११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान भएको छ ।
यही मंसिर १५ गते बस्ने गरी समितिको बैठक आह्वान भएको हो ।
बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, कारागार व्यवस्थापनको विषयमा छलफल गर्ने भनिएको छ ।
यसअघि राज्य व्यवस्था समितिको अघिल्लो बैठक असोज ८ गते बसेको थियो । त्यसपछि दुई महिना समितिको बैठक बसेको थिएन ।
दुई महिनापछि समितिको बैठक राखेर शान्ति सुरक्षा र अपराध नियन्त्रण, कारागार व्यवस्थापनको विषयमा छलफल गर्न लागेको हो ।
यो समितिको बैठक राख्नका लागि यसअघि विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले लिखित र मौखिक रुपमा माग समेत गरेका थिए ।
प्रतिक्रिया 4