+
+
Shares

राजनीतिका गलत भाष्य चिर्न पार्टी लाग्नुपर्ने भएको छ : केन्द्रीय सदस्य गिरी

‘राजनीतिमा भइरहेको गलत भाष्य चिर्न लागौं’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १६:४०

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य निमा गिरीले राजनीतिमा गलत भाष्य स्थापित गर्ने प्रयत्न भइरहेको हुँदा त्यसलाई पार्टीले चिनुपर्ने बताएकी छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य गिरीले माओको भनाइ उद्धृत गर्दै ‘जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ’ जस्तै नेपालको राजनीतिक अवस्थाको विश्लेषण गरिन् ।

अहिले राजनीतिक रुपमा शोक धुन बजेपनि जनताले यही नै नाच्ने धुनको रूपमा बुझेको गिरीले बताइन् । कांग्रेसको सामु राजनीतिक धुनको वास्तविक अर्थ बुझाउनुपर्ने दायित्व रहेको उनले बताइन् ।

कांग्रेसले जनतासँग भेटघाट र संवाद गर्न छोड्न नहुने उनको धारणा थियो । कांग्रेस आफुलाई राजमार्गमा कुदाएको ट्रयाक्टर जस्तो भएको बताउँदै गिरीले तिव्र गतिमा कुद्ने गाडीका रुपमा पार्टीलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई जोडेर गिरीले हिंसालाई महिला वा पुरुषसँग जोडेर मात्रै  हेर्न नहुने बताइन् । ‘हिंसाको लिङ्ग हुँदैन, हिंसा महिला वा पुरुषले गर्ने होइन, हिंस्रक व्यक्तिले गर्छ,’ गिरीले भनिन् ।

‘नेपालमा  सातवटा संविधान बनेका र ठूला राजनीतिक आन्दोलन भए तिनले साना साना मुद्दाको सुनुवाइ हुनु पर्ने थियो तर नागरिकलाई हामीले सामान्य सार्वजनिक सेवाका लागि लाइनमा बस्नुपर्ने संस्कार सिकाउन सकेनौं,’ उनको भनाइ छ ।

हाल देशमा विद्यालय र न्यायालय लयमा चल्न नसकेको गिरीले टिप्पणी गरिन् । उनका अनुसार, देश सहि तरिकाले चल्नलाई दुईवटा कुरा लयमा चल्नुपर्छ । एउटा विद्यालय र अर्को न्यायालय । तर दुवै लयमा नचलेको टिप्पणी उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?