+
+
Shares

कांग्रेसद्वारा ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ गठन

केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रयासहरूलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १६:३४

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको छ ।

चार दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रयासहरूलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो ।

शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका बैठकका निर्णयअनुसार प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक एवं लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरूको सम्मान, सुरक्षा, न्याय र समानताको अधिकार सुनिश्चित गर्न पार्टीले अवलम्बन गर्नुपर्ने नीति, दृष्टिकोण र जडानका सम्बन्धमा सुझाव दिने बताइएको छ ।

प्रतिष्ठानले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषयमा अध्ययन, अनुसन्धान गरी तथ्य र प्रमाणमा आधारित नीति प्रस्ताव तथा नीतिगत पैरवीका लागि आवश्यक सामग्री र साधनहरू (पोलिसी एडभोकेसी टुल्स) तयार गर्ने पनि निर्णयमा उल्लेख छ ।

पार्टीको आन्तरिक संरचना, नीति, निर्णय प्रक्रिया र सांगठनिक अभ्यासलाई थप लैङ्गिकमैत्री, अपाङ्गतामैत्री, समावेशी र समानतामूलक बनाउन निरन्तर पैरवी गर्ने र पार्टीभित्र हुने लैङ्गिक हिंसा, उत्पीडन तथा नीतिगत र व्यवहारगत विभेदसम्बन्धी गुनासोको संवेदनशील एवं गोपनीय सुनुवाइ गर्ने, अध्ययन गर्ने र आवश्यक सुधार तथा कारबाहीका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने पनि प्रतिष्ठानको जिम्मेवारी रहने छ ।

कांग्रेसले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई केवल औपचारिक कार्यक्रम र नारामा सीमित नराखी देशका सबै वडामा जनचेतान अभिवेद्धि, हिंसा रोकथाम, पीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक पहल र पैरवी गर्न पार्टीका सबै तहका संरचना, भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूलाई निर्देशन दिएको पनि निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?