+
+
Shares

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलकी होस्ट येशा सागरले काठमाडौंमा म्याचा पाइने ठाउँबारे फेसबुकमा स्टाटस लेखेकी छन्।
  • उनको स्टाटसपछि धेरैले माछा खोजेको ठानेर ताजा माछा पाइने ठाउँहरू सुझाएका थिए।
  • म्याचा जापानमा प्रचलित हरियो चियाको विशेष प्रकार हो र अहिले नेपालका क्याफेहरूमा पनि उपलब्ध हुन थालेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् ।

एनपीएलको चर्चासँगै सामाजिक सञ्जालमा येशा सागर पनि छाएकी छन् । त्यसो त उनी आफैं पनि सामाजिक सञ्जालमा सक्रिय छिन् । हिजो मात्र उनले फेसबुकमा एउटा स्टाटस लेखिन्, ‘कृपया काठमाडौंमा माचा पाइने ठाउँ कहाँ होला ? सुझाव दिनुस् न ।’

म्याचालाई अंग्रेजीमा लेख्दा धेरैलाई लागेछ, उनले माछा खोजेकी हुन् । त्यसैले नेपाली प्रशंसकहरूले जवाफमा उनलाई ताजा माछा पाइने ठाउँहरू बताउन थाले । कसैले मलेखुतिर जानु भने त कसैले अन्य ठाउँको सुझाव दिए । तर, उनले माछा खोजेकी थिइनन् । बरु माचा पिउन खोजेकी थिइन् ।

भनिहालौं, यो पेय पदार्थ चियाका पारखीलाई मात्र थाहा हुन सक्छ । यो एक किसिमको हरियो चिया हो, जसको माग नेपाली बजारमा पनि बिस्तारै बढ्न थालेको छ ।

माचा जापानमा प्रचलित हरियो चियाको एक विशेष प्रकार हो । माचामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा पाइने एल-थियानिन नामक तत्त्वले एकाग्रतामा सहयोग गर्न सक्छ ।

माचा अहिले विश्वभर लोकप्रिय पेय बनेको छ ।  माचा ल्याटे, आइस्ड माचा, माचा आइसक्रिम र म्याचा केक पनि लोकप्रिय छन् । अहिले नेपालका क्याफेहरूमा पनि माचा विभिन्न स्वादमा उपलब्ध हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?