+
+
Shares

रोल्पाको बागमारा पाछाबाङ खोलामा मोटरेबल पुलको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते ८:१०

९ मंसिर,रोल्पा । शहीद मार्ग अन्तर्गत दुईखोली,चुनबाङ खण्डमा पर्ने रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारा पाछाबाङ खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ ।

मोटरेबल पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले मंगलबार शिलान्यास गरेका छन् । पुलको शिलान्यास गर्दै पुनले जग्गाको समस्या र विभिन्न प्राविधिक कारणले समयमै पुल बन्न नसकेको बताए ।

यो वर्ष बजेट सुनिश्चित भएको र बहुवर्षीय ठेक्का पनि स्वीकृत भएकोले समयमै पुल निर्माण हुने उनले विश्वास व्यक्त गरे । पुल बनेपछि छिमेकी जिल्ला रुकुम पश्चिम र रुकुम पूर्वका नागरिक लाभान्वित हुने उनको भनाइ छ ।

पुल निर्माणका लागि आर्थिक वर्ष २०८३/८४ मा नेपाल सरकारबाट बहुवर्षीय स्रोत सहमति अनुसार १० करोड बजेट विनियोजन भएको छ ।

२०६८ सालमा सडकको ट्र्याक खोलिएको थियो । पुलको शिलान्यास भएसँगै ट्र्याक खोलिएको १५ वर्षपछि पुल बन्ने भएको हो ।

गत आर्थिक वर्ष २०८२/८३ मा यो पुल निर्माणका लागि ३ करोड विनियोजन भएको थियो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले ३ करोडदेखि मुनिका योजनाको रकम कटौती गर्दा विनियोजित उक्त रकम कटौती भएको थियो ।

यो खोलामा पुल नहुँदा हरेक वर्ष बर्खायामको समयमा जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?