News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको मध्यस्थतामा गाजा शान्ति योजना लागू गर्ने विषयमा कायरोमा मध्यस्थकर्ता र हमासका नेताहरूबीच कुराकानी भएको छ।
- हमासले हतियार छाड्न राजी भएको घोषणापछि वार्ताकारहरूबीच सम्झौतामा हस्ताक्षर भएको समाचार रोयटर्स र टाइम्स अफ इजरायलले जनाएका छन्।
- इजरायली अधिकारीले उक्त निरस्त्रीकरणको प्रस्ताव आफ्नो मागअनुसार नरहेको र सम्झौताका शर्तहरू सन्तोषजनक नभएको बताएका छन्।
१४ साउन, काठमाडौं । अमेरिकाको मध्यस्थतामा बनेको गाजा शान्ति योजना लागू गर्ने विषयमा कायरोमा मध्यस्थकर्ताहरू र हमासका नेताहरूबिच कुराकानी भएको समाचार एजेन्सी रोयटर्सले अज्ञात स्रोतलाई उद्धृत गर्दै छापेको छ।
लामो समयपछि केही प्रगति भएको उनीहरूले बताएका छन्। तर यसका लागि राखिएका शर्तहरू सन्तोषजनक नरहेको एक इजरायली अधिकारीले बताएका छन्।
हमास हतियार छाड्न राजी भएको घोषणा ट्रम्पले गरेपछि हमासका वार्ताकारहरू, बोर्ड र मध्यस्थ देशका प्रतिनिधिहरूबिच सम्झौतामा हस्ताक्षर भएको जानकारी ‘द टाइम्स अफ इजरायल’ले अज्ञात स्रोतलाई उद्धृत गर्दै दिएको छ।
निरस्त्रीकरणको प्रस्ताव इजरायलको मागअनुसार नभएको बयान ‘इजरायली अफिस’ले जारी गरेको समाचारमा जनाइएको छ।
हमाससँग छलफलमा रहेको यस सम्झौताको विपक्षमा इजरायल रहेको खबर यसअघि इजरायली मिडियाहरूमा आएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4