+
+
Shares

हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते

प्रहरीका अनुसार आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नविन नेपाल सामान्य घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते ७:४३
प्रतीकात्मक तस्वीर

९ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ पिप्ले चोक नजिकै रहेको एक होटलमा गएराति आगलागी भएको छ ।

आशिष गौतमले सञ्चालन गरेको द डोर्स होटलमा गएराति साढे ११ बजे आगलागी भएको हो ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नविन नेपाल सामान्य घाइते भएका छन् ।

आगलागीबाट ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा १२:२० बजे आगलानी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट होटलको भान्साकोठा र हलमा क्षति पुग्दा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

विद्युतीय तार सर्ट भई आगलागी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?