+
+
Shares

रवि–बालेन पाँच घण्टा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १९:०४

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् ।

सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बुढानीलकण्ठ गएका थिए । सभापति लामिछानेका स्वकीय अविनास आचार्यका अनुसार, सौहार्द रूपमा पाँच घण्टा छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कार्य लगायतमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी गराएका थिए । भेटमा संसद बैठक आव्हान, विधेयक, अध्यादेश लगायतमा पनि छलफल भएको थियो ।

मन्त्री, मन्त्रालय र सरकारका काम कारबाहीबारे कुरा भएको स्वकीय सचिव आचार्यले जानकारी गराए ।

पार्टीले सुरु गर्न लागेको प्रशिक्षण लगायतका विषयमा पनि भेटमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?