+
+
Shares

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यस पर्वमा उखुको विशेष महत्व रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १५:२७

२८ कात्तिक, सिरहा । आस्थाको पर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ ।

छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् ।

सिरहाको गोलबजारसहित जिल्लाका विभिन्न बजार तथा मुख्य चोकमा किसानहरूले सडक किनारमै उखु राखेर बिक्री गरिरहेका छन् ।

छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यस पर्वमा उखुको विशेष महत्व रहेको छ ।

पर्व नजिकिएसँगै किसानहरूले खेतबाट उखु काटेर बजारमा बिक्रीका लागि ल्याउन थालेका छन् । गोलबजारमा प्रतिघरी २५ रुपैयाँका दरले उखु बिक्री भइरहेको स्थानीय किसान ओमकुमार महतोले बताए ।

छठपर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेसँगै स्थानीय किसानहरूलाई आफ्नो कृषि उत्पादन बिक्री गरी आम्दानी गर्ने अवसरसमेत प्रदान गरेको छ ।

पर्वको रौनकसँगै बजारमा उखु किन्ने उपभोक्ताहरूको चहलपहल पनि बढ्दै गएको छ ।

 

तस्वीरहरू : सुरेश राय/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?