+
+
Shares

होर्मुज जलमार्ग इरानको पूर्ण नियन्त्रणमा आएको दाबी

उनले यस जलमार्गबाट शान्तिपूर्ण र सुरक्षित आवागमन इरानको वैध सार्वभौम अधिकारको सम्मानमा मात्र निर्भर रहने पनि बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १७:१२

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाका कमान्डर अली ओजमाईले होर्मुज जलमार्ग इरानको पूर्ण नियन्त्रणमा आएको दाबी गरेका छन् ।

तस्निम समाचार एजेन्सीका अनुसार ओजमाईले खाडी क्षेत्रमा रहेको एक टापुस्थित सैन्य परिचालन इकाइको भ्रमणका क्रममा यस्तो बताएका हुन् ।

‘हामीले यो जलमार्गलाई नियन्त्रणमा मात्र राखेका छैनौँ, होर्मुज स्ट्रेटको केन्द्रसम्मै शक्तिको सन्तुलन बदल्न सक्ने क्षमता पनि निर्माण गरेका छौँ,’ उनले भने ।

उनले यस जलमार्गबाट शान्तिपूर्ण र सुरक्षित आवागमन इरानको वैध सार्वभौम अधिकारको सम्मानमा मात्र निर्भर रहने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?