+
+
Shares

कांग्रेस बैठकमा केन्द्रीय सदस्यले भने– चित्त दुखाएकासँग संवाद थालौं

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १७:३०

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीबाट चित्त दुखाएकासँग संवादको थालनी सुरु गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य भट्टले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरूसँग संवाद गरेर पुन: फिर्ता ल्याउनुपर्ने बताए ।

‘स्थानीय र प्रदेश चुनाव आउँदैछ  । चुनावको तयारीमा जुट्नु मात्र महत्वपूर्ण होइन,’ भट्टले भने, ‘किनकी हिजो विभिन्न कालखण्डमा हामीसँग रिसाएर पार्टी बाहिर बसेका साथीहरूलाई पुन: घर फर्काउने गरी संवाद थाल्नुपर्छ, त्यसबारे म नेतृत्वको ध्यानाकषर््ण गराउँदछ ।’

स्थानीय र प्रदेशको निर्वाचनमा युवाहरूलाई आरक्षण भन्दा पनि अवसर सिर्जना गर्नुपर्ने उनले बताए ।

भोटेकोशी बाढीदेखि बूढीगण्डकी बाढी प्रभावितहरूका लागि सरकारले उचित ढंगले काम गर्न नसकेकोमा पार्टीको तर्फबाट सरकारलाई थप घच्घच्याउनका लागि आग्रह गरे ।

‘पार्टी सभापतिज्यू भोटेकोशी बाढी प्रभावित स्थलको अवलोकन गरेर फर्किनुभएको छ । त्यसबारे उहाँका केही धारणा पनि हामीले सुन्यौँ कि जनताले सास्ती भोगिरहेका छन् भन्ने । त्यसो त असोज २५ को बूढीगण्डकी बाढी प्रभावितलाई सरकारले राहत उपलब्ध गराउन सकेको छैन,’ भट्टले बैठकमा भने, ‘पुनर्स्थापनाका काम अघि बढेनन् । सरकारी कोषमा पैसा छ तर पीडितको हातमा राहत रकम पुगेको छैन ।’

काठमाडौंमा नदी किनारबाट हटाइएका सुकुमबासीहरूको उचित व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  सुशासनको नारा दिएर आएको सरकार महंगी नियन्त्रण गर्नबाट पूर्ण रुपमा चुकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?