+
+
Shares

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्राहकको उत्साहजनक सहभागितापछि दराज नेपालले आफ्नो ‘दराज ११.११’ अभियानको अवधि मंसिर ३ गतेसम्म थप गरेको छ।
  • अभियानमा ग्राहकले ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर र छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमै सामान पाउनेछन्।
  • दराजका अनुसार सुरुवाती चरणमा विद्युतीय सामग्री, पहिरन, दैनिक उपभोग्य वस्तु र तिहारका सजावटी सामग्रीको माग बढी देखिएको छ।

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ।

नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको अभियान अब नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म सञ्चालन हुने भएको छ।

अभियानको अवधि विस्तारसँगै ग्राहकले ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढी मूल्यका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमै सामान प्राप्त गर्ने लगायत सुविधा पाउनेछन्।

अभियानका सुरुवाती दिनमै विभिन्न सामग्रीमा ग्राहकको उल्लेखनीय आकर्षण देखिएपछि अवधि थप गरिएको कम्पनीले जनाएको छ। यस वर्षको ११.११ अभियान तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन भइरहेको छ। यसअघि दराजले दसैँलाई लक्षित गरी १०.१० अभियान सञ्चालन गरेको थियो।

११.११ अभियानमा विद्युतीय सामग्रीदेखि घरायसी वस्तुसम्मको माग

दराजका अनुसार अभियानको सुरुवाती चरणमा विद्युतीय सामग्री, पहिरन, फेसन, दैनिक उपभोग्य वस्तु तथा घर सजावटका सामग्रीमा ग्राहकको बढी आकर्षण देखिएको छ।

विद्युतीय सामग्रीतर्फ इयरबड, हेडफोन, स्मार्टफोन, स्मार्ट घडी, भान्सामा प्रयोग हुने उपकरण तथा अन्य घरायसी विद्युतीय सामग्रीको माग देखिएको छ। त्यस्तै, पहिरन तथा फेसनअन्तर्गत महिला तथा पुरुषका जाडोयामका कपडा, जुत्ता, घडी, झोला तथा यात्रासम्बन्धी सामग्री ग्राहकको रोजाइमा परेका छन्।

चाडपर्वका लागि आवश्यक खाद्यवस्तु तथा घरायसी उपभोगका सामग्रीसँगै व्यायामका उपकरण, प्रोटिनजन्य उत्पादन, पुस्तक तथा लेखन सामग्रीमा समेत ग्राहकको रुचि देखिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, तिहारलाई लक्षित गरी सजावटी बत्ती, रङ्गोली बनाउने सामग्री तथा घर सजावटका वस्तुमा पनि माग बढेको छ। फर्निचर, भान्साका सामग्री तथा सरसफाइमा प्रयोग हुने दैनिक उपभोग्य वस्तुसमेत ग्राहकले अनलाइनमार्फत खरिद गरिरहेका छन्।

यी प्रवृत्तिले अनलाइन किनमेल ठूला तथा महँगा सामग्रीमा मात्र सीमित नभई दैनिक आवश्यकताका वस्तु र चाडपर्वको तयारीका सामग्री खरिद गर्ने माध्यमका रूपमा समेत विस्तार हुँदै गएको देखाउँछन्।

६० प्रतिशतभन्दा बढी भुक्तानी विद्युतीय माध्यमबाट

दराजका अनुसार प्लेटफर्ममा हुने कुल भुक्तानीमध्ये ६० प्रतिशतभन्दा बढी अग्रिम भुक्तानी तथा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने गरेको छ। बैंक तथा विद्युतीय भुक्तानी सेवा प्रदायकसँगको सहकार्यमा उपलब्ध छुट, नगद फिर्ता तथा अन्य सुविधाले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको कम्पनीको भनाइ छ।

त्यस्तै, दराजले आफ्नो ढुवानी सेवा ‘दराज एक्सप्रेस’ मार्फत देशभरका ५१६ सहरमा सेवा पुर्‍याउँदै आएको जनाएको छ। यसबाट प्रमुख सहरी क्षेत्रबाहिरका उपभोक्ताले समेत अनलाइन किनमेलको सुविधा प्राप्त गरिरहेका छन्।

विभिन्न ब्रान्ड, स्थानीय उद्यमी तथा साना व्यवसायलाई देशभरका उपभोक्तासँग जोड्न दराजले अनलाइन बजार, विक्रेता सञ्जाल, विद्युतीय भुक्तानीका साझेदार तथा ढुवानी पूर्वाधार विस्तार गर्दै आएको छ।

अभियानको अवधि मंसिर ३ गतेसम्म थपिएसँगै ग्राहकले दराजको मोबाइल एप तथा वेबसाइटमार्फत विभिन्न सामग्रीमा उपलब्ध छुट, भौचर तथा अन्य सुविधाको लाभ लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?