+
+
Shares

उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग

‘यस सन्दर्भमा उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन समेत यो बैठक माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १८:५०

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो ।

‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखा परेको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

यस्तै, उखुको मूल्य निर्धारण गर्दा उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता कांग्रेसको रहेको विज्ञप्तिमा उल्लेख छ । ‘यस सन्दर्भमा उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन समेत यो बैठक माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, मंगलबारबाट सुरु भएको बैठकमा बुधबार ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कार्यवाहक मुख्यसचिव दुलालले जनाएका छन् । उनका अनुसार बैठक भोलि पनि जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?