३१ भदौ, काठमाडौं । ओखलढंगामा ढुंगा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका –९ राघवपुरमा ढुङ्गा लोड गरेर मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु ४ त १६७२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टरमा सवार मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र सोही ठाउँका ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार सोही ठाउँका २९ वर्षीय तुलसी थापा मगर, २८ वर्षीय भीमबहादुर सार्की र ट्याक्टर चालक २५ वर्षीय मिलन राई भने सकुशल छन् ।
दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ओखलढुंगा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4