१२ मंसिर, चितवन । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिटको लागत इस्टिमेट तयार गरेर पठाउन निर्देशन दिएका छन् ।
रामपुरमा निर्माणाधीन रंगशालाको निरीक्षणपछि मन्त्री लम्सालले तीन महिनाभित्र लागत इस्टिमेट तयार गरेर मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् । त्यसका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्ने बताए ।
मन्त्री लम्सालले उनले आगामी सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) चितवनका गर्न सक्नेगरी तयारी अगाडि बढाउनुपर्ने बताए । रंगशालाको प्यारापिट, मैदान र दुईवटा भीआइपी टावर बनाउने काम जारी छ ।
रङ्गशालाको पहिलो चरणको कामका लागि भरतपुर महानगरपालिकाले २०८१ साल असार २४ गते हिमालयन जेभीलाई ठेक्का दिएको थियो ।
३० महिनाको समय दिएर भएको ठेक्का सम्झौताको मिति यही पुस २७ गते सकिँदै छ । काम जम्मा ६८ प्रतिशत मात्रै भएको छ । ठेकेदारले म्याद थप माग्ने तयारी गरेको छ ।
सुरुमा ७८ करोड ५० लाख ९१ हजारमा ठेक्का लिएको कम्पनीले भेरिएशन गराएर लागत रकम ८६ करोड २४ लाख ८४ हजार पुगेको छ ।
विसं २०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भई प्रारम्भिक काम २०७६ मङ्सिरदेखि सुरु भएको थियो ।
फाउन्डेसनले आर्थिक स्रोत जुटाउन नसकेपछि २०७८ सालबाट निर्माण रोकिएको थियो । फाउनडेशनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेपछि टेण्डर मार्फत काम अगाडि बढेको हो ।
प्रतिक्रिया 4