फाइल तस्वीर
९ मङ्सिर, वीरगन्ज (पर्सा) । प्रहरीले २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका-१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी भित्र्याइएका चार लाख २३ हजार ५०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिए ।
तीन वटा गाडीमाअ भन्सार छली ल्याउँदै गरेको १७ लाख ७९ हजार २०० बराबरका कपडालगायत सामान नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडी र सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4