+
+
Shares

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते

पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते २१:३३

११ मंसिर, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडा निवासी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४का २१ वर्षीय नवीन बोहरासहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा जगन्नाथ गाउँपालिका–३ की ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन् । घाइतेमध्ये संगीता शाही र रामशरा देवी सिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालक बोहरा र अन्य दुई घाइतेको अवस्था मध्यम छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जुड्डी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली राति ९ बजे घटनास्थल पुगेको थियो ।

घाइतेहरूलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?