+
+
Shares

नेपाली युवालाई भारतीय सेनामा भर्ती हुने वातावरण मिलाउन रास्वपा सांसदको माग

अग्निपथ योजना सन् १९४७ मा नेपाल, भारत र बेलायत बीच भएको त्रिपक्षीय सम्झौता विपरीत भएको नेपाल पक्षको धारणा छ । त्यही योजनामा असहमति जनाउँदै गोर्खा भर्ती रोकिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते २०:१४

११ मंसिर, काठमााडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले भारतीय सेनामा अग्निपथ योजना लागु भएपछि रोकिएको गोर्खा भर्तीलाई निरन्तरता दिन माग गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र मार्फत न्यौपानेले नेपाली युवाहरूलाई भर्ती हुने अवसर सुनिश्चित गर्न कुटनीतिक तथा सरकारी पहल गर्न आग्रह गरेका हुन् ।

मोरङ–१ बाट निर्वाचित सांसद न्यौपानेले भूतपूर्व सैनिकसम्बन्धी विभिन्न संघसंस्थाले  गोर्खा भर्ती खोल्न माग गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

भारत सरकारले २०२२ मा आफ्नो सेनामा अग्निपथ योजना लागु गरेपछि नेपाली युवाहरूको भर्ती रोकिएको छ । यो योजना लागु भएपछि भर्ती भएका मध्ये ७५ प्रतिशतले ४ देखि ६ वर्षपछि सेनामा निरन्तरता दिन पाउँदैनन् । अग्निवीर भनिने ती युवाहरूले पेन्सन सुविधा समेत पाउँदैनन् ।

अग्निपथ योजना सन् १९४७ मा नेपाल, भारत र बेलायत बीच भएको त्रिपक्षीय सम्झौता विपरीत भएको नेपाल पक्षको धारणा छ । त्यही योजनामा असहमति जनाउँदै गोर्खा भर्ती रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?