+
+
Shares

खाना बन्द गरिएपछि चाउचाउ-चिउराले भोक मेट्दै सुकुमवासी (तस्वीरहरू)

बालबालिका र वृद्धवृद्धासमेत सडकमै बसेर चाउचाउ र चिउरा मिसाएर खाँदै भोक मेटाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १६:०६

११ मंसिर, काठमाडौं । सरकारले होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरू शुक्रबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

बिहानैदेखि थाल ठटाएर सरकारको विरोध सुरु गरेका सुकुमवासी सपरिवार वृद्धवृद्धा र बालबालिकासहित नै धर्नामा छन् ।

सरकारले उनीहरूलाई आज दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छाड्न अल्टिमेटम दिएको थियो । त्यसपछि उनीहरूलाई खाना समेत बन्द गरिएको छ ।

खाना नै बन्द गरिदिएपछि उनीहरू दिउँसो चाउचाउ–चिउरा खाएर भोक मेटिरहेका भेटिए । बालबालिका र वृद्धवृद्धासमेत सडकमै बसेर चाउचाउ र चिउरा मिसाएर खाँदै भोक मेटाइरहेका छन् ।

गत वैशाखमा नदी किनाराबाट उनीहरूलाई सरकारले हटाएको थियो । त्यहाबाट विस्थापित भएपछि सरकारले नै उनीहरूलाई उपत्यकाका तीन ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

काठमाडौंको नागार्जुन, भक्तपुरका दुई स्थान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवनमा सात महिनादेखि सुकुमवासीहरू बसिरहेका छन् ।

यसैक्रममा बोडेस्थित कृषि विकास बैंकको भवनमा बसिरहेकाहरूलाई ठाउँ खाली गर्न उर्दी जारी गरेपछि सुकुमवासीहरू भयभित र आक्रोशित बनेका छन् ।


तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?