१२ मंसिर, सिरहा । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार नेपाल प्रेस युनियन सिरहा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा साहले आगामी स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
करिब ३० वर्षदेखि नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय साह नेविसंघ सिरहाका पूर्वजिल्ला अध्यक्षसमेत हुन् । उनी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए ।
पत्रकार सम्मेलनमा साहले पार्टीभित्र इच्छुक नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्न पाउनु विधानसम्मत अधिकार भएको बताए । पार्टीले अन्तिममा जसलाई उम्मेदवार बनाए पनि सबै नेता–कार्यकर्ता एकजुट भएर जिताउन लाग्नुपर्ने उनको भनाइ थियो ।
लहानमा पहिलोपटक कांग्रेसको नेतृत्वमा मेयर निर्वाचित भएपछि विकास निर्माणका काम अघि बढेको उल्लेख गर्दै साहले आगामी दिनमा पनि नगरको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने धारणा राखे । कांग्रेसको नेतृत्वमा नगरको विकासले थप गति लिने उनको विश्वास छ ।
प्रतिक्रिया 4