ओमान र इरानका विदेशमन्त्रीबीच होर्मुज जलडमरु हुँदै निर्बाध जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा टेलिफोन वार्ता भएको छ।
ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार दुवै देशका विदेशमन्त्रीले पछिल्ला कूटनीतिक सम्पर्क र छलफलको समीक्षा गरेका थिए। होर्मुज जलडमरुमा निर्बाध जलयात्रा पुनः सञ्चालन गर्न व्यावहारिक, राजनीतिक तथा प्राविधिक समझदारी कायम गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो।
ओमानले तनाव कम गर्ने प्रयासबाट अघि बढेर दीर्घकालीन सहमतिमा पुग्नुपर्नेमा जोड दिएको छ। समुद्री सुरक्षा सुनिश्चित गर्न व्यावहारिक व्यवस्था र संयुक्त प्राविधिक संयन्त्र निर्माण गर्नुपर्ने उसको भनाइ छ।
यसले अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा आपूर्तिको प्रवाहलाई निरन्तरता दिन, युद्धको अवस्था अन्त्य गर्न र क्षेत्रमा पुनः द्वन्द्व चर्किन नदिन सहयोग पुग्ने ओमानको विश्वास छ।
प्रतिक्रिया 4