१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारिताको पक्षमा आफू रहेको बताएका छन् ।
मेची–महाकाली पदयात्राका क्रममा जनकपुर पुगेका उनले सरकारले पत्रकारहरूलाई सञ्चार गृहबाटै पक्राउ गरिएको प्रकरणबारे धारणा राख्ने क्रममा यस्तो बताएका हुन् ।
सञ्चारकर्मीहरुले राख्नुभएको जिज्ञासामा सांसद सिंहले सरकारको उक्त कदमको विरोध गरे ।
‘म लोकतन्त्रप्रति प्रतिवद्ध छु । लोकतन्त्रको पिल्लन नै फ्रिडम प्रेस हो । फ्रिडम अफ प्रेस बिना लोकतन्त्र सुदृढ हुन सक्दैन । लोकतन्त्र, मानव अधिकार, कानूनको शासन, स्वतन्त्र पत्रकारितामा म छु,’ सिंहले भने ।
साथै, उनले स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र बलियो हुन नसक्ने बताए । आफू सधैँ लोकतन्त्र, मानव अधिकार, कानूनको शासन, स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको पनि उनले बताए ।
‘पदयात्रा हाम्रो देशमा कुनैपनि किसिमको द्वन्द्व हुनुहुँदैन भनेर हो । ६ वटा सको सिद्धान्तअनुसार म अघि बढिरहेको छु । धानको सरकारले तोकेको मूल्य पाइरहेका छैनन् । तरकारीको मूल्य पाइरहेका छैनन्,’ उनको भनाइ थियो ।
सांसद सिंहले आफ्नो पदयात्रा देशमा कुनै पनि किसिमको द्वन्द्व नहोस् भन्ने हेतुले रहेको पनि बताए ।
प्रतिक्रिया 4