११ मंसिर, काठमाडौं । जबरजस्ती उठीबास र भूमिहीन सुकुमवासीमाथि भइरहेको अमानवीय व्यवहारको विरोधमा शुक्रबार काठमाडौंको माइतीघरमा नागरिक ऐक्यबद्धता प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा सहभागीहरूले विकासको नाममा गरिब तथा भूमिहीन नागरिकलाई विस्थापित गर्ने कार्य तत्काल बन्द गर्न माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
माइतीघरमा भेला भएका सहभागीहरूले ‘विकासको नाममा उठीबास बन्द गर’, ‘नेताको महल ठिक, गरिबहरूको टहरा बेठिक ?’, ‘संविधान अधिकार, व्यवहारमा उठीबास’ र ‘उठीबास होइन, अधिकार सुनिश्चित– जनताको घर हुनुपर्छ सुरक्षित’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
त्यसैगरी, प्रदर्शनमार्फत सहभागीहरूले सरकारको जवाफदेहितामाथि प्रश्न उठाउँदै आक्रोश पोखेका थिए । प्रदर्शनस्थलमा ‘होल्डिङ सेन्टरमा बस्दैछ, धैर्यता अब टुट्दैछ’, ‘होइ सरकार होइ, हाम्रो भोट खोइ ?’, ‘होइ सरकार होइ, इन्द्रबहादुर राई खोइ ?’, ‘जबरजस्ती उठीबास बन्द गर, गणतन्त्र सुनिश्चित गर’ र ‘जनता जागेपछि सत्ता भाग्छ’ जस्ता नारा अङ्कित प्लेकार्डहरू देख्न सकिन्थ्यो ।
संविधानले सुनिश्चित गरेको आवासको अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्ने र भूमिहीन सुकुमवासीमाथिको अमानवीय व्यवहार अन्त्य गरिनुपर्ने मागसहित आयोजित प्रदर्शनका केही तस्वीरहरू :

प्रतिक्रिया 4