११ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेकालाई ७ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ ।
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले जग्गा खाली गर्न ७ दिनको समय दिइएको बताए ।
‘७ दिनको समय सोमबार सकिन्छ । अतिक्रमण गरेर बसेकालाई खाली गर्न भनेका छौँ,’ उनले भने ।
त्रिविले यसअघि पनि ३५ दिनको समय दिएको थियो । तर जग्गा खाली नभएपछि पुन: ७ दिनको समय दिइएको हो ।
जग्गा खोजबिन समितिले पनि अतिक्रमित जग्गा फिर्ता ल्याउन सिफारिस गरेको थियो । अन्तिम पटक ७ दिनको समय दिइएकाले यसअवधिमा पनि खाली नगरेमा बल प्रयोग गरेर भए पनि हटाउने तयारी त्रिविको छ ।
प्रतिक्रिया 4