१२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले मंसिर ११ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा मोटरसाइकल, लत्ताकपडा, किराना सामान, बिँडी, पेय पदार्थ, कुर्सी, मदिरा तथा हाउस वायरिङका सामग्री बरामद गरेको हो।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमन जंग थापाले जानकारी दिएका छन्।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4