाएर, ट्याक्टिकल्ली कोचेज राम्रो पाउनुभयो भने, र त्यसलाई एक्सपोजर (अनुभवको अवसर) अझै राम्रो दिएर… बिकज अहिले त तपाईंको नेपाली प्लेयर्सहरू पनि इन्डिया गएर खेलिरहेका छन्। त्यसले गर्दा एक्सपिरियन्स, एउटा मेन्टल सेटअप (मानसिकता) त मलाई लाग्दैन कि ठुलो समस्या हो।
प्लस, एट द सेम टाइम नेपाली प्लेयर्सहरूलाई पनि बिलिभ (विश्वास) चाहिँ हुनुपर्यो कि ‘हामीले इन्डियालाई पनि हराउन सक्छौँ‘। अब म्याचको अगाडि नै ‘तपाईंको आईएसएलको यो खेल्ने छ, यो सुनिल छ, त्यहाँ गुरप्रित सिंह छ, हामी जित्दैनौँ‘ भन्ने त्यो माइन्डसेट लियो भने त हुँदै हुँदैन। आई थिङ्क यो वर्ल्डकपले देखाएको छ कि सानो टिम भएर पनि रिजल्ट पाउँछ।
प्रस्तोता: नेपालको हकमा सधैँभरि त्यस्तो त छैन, तर मोस्ट अफ द टाइम (धेरैजसो समय) चाहिँ त्यो देखिन्छ के, ‘जित्यो-जित्यो‘ भन्ने बेलामा ब्रेक हुन्छ।
भाइचुङ भुटिया: अब अहिले आई थिङ्क बङ्गलादेशले देखाएको छ कि हामी इन्डिया जस्तो ठुलो नेसनलाई (राष्ट्रलाई) पनि बिट (पराजित) गर्न सक्छौँ भनेर। र माल्दिभ्सले पहिला पनि देखाएको हो। आई थिङ्क जस्ट प्लेयरको एउटा पोजिटिभ बिलिभ (सकारात्मक विश्वास) चाहिँ हुनुपर्यो टिमसँग जाँदा कि ‘ठिक छ हामी जित्न सक्छौँ‘।
प्रस्तोता: ठिक छ भाइचुङजी, तपाईंको एकदमै बिजी सेड्युलबाट (व्यस्त तालिकाबाट) मैले यो एक घण्टाको समय पाएको छु। अब म करिब-करिब अन्त्यतिर आएँ, सकाउँछु कुराकानीलाई। अहिले पछिल्ला नेपाली फुटबल प्लेयरहरू चिन्नुहुन्छ कसैलाई ? अहिलेको करेन्ट (वर्तमान) ?
भाइचुङ भुटिया: हजुर, पर्सनल्ली (व्यक्तिगत रूपमा) म त्यति ज्यादा चिन्दिनँ, कारण नेपाल टिमको मैले त्यति ज्यादा म्याच पनि हेर्न पाएको छैन। इन्फ्याक्ट, इन्डियामा पनि म आफ्नै धेरै वटा कामले गर्दा इन्डियन फुटबल पनि धेरै कम हेर्न पाइन्छ। पर्सनल्ली चाहिँ म प्लेयर्सहरूको त्यति हेरेको चाहिँ छैन। तर नामहरू… अहिले यहाँ हामी हिमालय स्पोर्ट्समै अन्जन भाइ, मनिष भाइहरूसँग काम गरिराखेका छौँ, उहाँहरूसँग भेट भयो।
प्रस्तोता: ओके ठिक छ, सबैलाई सधैँभरि चिन्नुपर्छ भन्ने त छैन। तर कत्तिको नजिकबाट हेर्नुभएको छ भनेर। म लास्ट राउन्डमा, र्यापिड राउन्डमा (द्रुत प्रश्नोत्तरमा) आएँ। थोरै केही रमाइलो पनि होस् कुराकानी भनेर, तपाईंले वान वर्डमै (एक शब्दमै) यसको आन्सर पनि दिन सक्नुहुन्छ। तपाईंलाई चुज (छनोट) गर्नुपर्यो भने— मेस्सी कि रोनाल्डो ?
भाइचुङ भुटिया: म ब्राजिलियन रोनाल्डो! (हाँस्दै)
प्रस्तोता: ठुलो रोनाल्डो! हैन त्यसरी चिन्नुपर्यो, यो आधा कपाल काटेर मात्रै आउने! यो मेस्सी र क्रिस्टियानो रोनाल्डोमा चाहिँ चुज गर्न सक्नुहुन्न ?
भाइचुङ भुटिया: मलाई लाग्छ कि दुई जना डेफिनेट्ली धेरै राम्रा प्लेयर हुन्। बट हाम्रो जेनेरेसन जसले ब्राजिलियन रोनाल्डो अगर (यदि) हेर्नुभएको थियो भने… म हेर्छु मेस्सीको स्किल र (क्रिस्टियानो) रोनाल्डोको स्पिड दुइटै ब्राजिलियन रोनाल्डोमा थियो। र मलाई चाहिँ लाग्छ आई थिङ्क अहिले त्यो रोनाल्डो पनि उहाँ दुई जनासँग खेल्नुभएको भए चाहिँ आई थिङ्क ब्राजिलियन रोनाल्डोले डोमिनेट (राज) गर्थ्यो।
प्रस्तोता: ओके, तर यो दुई जनामा मैले अझै चुज गराउन खोजेँ तपाईंलाई…
भाइचुङ भुटिया: अहँ छैन। त्यस्तो नगरौँ। छैन! (हाँस्दै)
प्रस्तोता: ओके। अहिलेको टिममा, यो वर्ल्डकपमा सबैभन्दा मनपर्ने प्लेयर (खेलाडी) चाहिँ ? त्यसरी त भन्न सकिएला।
भाइचुङ भुटिया: फेभरेट प्लेयर— मेस्सी।
प्रस्तोता: मेस्सी! ओके। सबैभन्दा कठिन डिफेन्डर ?
भाइचुङ भुटिया: मसँग खेल्दाखेरि, एउटा त म त जुनियर थिएँ तर नेपालदेखि हाम्रो लम्बु दाइ, राजेश दाइ हुनुहुन्थ्यो। हेर्दै ६ फुटे, यस्तो कपाल पनि बाँधिहालेको हुन्थ्यो। म भर्खर डेब्यु गर्दै थिएँ इन्डियाको लागि, उहाँहरू सिनियर हुनुहुन्थ्यो। उहाँहरूको फुटबल हेरेर म ठुलो भएको थिएँ। हेर्दै ६ फुटे, कपाल बाँध्दाखेरि हेर्दै त्यो ‘लास्ट अफ द मोहिकन्स‘ जस्तो मुभीको रेड इन्डियन जस्तो डरलाग्दो ६ फुटे कपाल बाँधेको डिफेन्डर हुनुहुन्थ्यो। उहाँ राम्रो हुनुहुन्थ्यो।
प्रस्तोता: अहिले पनि तपाईंलाई उहाँ नै सबैभन्दा राम्रो लाग्छ, सिनियर पनि हुनुहुन्थ्यो।
भाइचुङ भुटिया: अझै पनि मेरो धेरै राम्रो सम्पर्क छ उहाँसँग।
प्रस्तोता: ओके। दाइ, सबैभन्दा यादगार गोल ? सम्झनालायक गोल, यो वर्ल्डकपमै पनि या यो फुटबलको तपाईंको यो जर्नीमै (यात्रामा) ?
भाइचुङ भुटिया: आई थिङ्क मेरो लाइफमा यो गोलले धेरै चेन्ज (परिवर्तन) गरेको छ मेरो जीवन फुटबलको लागि— आई थिङ्क डिएगो म्याराडोनाको ८६ वर्ल्डकपमा अगेन्स्ट इङ्ग्ल्यान्ड (इङ्ग्ल्यान्डविरुद्ध) जो अहिलेसम्म पनि विश्वको बेस्ट गोल नै मानिन्छ। र त्यो गोल हामी सानो हुँदा, १०-११ वर्षको नानी हुँदा फुटबल खेल्न थाल्दाखेरि त्यो गोल देख्दा चाहिँ… त्यो गोलले जहिलेसुकै ग्राउन्डमा जाँदा ‘हामी पनि त्यस्तै गोल गर्नुपर्छ‘ भन्ने हुन्थ्यो। त्यो गोलले चाहिँ धेरै इन्स्पायर (प्रेरित) गरेको छ।
प्रस्तोता: ओके, मनपर्ने म्याराडोनाको गोल! मनपर्ने स्टेडियम (रङ्गशाला) ?
भाइचुङ भुटिया: साल्ट लेक स्टेडियम, क्याल्कटा (कोलकत्ता)।
प्रस्तोता: मनपर्ने कोच (प्रशिक्षक) ?
भाइचुङ भुटिया: बब हाउटन, मेरो लास्ट नेसनल टिम कोच।
प्रस्तोता: सबैभन्दा भावुक खेल, स्तब्ध बनाएको खेल तपाईंको ?
भाइचुङ भुटिया: आई थिङ्क एएफसी च्यालेन्जर्स कप, जो फाइनल हामीले जितेर २४ सालको बादमा (पछि) त्यो म्याच जितेर चाहिँ हामी एसिया कप क्वालिफाई भयौँ।
प्रस्तोता: तपाईं खेलेका खेलमध्ये त्यो धित नमरेको, नअघाएको या पूरा नभएको प्यासन, त्यो कुन खेल होला ? ‘अहिले पाएँ भने फेरि खेल्थेँ‘ जस्तो लाग्ने ?
भाइचुङ भुटिया: एसिया कप मलाई लाग्छ। कारण, एसिया कप यत्रो मुस्किलले २४ साल बादमा मेरो क्याप्टेन्सीमा क्वालिफाई भयो र खेल्ने बेला चाहिँ म कम्प्लिट्ली इन्जर्ड (चोटग्रस्त) भएर बसेँ। लास्ट म्याच कोरिया (साउथ कोरिया) सँग मात्रै मैले ३० मिनेट खेल्न पाएँ। त्यो चाहिँ फेरि खेल्न पायो भने त्यो एसिया कप म खेल्न चाहन्छु।
प्रस्तोता: ओके। एउटा शब्दमा नेपाली फुटबल, अथवा एक वाक्य (वान सेन्टेन्स) ?
भाइचुङ भुटिया: आई थिङ्क पोटेन्सियल (सम्भावना) धेरै छ। ह्युज पोटेन्सियल (विशाल सम्भावना) भनौँ। पोटेन्सियल।
प्रस्तोता: ओके, इन्डियन फुटबल ?
भाइचुङ भुटिया: इन्डियन फुटबल, अगेन सेम— ह्युज पोटेन्सियल। बट ‘अनयुज्ड पोटेन्सियल‘ (प्रयोग नभएको सम्भावना) नै भनौँ। इन्डियन फुटबलको पोटेन्सियल धेरै छ, तर त्यो पोटेन्सियललाई हामीले सफलतामा बदल्न सकेका छैनौँ।
प्रस्तोता: अन्तिममा, झिरझिर भएको, क्लियर नभएको, ‘कता कता हुन्छ कि क्या हो‘ भने जस्तो… यो वर्ल्डकप कसले लग्ला त ? ल यसैबाट सकाऔँ।
भाइचुङ भुटिया: धेरै टफ (कठिन) छ। तर मलाई लाग्छ कहीँ न कहीँ यसपालि फ्रान्स नभए इङ्ग्ल्यान्डले जित्छ जस्तो लाग्छ।
प्रस्तोता: हस् थ्याङ्क्यु (धन्यवाद) सर! यो अमूल्य समयको लागि धेरै-धेरै धन्यवाद!
प्रतिक्रिया 4