यमनको आधिकारिकताप्राप्त सरकार(राष्ट्रपतीय नेतृत्व परिषद्) ले हुथी विद्रोहीविरुद्ध एक महिनाको अवधिमा ४० हजारभन्दा बढी सैन्य कारबाही गरिएको जनाएको छ ।
परिषद्का अनुसार अक्टोबर ५ मा ‘डन अफ यमन’ सैन्य अभियान सुरु भएयता सरकारी सेनाले हुथी विद्रोहीका विभिन्न मोर्चा र अखडालाई लक्षित गरी ४० हजार ७६१ वटा सैन्य कारबाही गरेको छ ।
परिषद्ले अभियानको पहिलो महिनामा करिब २० हजार हुथी लडाकु तथा कमान्डर मारिएको, घाइते भएको वा अन्य रूपमा युद्धमा सहभागी हुन नसक्ने अवस्थामा पुगेको दाबी गरेको छ ।
यद्यपि, यस विषयमा हुथी विद्रोहीका तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
प्रतिक्रिया 4