+
+
Shares

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

पार्किङमा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको हो ।

सुरेश राय सुरेश राय
२०८३ साउन ७ गते ७:३३

७ साउन, सिरहा । सिरहाको लहान नगरपालिका-३ नयाँ बस्ती टोलमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा एक पिकअप गाडीसहित तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ प्रहरीले फेला पारेको हो।

बरामद गाँजाको तौल प्लास्टिकसहित ६६३ केजी र प्लास्टिक हटाउँदा ६५२ केजी रहेको प्रहरीले जनाएको छ। साथै करिब ९,९२० केजी नास्पाती समेत नियन्त्रणमा लिइएको छ।

घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका-३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान-३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा ठूलो परिमाणमा लागुऔषध बरामद भएको हो।

पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको तथा गाँजाको स्रोत, गन्तव्य र यसमा संलग्न अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धानलाई थप विस्तार गरिएको उनले जानकारी दिए।

प्रहरीले बरामद भएको पिकअप, गाँजा जस्तो देखिने पदार्थ र अन्य सामग्री नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?